सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ ९ माघः सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ । ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।
सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उहाँले स्पष्ट गर्नुभयो ।
यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
अर्थमन्त्रालयसम्बद्ध समपूरक अनुदानसम्बन्धी कार्य...










