Tuesday, April 21News That Matters

समाचार

सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३औं स्थापना दिवस तथा शिवरात्री ।।

सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३औं स्थापना दिवस तथा शिवरात्री ।।

Breaking News, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।...
दिपेन्द्र सिंह ऐरीको अर्धशतक संगै नेपालको तेस्रो हार,वेस्ट एन्डिज सुपर एटमा ।।

दिपेन्द्र सिंह ऐरीको अर्धशतक संगै नेपालको तेस्रो हार,वेस्ट एन्डिज सुपर एटमा ।।

Breaking News, खेलकुद, समाचार
काठमाडौं । नेपाल लगातार तेस्रो हारसँगै भारत र श्रीलंकामा जारी आइसिसी टि ट्वान्टी विश्वकपबाट बाहिरिएको छ। नेपाल आज वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ। जारी विश्वकपमा सुपर एट बाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। यसअघि समुह बी बाट ओमान सुपर एट दौडबाट बाहिरिसकेको छ। नेपाललाई हराएपछि वेष्ट इण्डिज एक खेल अगावै सुपर एटमा पुगेको छ। जारी विश्वकपमा सुपर एटमा वेष्ट इण्डिज पहिलो टोली बनेको छ। समूह सी रहेको वेष्ट इण्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर एटमा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्। १ सय १ सय ३४ रनको लक्ष्य वेष्ट इण्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। वेष्ट इण्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशश भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित र...
काठमाडौँ क्षेत्र नं. २ मा राप्रपाको अभियान तीव्र, सङ्ग्रामपुर–कागेश्वरीमा विकास र पानी मुख्य एजेन्डा ।।

काठमाडौँ क्षेत्र नं. २ मा राप्रपाको अभियान तीव्र, सङ्ग्रामपुर–कागेश्वरीमा विकास र पानी मुख्य एजेन्डा ।।

Breaking News, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियान तीव्र बनाएको छ। अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएकी कुन्ती देवी पोख्रेल यसपटक बहुमतसहित विजयी हुने दाबी गर्दै घरदैलो तथा जनभेटघाटमा सक्रिय रूपमा जुटेकी छन्। पोख्रेलले चुनावमा पराजित भएपछि पनि क्षेत्र छोडेनन्। महिला शिक्षा, घरेलु सीपमूलक तालिम तथा महिला जागरण अभियानलाई निरन्तरता दिँदै उनी जनतामाझ सक्रिय रहँदै आएकी बताइन्छ। “चुनाव जितेपछि क्षेत्र फर्केर नआउने” भन्ने भाष्यलाई चिर्दै आफू निरन्तर जनतासँगै रहेको उनको दाबी छ। यसैबीच, काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत पर्ने कागेश्वरी मनोहरा नगरपालिका र सङ्ग्रामपुर क्षेत्रमा खानेपानी, फोहोर व्यवस्थापन र पूर्वाधार विकासका समस्या चुनावी बहसको केन्द्रमा परेका छन्। स्थानीयवासीका अनुसार पानीको समस्या विकराल बन्दै गएको छ भने कतिपय स्थानमा गहिर...
वरिष्ठ कलाकार सुनिल थापाको निधन ।।

वरिष्ठ कलाकार सुनिल थापाको निधन ।।

Breaking News, समाचार
२४ माघ काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। शंकमुल निवासमा स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको थिए। चलचित्र पत्रकार सामिप्यराज तिमल्सेनाका अनुसार उनको निधन भएको पुष्ठि गरे। थापाका छोराहरू भारतमा रहेकाले उहाँहरूको प्रतिक्षा भइरहेको उनले बताए। नेपाली तथा भारतीय सिने क्षेत्रमा आफ्नो जीवन्त अभिनयको छाप छोडेका उनले दर्जनौँ नेपाली चलचित्रका काम गरेका छन्।  मसालबाट अभिनय सुरू गरेका थापाले बलिउडमा मेरी कोम जस्ता फिल्ममा अभिनय गरेका छन्।...
निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन गरिदै ।।।

निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन गरिदै ।।।

Breaking News, राजनीति, समाचार, सुरक्षा र कुटनिती
२० माघ काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन सुदूरपश्चिम प्रदेशका मतदान केन्द्रमा कर्मचारीको व्यवस्थापन गर्ने काम भइरहेको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार मतदान केन्द्रमा निर्वाचन गराउन सङ्घ, प्रदेश र पालिका तहका कर्मचारी, सरकारी स्वामित्वका कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारी खटाउने गरी जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको छ। कार्यालय प्रमुख प्रेमराज भट्टले प्रत्येक मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक सहायक निर्वाचन अधिकृत, एक सहायक कर्मचारी र स्वयमसेवक गरी सात जनासम्म खटाउने गरी व्यवस्थापन भइरहेको र अपुग भएमा शिक्षकलाई पनि खटाउने तयारी रहेको बताए। प्रदेशका १६ निर्वाचन क्षेत्रका दुई हजार १९९ मतदान केन्द्रमा निर्वाचन गराउन कूल १५ हजार ३९३ जनशक्ति आवश्यक पर्ने कार्यालय प्रमुख भट्टले जानकारी दिए। जिल्लागत रुपमा पाँच निर्वाचन क्...
सुन्तला बेचेर कमायो चार करोड ।।

सुन्तला बेचेर कमायो चार करोड ।।

Breaking News, समाचार
बागलुङ : सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका- ८ सिगानाका किसानले बर्सेनी सुन्तला उत्पादन बढाइरहेका छन्। गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाएका अनन्त खड्काले यो पटक भने  सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरे। यो वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड भित्रिएको छ। खड्काले यो वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुशी व्यक्त गरे। आफूजस्ता १०० भन्दा बढी किसानले एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताउनुभयो। अन्य किसानले पनि  धेरैथोरै रकम भित्र्याउँदै आएका छन्। सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ। सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौँ र चितवनमा छ। कोदो बारी र धान खेत मासेर यहाँका किसा...
नेपालमा ग्यास अभाव चर्कियो,उपभोक्ता संकटमा ।।

नेपालमा ग्यास अभाव चर्कियो,उपभोक्ता संकटमा ।।

Breaking News, समाचार
२० माघ काठमाडौं ।  दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ। बजारमा अहिले  विशेष गरी नेपाल ग्यासको अभाव चरम रुपमा देखिएको छ। जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ। नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौं उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ। बिहान देखी दिनको २ बजे सम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौ उपभोक्ताहरु लाम बस्ने गरेका छन्। यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ।...
प्रशिक्षण विमान दुर्घटना ,तीन जनाको मृत्यु ।।

प्रशिक्षण विमान दुर्घटना ,तीन जनाको मृत्यु ।।

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, सुरक्षा र कुटनिती
२० माघ काठमाडौं । रुसको ओरेनबर्ग क्षेत्रको ओस्र्क शहर नजिकै सोमवार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय समयअनुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको थियो। क्षेत्रीय अधिकारीहरूकाअनुसार मृतकहरू सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षक हुन्। दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो। आपतकालीन स्थिति मन्त्रालयकाअनुसार उद्धार टोलीले दुर्घटनास्थलमा कुनै आगलागी नभएको बताएका छन्। स्थानीय कानून प्रवर्तन निकायहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरेका छन्।...
विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ।।

विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ।।

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, सुरक्षा र कुटनिती
२० माघ काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबर उपलब्ध गराउने भएको छ। वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले दिएको जानकारीअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा सहित उक्त सहायतालाई अनुमोदन गरिएको छ। जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई सुदृढ बनाइनेछ। माल्दिभ्स, नेपाल तथा श्रीलंका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त परियोजनामार्फत वित्तीय पहुँच सहज बनाएर तथा कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार गर्न सहयोग पुग्ने बताए। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक सिस्लेनले भने–‘यो परियोजनाले न...
नेता सिटौला : सरकारले संघियताको मर्म अनुसार काम गर्न सकेन ।।

नेता सिटौला : सरकारले संघियताको मर्म अनुसार काम गर्न सकेन ।।

Breaking News, राजनीति, समाचार, सुरक्षा र कुटनिती
  २० माघ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन् । अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको उनले बताए । संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको धारणा राखे । सिटौलाले कतिपय ठाउँमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गरे । उनले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधिसभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टि...