उखुको रस बेचेर मासिक ९० हजार आम्दानी
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
धरान (सुनसरी), १० वैशाखः इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आउनुभएको छ । उहाँको गर्मी मौसममा मासिक रु ९० हजारसम्म आम्दानी हुने गरेको छ ।
बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल) त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुस यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ ।
गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गर्नुभयो । उहाँले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक रु ९० हजारसम्म आम्दानी हुने जानकारी दिनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर मासिक रु ४० हजार बचत हुने गरेको छ ।
गौतमले भन्नुभयो, “उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै स...










