Monday, April 27News That Matters

सुरक्षा र कुटनिती

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
लुम्बिनी (मर्चवार), ८ माघः लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ । बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदह र रामग्रामबाट सञ्चालन गरिने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताउनुभयो । देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । कोषाध्यक्ष भट्टराईका अनुसार साताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तुधातुस्थित रामग्रामबाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको हो । उहाँले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिनेगरी बिजुली बस सञ्चालनमा ल्याइएको बताउँदै...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ८ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको भाउ बढेको छ । केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३...
नेपाः न्यायोचित व अन्तर्राष्ट्रिय हितलिसेंया राष्ट्रिय हित यायेगु पक्षय् दु : प्रधानमन्त्री

नेपाः न्यायोचित व अन्तर्राष्ट्रिय हितलिसेंया राष्ट्रिय हित यायेगु पक्षय् दु : प्रधानमन्त्री

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, प्रदेश, फिचर, विचार, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
येँ, ६ पोहेलागा : प्रधानमन्त्री केपी शर्मा ओलीं नेपाः न्यायोचित व अन्तर्राष्ट्रिय हितलिसेंया राष्ट्रिय हित यायेगु पक्षय् दुगु खँ ध्वाथुइकादीगु दु । नेकपा (एमाले) या परराष्ट्र मामिला विभागं थौं ग्वसाःग्वःगु ‘नेपाःया परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमयात थौं संबोधन यानादिसें प्रधानमन्त्री ओलीं चीचिधंगु व ततःधंगु देय्तय्गु हित समान हित खः धइगु मान्यता ज्वनाः नेपाःया सार्वभौमिकता, स्वाभिमान व भौगोलिक अखण्डताया पक्षय् नेपाः न्ह्याबलें कटिबद्ध जुयाच्वनीगु खँ धयादिल । “झीसं झीगु राष्ट्रिय हितया खँ ल्हाइबलय् हलिमय् शान्ति व मानवीय हितयात नं नापं यंकेगु याना । संयुक्त राष्ट्रसङ्घया बडापत्र, पञ्चशील व असंलग्नताया सिद्धान्तपाखें झीपिं निर्देशित जुयाच्वंगु दु । झीसं थवंथः लाभ व सहअस्तित्वय् भलसा याना”, प्रधानमन्त्री ओलीं धयादिल, “झी सुं नं शत्रु मदु, फुक्कं झी मित्र खः...

कांग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा र भत्र्सना

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ६ माघः नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गर्नुभएको छ ।...

जलवायुको बहुपक्षीय कोषमा पहुँच पुरयाउन पहल गरिने छ : मन्त्री ठकुरी

Breaking News, Breaking News 1, Breaking News 2, राजनीति, सुरक्षा र कुटनिती
काठमाडौँ, ३ माघ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुको बहुपक्षीय कोषमा पहुँच पुरयाउन पहल गरिने बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशा’ बारेमा छलफल गर्दै मन्त्री ठकुरीले अन्तर्राष्ट्रिय जलवायु कोषबाट जलवायु बित्तमा पहुँच स्थापित गर्न पहल जारी रहने बताउनुभयो । कोप–२९ मा हिमालका मुद्दालाई प्राथमिकता दिए पनि सोचे अनुरुपको उपलब्धी आउन नसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा निरन्तर रुपमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठान गरिने प्रतिबद्धता जनाउनुभयो । “कोप–२९ मा हाम्रो सहभागिता उपलब्धिमूलक रह्यो, अझै आगामी दिनमा अर्थपूर्ण बनाउन थप गृहकार्य गर्ने छौँ”, उहाँले भन्नुभयो, “स्थायी प्रकृतिको वार्ता टोली गठन गरी प्रशिक्षणको व...

सवारी दुर्घटनाको कारणः चालकको लापरबाही, तीव्रगति र मापसे

Breaking News, Breaking News 1, Breaking News 2, समाचार, सुरक्षा र कुटनिती
दाङ, ३ माघः गत पुस २४ गते तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीय तिर्सना घर्ती मगरको मृत्यु भयो । बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भयो । दुर्घटनापछि आक्रोशित स्थानीय र आफन्तले एक दिन तुलसीपुरमा बजार बन्द गराए । प्रहरी प्रशासन, यातायात व्यवसायी र पीडितपक्षबीच सहमति भएपछि मृतकका परिवारलाई सरकारले बिमाबापत उपलब्ध गराउँदै आएको रु पाँच लाख रकममा समितिले साढे दुई लाख रकम उपलध गराउने र मृतककी एक छोरीलाई कक्षा १२ सम्म निःशुल्क पठाउने जिम्मा राप्ती त्रिशिद्देश्वरी यातायात प्रालिले लिने सहमति भयो । उक्त दुर्घटनामा संलग्न बसका चालक हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा छन् । त्यस्तै गत कात्तिक २२ गते गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको ...
पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ

पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ

Breaking News, Breaking News 1, Breaking News 2, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ३ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले मुलुकमा सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । पिएसबीको पूर्वप्रारम्भ (प्रि-लन्चिङ) कार्यक्रमको आज यहाँ आयोजित समापन समारोहमा मन्त्री गुरुङले यस सेवाले सुशासन प्रवर्द्धनमा पहरेदारको भूमिका निर्वाह गर्दै देश र जनताका पक्षमा काम गरेर औचित्य पुष्टि गर्न निर्देशन र सुझाव दिनुभएको हो । “मुलुकमा सुशासन कायम गर्न यसको भूमिका महत्वपूर्ण हुनुपर्छ । राज्यमा भएका समस्या र सरकारका कमजोरी देखाइदिनुपर्छ”, उहाँले भन्नुभयो, “जनताका पक्षमा काम गर्नसक्यो भने यसको औचित्य पुष्टि हुन्छ ।” मन्त्री गुरङले पिएसबी कार्यान्वयनसँगै जनशक्ति एवं संस्थागत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको समेत बताउनुभयो । “जनशक्ति व्...

‘करदाताले न्याय पाउन सकेका छैनन्’

Breaking News, Breaking News 1, Breaking News 2, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ३ माघ : कर विज्ञ शेषमणि दाहालले करदाताले न्याय पाउन नसकेको धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको अर्थसमितिमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग भएको छलफलमा उहाँले सामान्य करदाताले करसँग सम्बन्धित मुद्दामा न्याय पाउनु भनेको दुलर्भ अवस्था रहेको बताउनुभयो । विज्ञ दाहालले भन्नुभयो, “न्याय खोज्ने प्रक्रिया एकदमै झन्झटिलो र महँगो छ । न्यायिक प्रक्रिया सहज नभएसम्म न्यायोचित रुपमा कर सङ्कलन हुँदैन । लक्ष्य तोकेर कर उठाउनु न्यायोचित होइन । कर कसरी उठ्यो भन्नेमा सोच्नुपर्छ । नीतिमा सबै व्यवस्था भए पनि कार्यान्वयनको पक्ष कमजोर छ । कार्यन्वयन नभए के गर्ने भन्नेबारे कोही जवाफदेही छैन ।” कर कसरी उठाउने भन्नेमा मात्र कानुन बनेको तर सही कर उठाउने भन्ने प्रस्तावना विधेयकमा उल्लेख हुनुपर्ने उहाँले बताउनुभयो । “प्रस्तावना ...

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सुझाव

Breaking News, Breaking News 1, Breaking News 2, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ३ माघः उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यातायात व्यवसायीहरूले सुझाव दिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबीच आज यहाँ भएको छलफलका वक्ता यातायात व्यवसायीहरूले ऐन कानुन नै व्यवस्थित गरेर भए पनि ट्राफिक व्यवस्थापन मजबुद बनाउन सुझाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको र सवारी साधानसमेत अस्वाभाविक रूपमा बढिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उपत्यकामा मात्रै झण्डै २१ लाख मोटरसाइकल रहेको र दुर्घटनामा बढी मोटरसाइकल देखिएको बताउँदै यसको नियमन जरूरी रहेको बताउनुभयो । उपाध्यक्ष सिटौलाले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्न नसक्दा निजी सवारीसाधन अस्वाभाविक ...

पाकिस्तानमा सैन्य कारबाहीमा आठ आतङ्ककारी मारिए

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
पाकिस्तानको सुरक्षा बलले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई अलग–अलग सैन्य कारबाहीमा आठ आतङ्ककारीलाई मारेको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले मङ्गलबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले आइतवार राती खुफियामा आधारित अपरेशनहरू सञ्चालन गरेको थियो । पहिलो अपरेशनमा, सुरक्षा बलहरूले ट्याङ्क जिल्लामा आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाहरूको आधारमा आक्रमण सुरु गर्यो । “अपरेशनको क्रममा, हाम्रा सेनाहरूले प्रभावकारी रूपमा आतङ्ककारीहरूको स्थानमा संलग्न भए, जसको परिणामस्वरूप छ जना आतङ्ककारीहरूलाई मारिएको थियो,” आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । खैबरको तिराह उपत्यका क्षेत्रमा सुरक्षा बलहरूसँगको भिडन्तमा दुई थप आतङ्ककारी मारिए । बाँकी आतङ्ककारी पत्ता लगाउन र हटाउन दुवै क्षेत्रमा अपरेसनहरू...