मिथिलामा तिलासक्रायतको तयारी
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
महोत्तरी, २४ पुसः मिथिला क्षेत्रमा पुसको छिप्पिँदो जाडोसँगै तिलासक्रायत पर्वको तयारी सुरु भएको छ । घरघरमा तिलासक्रायत पर्वका लागि सामग्रीको जोहो र पकाउने, तुल्याउने तयारीले अहिले चहलपहल बढेको हो ।
अहिले मिथिलावासीहरु पर्वको पूर्वतयारीमा जुटेका छन् । सौरमास गणनाले माघ लाग्ने सङ्क्रान्तिका दिन मनाइने यो पर्वका लागि आवश्यक सामग्री केही दिन पहिलेदेखि नै तयारी गर्नुपर्दा मिथिलानी (मिथिलाका नारी)लाई भ्याइनभ्याइ छ । यसपाली यो पर्व आगामी मङ्गलबार परेको छ ।
मुरीको धान निफन्नु, उसिन्नु, सुकाउनु, कुटेर चामल बनाउनु र मुरी भुट्नु अहिले गृहणीका काम हुन् । मुरीका लागि बनाइने चामलका लागि धान विशेष ढङ्गले उसिन्ने चलन छ । यसैगरी चिउराका लागि धान निफन्ने, भिजाउने र चिउरा कुट्ने कामको पनि चटारो छ । तिल निफन्ने, फल्ने (छाँट्ने, भिजाएर बाहिरी कत्ला फाल्ने), सुकाएर राख्ने, सक्खरको जोह...




