Tuesday, April 21News That Matters

समाचार

भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष दाहाल

भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष दाहाल

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
नारायणगढ (चितवन), १६ पुस : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताउनुभएको छ । भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकाङ्क्षाप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ ।” उहाँले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताउनुभयो ।...
नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी छ : मन्त्री पाण्डे

नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी छ : मन्त्री पाण्डे

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली आकास सुरक्षित छ, कुनै समस्या छैन । भौगोलिक अवस्थितिले पनि नेपाली आकास सुरक्षित र गतिशील छ । चलायमान भनेर हामीले विश्वभर सन्देश फैलाउन जरूरी छ ।” मन्त्री पाण्डेले नेपालमा भौगोलिक अवस्था विकट भए पनि यहाँ असङ्ख्य पर्यटन क्षेत्र तथा विभिन्न धार्मिकस्थल भएका कारण अन्य देशको तुलनामा पर्यटक बढी आउन खोज्ने गरेका बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरूणकुमार चौधरीले नेपाल नागरिक...
नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १६ पुस : नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आजदेखि सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको उक्त अभ्यासको मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभयो । नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा कूल ६ सय ६८ सैनिक सहभागी भई सञ्चालन भएको उक्त संयुक्त अभ्यास यही पुस २९ गते सम्पन्न हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको सत्रौँ संस्करण मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सम्पन्न भएको थियो । विसं २०६७ देखि नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गर...
बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १६ पुस : बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोलअन्तरले पराजित गरेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले रु तीन लाख तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र ‘फेयर प्ले टोली’ले रु १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गरे । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि विजेता तथा उपविजेतालाई पदक, प्रमाण–पत्र, रनि...
ऐसेलुखर्कका अपाङ्गता भएका व्यक्तिलाई घरैमा नागरिकता

ऐसेलुखर्कका अपाङ्गता भएका व्यक्तिलाई घरैमा नागरिकता

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
खोटाङ, १६ पुसः जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्णरूपमा शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई उनीहरूको घरैमा लगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो । नागरिकता अभावका कारण उहाँहरूले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उहाँले भन्नुभयो, “शारीरिकरूपमा पूर्ण अप...

सोमबारे औँशीः गरियो नबोली स्नान

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १५ पुसः सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । पौष कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ । सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बि...

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ

Breaking News, समाचार
कास्की, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो । उहाँले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।” सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक...
रु १० पर्ने सामग्रीलाई रु ३० लिई ठगी गरेकाे भन्दै अधिवक्ता ठाकुरद्वारा उच्च अदालत जनकपुरमा भाटभटेनीविरुद्ध रिट दायर।

रु १० पर्ने सामग्रीलाई रु ३० लिई ठगी गरेकाे भन्दै अधिवक्ता ठाकुरद्वारा उच्च अदालत जनकपुरमा भाटभटेनीविरुद्ध रिट दायर।

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
१७,मंसिर,,साेमबार जनकपुर। रु १० पर्ने सामग्रीलाई रु ३० लिई ठगी गरेकाे भन्दै अधिवक्ता ठाकुरद्वारा उच्च अदालत जनकपुरमा भाटभटेनीविरुद्ध रिट दायर गरेका छन्। मिति २०८१/०८/०३ गते भाटभटेनी जनकपुरधाम पुगेका अधिवक्ता ठाकुरलाई रु १० पर्ने सामग्रीलाई रु ३० तिर्न लगाएपछि अधिवक्ता ठाकुरद्वारा कानुनी उपचार खोजिएको बताएका छन्। उनले आफ्नो रिटमार्फत भाटभटेनी सुपरमार्केट जनकपुरधाम शाखा र जिल्ला प्रशासन कार्यालय जनकपुरधाम धनुषा त्यस्तै प्रमुख जिल्लाधिकारी धनुषालाई समेत विपक्षी बनाएर रिट दर्ता गरेका छन् उनले रिटमा लेखेका छन्:- भाटभटेनी सुपर मार्केट जनकपुरधाम शाखा लगायत अन्य २६ शाखा नेपाल भरी संचालन गरी चलाउदै आएको छ। उक्त किनमेल गर्ने सुपर मार्केटमा दिनुहुँ हजारौ-हजार आम नागरिक किनमेल गर्न निम्ति आफ्नो उपभोग गर्ने बस्तु किनमेल गर्ने गर्द छ। सोही किनमेल गर्न निम्ति म निवेदक मिति २०८१।०८।०३ गते भाटभट...
जनकपुर बोल्टसको टाइटल स्पोन्सरको रूपमा चर्चित क्लोदिङ ब्रान्ड डिनए इन्टरनेसनल नेपाल।

जनकपुर बोल्टसको टाइटल स्पोन्सरको रूपमा चर्चित क्लोदिङ ब्रान्ड डिनए इन्टरनेसनल नेपाल।

Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
नेपाल प्रिमियर लिग एनपिएल सुरु हुनेक्रममा रहेको छ। शनिबार देखि सुरु हुने नेपाली क्रिकेटको सवैभन्दा ठुलो इभेन्टलाई लिएर किकेट समुदाय सबैतिर उत्साह निकै बढिरहेको हामीले पाएका छौ। सोहि अनुरुप हाम्रो तयारी पनि अन्तिम समयमा पुगेको छ। ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले आज टाइटल्स स्पोनसरु सूग सम्झौता गर्दैछ । जनकपुर बोल्ट्सले डीएनए इन्टरनेश्नल नेपालसंग प्रायोजन सम्झौता गरेको छ। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्‌याक्चरिङ कम्पनी हो। डीएनए इन्टरनेश्नल नेपाल म वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्‌नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ । अमित श्रेष्ठ, निर्देशक जनकपुर बोल्ट् ुटाइटल्स स्पोन्सरको रुपमा डीएनए इन्टरनेश्नल नेपाललाई हामी जनकपुर बोल्ट्समा स्वागत गर...
टीभीएस मोटरले नेपालमा २.२ किलोवाट आवर आईक्यूब भेरियन्टको इलेक्ट्रिक स्कुटर बजारमा

टीभीएस मोटरले नेपालमा २.२ किलोवाट आवर आईक्यूब भेरियन्टको इलेक्ट्रिक स्कुटर बजारमा

Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
बिहिबार,काठमाडौं काठमाडौँको हिल्टन होटलमा दिउँसो घ बजे एक कार्यक्रम बीच उक्त इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गरिएको थियो। जस कार्यक्रममा टीभिएस मोटर्सका पदाधिकारी, नेशनल महिला फुटबल टिमका सम्पूर्ण खेलाडीहरू लगायत सञ्चारकर्मीहरूको उपस्थितिमा उक्त स्कुटरलाई सार्वजनिक गरिएको थियो। नेपाली बजारमा रुचाइएका मोटर्स आइक्युब चर्चित र विश्वासिलो ब्राण्ड समेत रहेको टीभिएसको दाबी रहेको छ। उक्त स्कुटरलाई अहिले नेपाली बजारमा दुई लाख ९९ हजारमा पाउन सकिने टीभिएस मोटरले जनाएको छ। टीभीएस मोटरले नेपालमा २.२ किलोवाट आवर आईक्यूब भेरियन्टको इलेक्ट्रिक स्कुटर लाइन विस्तार गरेको छ । टिभीएस आइक्युब २.२ किलोवाट ब्याट्री क्षमता, ९५० वाट चार्जर र ८० प्रतिशत चार्ज गर्न मात्र २ घण्टाको द्रुत चार्जिङ समय र यो ७५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ । टिभिएस मोटर कम्पनीले आफ्नो आइक्युब इलेक्ट्रिक स्कुटरको नयाँ २...