जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड सुरु
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
बैतडी, ३ वैशाखः यहाँको पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरू भएको छ ।
कमल विशाल पार्क खेल मैदानमा सुरू भएको प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा मन्त्री भण्डारीसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, पूर्वसंविधानसभा सदस्य नरेन्द्र कुँवर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतको उपस्थिति थियो ।
जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता यही वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको यो १५औँ संस्करण हो । दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयो...










