प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
म्याग्दी, १३पुस : प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई रु छ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् ।
अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आवद्ध लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं. २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन् ।
सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लवले आयोजना गरेको वृत्तचित्रको विशेष प्रर्दशनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लव अफ बाल्टिमोरका अध्यक्ष बैकुण्ठमान श्रेष्ठले बताउनुभयो ।
क्लवले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत मर्मत, रंगरोगन र सन्देशमुलक चित्र सहित रु. पाँच लाख ५० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएको छ ।
सरस्वती आधारभू...








