Tuesday, April 21News That Matters

राजनीति

इन्डोनेसियाको हरित ऊर्जा लागि एडीबी वित्तिय समर्थन

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
एसियाली विकास बैङ्क (एडीबी) ले मङ्गलबार इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न पिटि सुप्रिम एनर्जी मुरा लाबोह (एसइएमएल) सँग ९२.६ डलर करोडको वित्तीय सम्झौतामा हस्ताक्षर गरेको छ । “यो सुविधा विस्तार गरेर इन्डोनेसियामा ८३ मेगावाटको अनुमानित क्षमताको नयाँ जियोथर्मल पावर प्लान्टको निर्माण, सञ्चालन र मर्मतसम्भारलाई समर्थन गरिनेछ,” एडीबीले जनाएको छ । सन् २०१३ देखि, एडीबीले इन्डोनेसियामा चार जियोथर्मल पावर प्लान्टमा लगानी गरेको छ । मनिलास्थित बैङ्कले जियोथर्मल पावर प्रोजेक्ट लगायतका परियोजनाहरूका लागि सहयोग गरेको छ । विश्वको सबैभन्दा ठूलो जियोथर्मल ऊर्जा भण्डार इन्डोनेसियामा रहेको छ । उक्त पावर प्लान्टको क्षमता २३.१ गीगावाट रहेको छ । इन्डोनेसिया सरकारले जियोथर्मल प्लान्टहरूको विकासलाई प्राथमिकतामा राखेको छ ।...

विपद्मा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २९ पुसः भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण गर्न करिब रु एक खर्ब एक अर्ब १२ करोड लागत अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) ले विपद्पश्चात्को पुनर्निर्माण तथा पुनःस्थापना योजना स्वीकृत भएको जनाएको छ । तत्कालै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ । आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले उक्त योजना स्वीकृत गरेको हो । बैठकले योजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहलाई आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई निकासा दिने प्रबन्ध मिलाउन निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता ह...

राखेप उपाध्यक्ष आचार्यको पदबहाली

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ २९ पुसः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पदबहाली गर्नुभएको छ । उहाँलाई युवा तथा खेलकुद मन्त्रालयले आजै मनोनयन पत्र हस्तान्तरण गरेको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई आजै राखेपमा स्वागत गर्नुभयो । यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका–७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुनुहुन्छ । यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त रहेको थियो ।...

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २९ पुसः नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेस गर्नुभएको गत आवको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रु दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकोमा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर रु दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सङ्कलित रकम रु दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आवमा रु दु...
दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने

दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कास्की, २९ पुसः कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले एक÷डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । “उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ । आफूले नगदमा बिक्री गर्ने तर किसानबाट उधारोमा दूध लिनु राम्रो होइन । कृषकले समयमै आफ्नो पैसा पाउनुपर्दछ । यसका लागि मन्त्रालयले पहल गरिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले आफू मन्त्रालयमा आउँदा संस्थानले कृषकलाई भुक्तानी गर्नुपर्ने रकम रु एक अर्ब ४८ करोड र कर्मचारीको रु ५० करोड गरी रु एक अर्ब ९८ करोड रहेकामा त्यसलाई कम गर्दै लगिएको बताउनुभयो । ...
‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’

‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २९ पुसः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहमा सजीकरण गर्न सरकारले केही ऐन संशोधन गर्न अध्यादेश जारी गरेको बताउनुभएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले छिट्टै जनताले सेवा प्रवाहमा सुधारको महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो । “एउटा फाइल एउटा टेबुलमा कति दिन राख्ने ? अनन्त समयसम्म त्यही टेबुलमा राख्ने कुरा अन्त्य गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजिएको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “राजनीतिक र प्रशासनिक नेतृत्वलाई जवाफदेही र जिम्मेवार बनाउन अध्यादेश अघि बढाइएको हो ।” सेवा प्रवाहका क्रममा आउन सक्ने जटिलतालाई अन्त्य गरेर नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन वर्तमान सरकार क्रियाशील रहेको उहाँको भनाइ थियो । “चाँडो सेवा प्रवाह सरकारको उच्च प्राथमिकतामा छ, शासकीय स...
प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २९ पुसः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिनुभएको छ । पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा उहाँले सङ्गठनको विकास र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो । “पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुसीभन्दा माथि राख्दै पदीय जिम्मेवारी र जवाफदेहिता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देश गर्दछु”, प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले सङ्गठनको छवि उच्च गर्न र बृहत्तर हितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षकद्व...
माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २९ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ । माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गर्नुभएको हो । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उहाँले छलफल गर्नुभएको थियो । उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले सो संस्थाको प्रशंसा गर्नुभयो । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र ...

तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
खाँदबारी (सङ्खुवासभा), २९ पुसः यहाँस्थित खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबलको फाइनलमा झापाको चुलाचुली क्लब प्रवेश गरेको छ । चुलाचुलीले मङ्गलबार हुने फाइनल खेलमा आयोजक तीनपोखरी क्लबसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । आज खाँदबारी रङ्गशालामा भएको दोस्रो सेमीफाइनलमा एपिएफ कोशी प्रदेशलाई टाइबे्रकरमा ४–२ गोलले हराउँदै चुलाचुली फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा पुगेको थियो । फाइनलमा पुगेको आयोजक तीनपोखरी क्लबले मोरङको बुल्स ११ लाई १–० गोलले हराएको थियो । प्रतियोगितामा आठ क्लब सहभागी थिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद रु दुई लाख २५ हजार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ ।...

मिथिलाका थारु बस्तीमा तिलासक्रायतको चहलपहल

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
महोत्तरी, २९ पुसः यहाँका थारु बस्तीमा अहिले तिलासक्रायत पर्वको चहलपहल छ । मधेसको मिथिला क्षेत्रमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व थारु समुदायको मुख्य पर्व मानिन्छ । अन्त यसलाई ‘माघी’ भन्ने गरिए पनि मिथिला क्षेत्रका थारुले ‘तिलासक्रायत’ भन्ने गर्छन् । यस पर्वमा थारु समुदाय घरको लिपपोत तथा रङरोगन गर्छन् । चिउरा, मुरी, जुनेलो र तिलका ‘लाई’ (सख्खरको खुँदोमा मिलाएर बनाइने लड्डु) र माछा / मासुका परिकार बनाउने गर्छन् । घोंगी, माछाका सुकुटी, सिद्रा, खसी, कुखुरा र हाँसको मासु पर्वमा अनिवार्य मानिन्छ । यो पर्व थारु समुदायले नयाँवर्षका रुपमा मनाउँछन् । पर्वमा सङ्क्रान्तिका दिन आपसी लेनदेनको हरहिसाब गर्ने र घरका नयाँ कामको योजना बनाउने चलन छ । यस पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी, नातिनातिना सबैलाई बोलाउने र गच्छेअनुसार लत्ताकपडा, दक्षिणा दिने चलन छ । यो पर्व आफ...