अमेरिकी नागरिकहरूलाई केही ठूलो बचत पठाउने विचारलाई ट्रम्पको समर्थन
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एलन मस्कको सरकारी दक्षता विभाग (डिओजिई) बाट केही बचत अमेरिकी नागरिकहरूलाई लाभांशका रूपमा फिर्ता दिने विचार मन पराएको बताउनुभएको छ ।
उहाँले मियामीमा आयोजित एक लगानी सम्मेलनमा प्रशासनले डिओजिईको खर्च कटौती प्रयासहरूबाट उत्पन्न बचतको २० प्रतिशत अमेरिकी नागरिकहरूलाई र अर्को २० प्रतिशत राष्ट्रिय ऋण तिर्नमा जाने अवधारणामाथि विचार गरिरहेको बताउनुभयो ।
लाभांश भुक्तानीको सम्भावनाले मानिसहरूलाई अनावश्यक खर्चको रिपोर्ट गर्न प्रोत्साहित गर्ने पनि ट्रम्पले बताउनुभयो । “उनीहरूले आफैँ रिपोर्ट गर्नेछन्”, ट्रम्पले भन्नुभयो, “उनीहरू हामीलाई पैसा बचाउने प्रक्रियामा सहभागी हुन्छन् ।”
पछि एयर फोर्स वान चढेर वासिङ्टन फर्किंदै गर्दा एक पत्रकारले उहाँलाई एक पत्रकारले मस्कले बनाएको योजनाको बारेमा सोधेका थिए । “मलाई यो योजना मन पर्छ”, रिपब...










