गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
घोराही (दाङ), १६ पुस : यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आउनुभएका रोका व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ ।
भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उहाँ बताउनहुन्छ । “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।” रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आउनुभएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गर्नुभयो । उहाँ १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किनुभएको हो । हाल उहाँ टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक रु सात लाख बचत गर्न सफल हुनुभएको छ ।
वार्षिक रु १८ लाखको टमाटर बिक्री गरे पनि मल, ...










