सांसदसँग रासस संवाद- पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ: सांसद भण्डारी
काठमाडौं, १५ जेठः
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत÷साधनको उपयोग गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने बाटो अंगिकार गर्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वमन्त्री भण्डारीले भन्नुभएको छ, “पर्यटन, जल, जमिन, भौगोलिक बनावट, जडीबुटी र कृषिलगायतका हिसाबले हिसावले धनी छ, तर यसको सदुपयोग हुन सकेको छैन ।”
सांसदसँग रासस संवादका लागि नेता भण्डारीसँग संविधान कार्यान्वयन र संशोधन, सङ्घीयता कार्यान्वयनको अवस्था, देशको आर्थिक विकासमा राजनीतिक दलको भूमिका, तथा मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश) देशले गणतन्त्र प्राप्त गरेको आज १८ वर्ष भएको छ । तर, व्यवस्था फेरिएपनि जनताको अवस्था उस्तै छ । यो अवधिलाई फर्केर हेर्ने हो भने देशको आर्थिक अवस्थामा कुनै फरक आएको छैन । देशको बाह्य सम्वन्धमा तात्विक सुधार ...










