Tuesday, April 21News That Matters

सुरक्षा र कुटनिती

चितवनमा तोरीखेती बढ्यो

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
चितवन, २४ पुसः भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३ हजार छ सय ४२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । क्षेत्रफल बढेसँगै उत्पादन पनि बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । गत आवमा यहाँ १७ हजार छ सय ८९ मेट्रिकटन तोरी उत्पादन भएको थियो । छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँमा जङ्गली जनावरले अन्य बालीमा भन्दा तोरीमा कम क्षति पु¥याउने भएकाले यसतर्फ किसानहरूको आकर्षण बढेको हुनसक्ने उहाँले बताउनुभयो । तोरीखेती प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन ...

नास्ट र महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २४ पुसः नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस भएको छ । नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यका विविध क्षेत्रबारे छलफल भएको हो । नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक सङ्घसंस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्तिजस्ता कार्यक्रम सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक...

‘एकीकरण टर्च र्‍याली’ शुभघाटमा

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
त्रिशूली (नुवाकोट), २४ पुसः नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ मङ्गलबार नुवाकोट आइपुगेको छ । धादिङको भर्‍याङभुरुङ हुँदै सामरीबाट नुवाकोट प्रवेश गरेको र्‍याली विदुर नगरपालिका–१० स्थित शुभघाटमा आएर बास बसेको हो । र्‍याली सामरीभञ्याङ, कागुने हुँदै शुभघाट आइपुग्दा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठसहितका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । नगर प्रमुख श्रेष्ठले नेपाली सेनाले आयोजना गरेको पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्‍याएको योगदानको संरक्षण र पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । तत्कालीन समयमा नुवाकोटको त्रिशूलीदेखि धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य कायम थियो । पृथ्वीनारा...

दुनै–लासिक्याप खण्ड निर्माणमा ढिलाइ

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काँक्रेविहार (सुर्खेत), २३ पुसः दुनै–लासिक्याप खण्डमा ठेक्काको म्याद सकिन लाग्दा १५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरमा निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको हो । दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुग्ने आयोजना प्रमुख सुनील रञ्जितकारले बताउनुभयो । पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढाले जाजरकोटको तल्लुबगरबाट डोल्पाको सदरमुकाम दुनैसम्म कच्ची सडकमा यातायात सञ्चालनमा आए पनि तल्लुबाट त्रिपुरोकाटसम्म कालोपत्र गर्न स्रोत सुनिश्चित नहुँदा थप समस्या भएको बताउँदै स्रोत सुनिश्चितका लागि पहल भइरहेको जानकारी दिनुभयो । भेरी करिडोर सडक आयोजनाले सडक निर्माणलाई तीव्रता दिन अनुगमन गरिरहेको भन्दै निर्माण कम्पनीले म्याद सकिनलाग्दा पनि कामलाई गति दिन नसकेको आयोजना ...

सामाजिक सुरक्षा कोषमा आबद्धले प्रतिष्ठानबाट उपचार पाउने

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
दाङ, २३ पुसः सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सेवाग्राहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार प्रतिष्ठानबाट प्राप्त गर्नेगरी सम्झौता गरिएको हो । सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सहज उपचार पहुँच पुर्‍याउने उद्देश्यले कोष र प्रतिष्ठानबीच सम्झौता भएको रजिष्ट्रार लम्सालले बताउनुभयो । सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य उपचारदेखि शल्यक्रियासम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा पाँच हजार बढी व्यक्ति आबद्ध रहेका कोष कार्यालयले जनाएको छ । कोषमा आबद्ध व्यक्तिहरूको उपचार गर्न...
आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै

आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
मोरङ, २३ पुसः जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ । सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । विराट एक्स्पोमा नौ वटा पेभिलियन (व्यापारी कक्ष) अन्तर्गत दुई सय ६८ स्टल रहने एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका स्टार्टअप भिजन, कोशी ह्याकाथुन, रोजगार, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्सका, औद्योगिक कर्पोरेट, कृषि, पर्यटन, खाद्यका स्टल रहने उल्लेख गर्नुभयो । । प्रमुख जिल...
जनवरी १ः इस्वी सन्को नयाँ वर्ष २०२५ लाई स्वागत

जनवरी १ः इस्वी सन्को नयाँ वर्ष २०२५ लाई स्वागत

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्य...
‘सम्भावनालाई सम्भव बनाउन नीति बदलौँ, लगानी बढाऔँ’

‘सम्भावनालाई सम्भव बनाउन नीति बदलौँ, लगानी बढाऔँ’

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
डडेल्धुरा, १६ पुसः सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय तहबाट शासन हुन थालेको सात वर्षभन्दा बढी समय बितिसकेको छ । शासनका लाभहरूको समन्यायिक वितरणका लागि देशमा तीन तहका सरकार छन् । तीनै तहका सरकारले आआफ्नो क्षेत्राधिकारमा रहेर काम गरिरहेका भए पनि विगतमा पछाडि परेका सुदूरपश्चिमजस्ता क्षेत्रलाई लक्षित गरी विशेष नीति अङ्गीकार नगर्दा सङ्घीयताबाट बढी लाभ लिने अवस्था अझै बन्न नसकेको सरोकार भएकाहरूको भनाइ छ । डडेल्धुराको पर्शुराम नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशका स्थानीय तह प्रमुखहरूको पहिलो सम्मेलन (मेयर सम्मेलन २०८१) को उद्घाटन समारोहमा सहभागी वक्ताले सो कुरा बताएका हुन् । विभिन्न विषयमाथिको विमर्शका क्रममा वक्ताहरूले सामाजिक, आर्थिक, स्रोतको उपलब्धता र भौगोलिकलगायत विविधतालाई सम्बोधन गर्न समानुपातिक विकासका निम्ती सङ्घीयता ल...
कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गण्डकी, १६ पुसः कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेमा आयोजित एक कार्यक्रमबीच साहित्य अन्वेषक, स्रष्टा, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो । कार्यक्रममा लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्य अन्वेषक प्रा डा दयाराम श्रेष्ठ(सम्भव)लाई सम्मान गरिएको छ । उहाँलाई रु ५० हजार नगद, दोसल्ला र सम्मानपत्रबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती प्रतिक्षालाई सम्मान गरि...
कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन

कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
टक्सार (भोजपुर), १६ पुसः कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित व्यक्तिले कविता कृतिको विमोचन गर्दै यसको चर्चा गर्नुभएको हो । भोजपुरको उत्तर षडानन्द नगरपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नुभएको थियो । कवि श्रेष्ठको यो पहिलो कविता कृति हो । कविता कृतिभित्र ५८ वटा कविता समावेश गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लास्थित त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यक्रममा कवि श्रेठको कृतिमाथि शङ्करकुमार राई, बाबुराम ओझा र सङ्ग्राम किराँतीले परिचर्चासहित टिप्पणी गर्नुभएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख थुलुङ, कवि श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष सुवास विभास श्रेष्ठलगायतले क...