बडहरेस्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गण्डकी, २० माघः पोखरा महानगरपालिका–३२ बडहरेस्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो ।
किंबदन्तीअनुुसार जोत्ने क्रममा हलोको फालीले उक्त शिलाको केही भाग चोइटिएर फुटेको स्थानीय बताउँछन् । जोत्न प्रयोग गरिएका हलगोरु मरेपछि सोबारे खोजी गर्दा उक्त शिला गणेशको मूर्ति फेला परेपछि हाल मन्दिर भएकोे ठाउँमा राखिएको स्थानीयवासी बताउँछन् । फाली लागेर चोइटिएको भाग अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।
सुरुमा एक बित्ता लम्बाइको उक्त शिला बर्सेनि बढ्दै गएर अहिले झण्डै एक हात भन्दामाथि पुगिसकेको हाल मन्दिरमा नियमित पूजा गर्दै आउनुुभएकी देवी पराजुलीले जानकारी दिनुुभयो । सुरुमा उक्त स्थानमा सामान्य ढुङ्गाले बारबेरगरी छपनीले छोपेर राखिएको सिद्ध गणेशको मूर्ति पछि व्यवस्थित मन्दिरका रूपमा व्यवस्थित गरिएको उहाँले बताउ...










