Thursday, April 30News That Matters

राजनीति

पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
भक्तपुर, ३ फागुनः पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ । आज भक्तपुरको लोकन्थलीस्थित उहाँको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको घोषणा गर्दै उहाँले पुस्तकको आवरण सार्वजनिक गर्नुभएको हो । आजदेखि ८५ वर्ष पूरा गरी ८६ वर्ष प्रवेशको अवसर पारेर मदन पुरस्कार विजेतासमेत रहनुभएका चन्दको जीवन भोगाइमा आधारित आत्मकथा लेखन कुञ्जले प्रकाशित गर्ने उहाँले जानकारी दिनुभयो । चन्दले आफ्नो जन्मथलो पश्चिम पहाडको बैतडी रहेको जनाउँदै बालापनदेखि जीवनमा आएका उतारचढाव, घटनाक्रम, शिक्षा, राजनीतिक यात्रा, चार पटक प्रधानमन्त्री हुँदाको यात्रा, साहित्यिक यात्रा, देशको विषम परिस्थितिमा आएका चुनौतीको व्यवस्थापनलगायत विषय पुस्तकमा समेटिने उल्लेख गर्नुभयो । उहाँले आमपाठकलाई...
परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुन्छः सञ्चारमन्त्री गुरुङ

परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुन्छः सञ्चारमन्त्री गुरुङ

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
दोलखा, ३ फागुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुने बताउनुभएको छ । आज जिरी भ्रमण वर्ष–२०२५ को उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरूमा देखिएको विकृति अन्त्यका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्दै यसले क्रियाशील पत्रकारहरूलाई समस्या नहुने बताउनुभयो । उहाँले उक्त विधेयकबाट वास्तविक पत्रकारहरू डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकको विषयमा धेरै सुझावहरू आएकाले त्यसको आधारमा परिर्माजनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो । “विधेयकका बारेमा धेरै बहस र छलफल गरी सुझाव लिएका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले यो जस्ताको तस्तै पास हुँदैन, सुझावका आधारमा परिर्माजनसहित पास गर्छौैँ ।” ...
यथाशीघ्र अध्यादेश अनुमोदन करबाक सहमति

यथाशीघ्र अध्यादेश अनुमोदन करबाक सहमति

Breaking News, अर्थ, प्रदेश, राजनीति, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाण्डू, ३ फागुनः सरकारमे सहभागी राजनीतिक दलसभक शीर्ष नेतासभ बीच आइ प्रधानमन्त्री निवासमे सम्पन्न भेल बैसारमे हालेँ जारी अध्यादेशसभकेँ संघीय संसद्क दुनु सदनसँ यथाशीघ्र अनुमोदन करबाक सहमति भेल अइछ। गृहमन्त्री रमेश लेखक कहलैन “अध्यादेशसभकेँ शीघ्र पारित करबाक लेल प्रक्रियागत काज अविलम्ब आगाँ बढ़ेबाक सहमति भेल अइछ।” ओ कहलैन, “आइ भेल सहमतिसभके अनुरूप अध्यादेशसभ आगाँ बढ़त। ई विषय सकारात्मक रूपमे निष्कर्षधैर पहुँचत ।” एकटा प्रश्नक उत्तरमे ओ जनता समाजवादी पार्टी नेपाल (जसपा) के नेतासभसँ सेहो सहमति भेल जानकारी देलैन। ओ कहलैन जे सब अध्यादेश प्रतिस्थापन चाहैत रहैत अइछ, उक्त दलसभक बीच भेल बातचितक आधारमे सबके भावना समेटबाक प्रक्रिया शुरू कएल जाएत । बैसारमे सरकार आ संसद्सभक कार्यक्षमताक प्रभावकारिताक विषयमे सेहो चर्चा भेल। बैसारमे प्रधान...
फयांफक्व याकनं अध्यादेश अनुमोदन यायेगु सहमति

फयांफक्व याकनं अध्यादेश अनुमोदन यायेगु सहमति

Breaking News, अर्थ, प्रदेश, राजनीति, समाचार, सुरक्षा र कुटनिती
येँ, ३ सिल्लागा : सरकारय् ब्वति कयाच्वंगु राजनीतिक दलया शीर्ष नेतातय्गु थौं प्रधानमन्त्री निवासय् क्वचाःगु मुँज्याय् नकतिनि धइथें पिथंगु अध्यादेशत सङ्घीय संसद्या निगुलिं सदनं फयांफक्व याकनं अनुमोदन यायेगु सहमति जूगु दु । फयांफक्व याकनं अध्यादेश पारित याकेत प्रक्रियागत ज्या थत्थें न्ह्याकेत मुँज्याय् सहमति जूगु गृहमन्त्री रमेश लेखकं धयादिल । “थौं झीपिंदथुइ जूगु सहमतिकथं अध्यादेश न्ह्याःवनी । सकारात्मक कथं थ्व विषय क्वःजी”, मुँज्यालिपा संवाददातातय्त वय्कलं कनादिल । छगू न्ह्यसःया लिसलय् वय्कलं जनता समाजवादी पार्टी नेपाल(जसपा)या नेतातलिसे नं सहमति जूगु खँ कनादिल । दक्व अध्यादेशत हिलेमाःगुलिं दलतदथुइ सहलह जुइधुंकाः सकसियां भावना कःघानाः प्रक्रिया न्ह्याइगु वय्कःया धापू खः । मुँज्याय् सरकार व संसद्या ज्याया प्रभावकारिताया बारे नं सहलह जूगु खः...
विचार : मानसिक स्वास्थमा भोजनको प्रभाव

विचार : मानसिक स्वास्थमा भोजनको प्रभाव

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २४ माघ(रासस): चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।” सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरिरमा एकैचोटी चिनीको मात्रा नबढाउने, ताजा खाद्य पदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छन् । अर्थात विभिन्न थरिका स्वस्थ भोजनका साथै वनस्पतिजन्य भोजनले मस्तिष्कलाई क्रियाशील बनाउन सक्षम हुन्...
झाडी फाडेर सुन्तला बगान

झाडी फाडेर सुन्तला बगान

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
म्याग्दी, २४ माघ : कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । “बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,” उहाँले भन्नुभयो “काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो ।” रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल...
केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गलेश्वर (म्याग्दी), २४ माघः रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो । पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मङ्गला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले भन्नुभयो, “के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन ।” उहाँले चार रोपनीमा केराखेती गर्नुभएको छ । त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका बेनी नगरपालिका–२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताउनुभयो । “छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन”, उहाँले भन्नुभयो । कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेको उहाँले बत...
एकल चेपाङ महिलालाई बाख्रा वितरण

एकल चेपाङ महिलालाई बाख्रा वितरण

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
मुग्लिन (चितवन), २४ माघः इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ । सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो । सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार सोही परियोजनामार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।...
सांसदसँग रासस संवाद: संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा

सांसदसँग रासस संवाद: संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २४ माघः पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ । प्रतिनिधिसभाको समग्र नेतृत्व सभामुखले गर्ने भएकाले उहाँले पनि आवश्यक छलफल, पूर्वतयारी र कार्यसूची बनाएर संसद्लाई गतिशील एवं प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्दछ । संसद्को हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि हो । यसलाई मूल रुपमा सरकारले पर्याप्त बिजनेस दिने र संसद्ले तदारुकताका साथ अघि बढाउने कुरालाई प्राथमिकता दिनुपर्छ । संसद्को प्रभावकारिता संसदीय समितिमा विचाराधीन विधेयकहरुमाथि कति महत्वका साथ छलफल हुन्छ र नतिजा निकालिन्छ भन्ने कुरामा पनि भर पर्छ । सांसदहरुले आफ्नै प्रयासमा गैरसरकारी विधेयक संस...
बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
सोलुखुम्बु, २४ माघः जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् । कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को रु १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्म...