‘एकीकरण टर्च र्याली’ शुभघाटमा
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
त्रिशूली (नुवाकोट), २४ पुसः नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ मङ्गलबार नुवाकोट आइपुगेको छ । धादिङको भर्याङभुरुङ हुँदै सामरीबाट नुवाकोट प्रवेश गरेको र्याली विदुर नगरपालिका–१० स्थित शुभघाटमा आएर बास बसेको हो । र्याली सामरीभञ्याङ, कागुने हुँदै शुभघाट आइपुग्दा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठसहितका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए ।
नगर प्रमुख श्रेष्ठले नेपाली सेनाले आयोजना गरेको पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्याएको योगदानको संरक्षण र पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । तत्कालीन समयमा नुवाकोटको त्रिशूलीदेखि धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य कायम थियो ।
पृथ्वीनारा...








