Monday, May 4News That Matters

स्थानीय तह विशेष

भूकम्प अपडेटः छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति

भूकम्प अपडेटः छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १६ फागुनः सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । काठमाडौँमा दुई जना घाइते भएका छन् भने सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् ...
बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष
गलकोट (बागलुङ), १६ फागुनः सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ । चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो । काठमाडौँको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडि...
‘किसानकै पक्षमा काम गरिरहेका छौँ’

‘किसानकै पक्षमा काम गरिरहेका छौँ’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १५ फागुन : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताउनुभएको छ । युवा किसान सञ्जालले आज यहाँ आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य समग्र कृषि र किसानको पक्षमा भएको बताउनुभयो । अझै थुप्रै कामहरु गर्न वाँकी रहेकाले सकारात्मक प्रतिफल देखिँदै जाने उहाँको भनाइ थियो । कृषि विधेयक चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी उहाँले दिनुभयो । विधेयक चाँडै मन्त्रिपरिषद हुँदै संसद्मा पुग्न लागेको र कृषिमार्फत गरिबी घटाउँदैै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीले बताउनुभयो । किसानलाई परिचय पत्र वितरण यसै वर्षदेखि सुरु गर्न लागेको बताउँदै उहाँले प्रधानम...
मुस्लिम समुदायको अधिकार कार्यान्वयनमा माओवादी गम्भीर : अध्यक्ष दाहाल

मुस्लिम समुदायको अधिकार कार्यान्वयनमा माओवादी गम्भीर : अध्यक्ष दाहाल

Breaking News, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
इनरुवा (सुनसरी), १५ फागुनः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्न माओवादी गम्भीर रहेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित घुस्कीमा आज मुस्लिम अगुवासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक अधिकार सुनिश्चित गर्ने काम माओवादीले गरेको दाबी गर्नुभयो । उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको उहाँको भनाइ थियो । हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाले पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । उनी...
‘विकासको पहिलो खुड्किला शिक्षा’

‘विकासको पहिलो खुड्किला शिक्षा’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
हेटौँडा, १५ फागुन : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको पहिलो खुड्किला शिक्षा भएकाले सबै मिलेर शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले शिक्षाविना विकासको परिकल्पना गर्न नसकिने बताउँदै शिक्षा क्षेत्र बिग्रे सबै क्षेत्रको विकास निरर्थक हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले विद्यालय सुधारमा सहयोग गरिरहेको बताउँदै प्रदेश विश्वविद्यालय खोल्न पाउने प्रदेश सरकारको एकल अधिकारको प्रयोग गरिरहेको जानकारी दिनुभयो । ‘पढ्दै कमाउँदै’ को अवधारणा अनुरूपको शिक्षामा जोड दिँदै मुख्यमन्त्री लामाले व्यावसायिक शिक्षामा केन्द्रित हुन आग्रह गर्नुभयो । होटल म्यानेजमेन्ट सङ्काय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सवका साथै वि...
कृषिबाट आम्दानी लिँदै नेकपाका कार्यकर्ता

कृषिबाट आम्दानी लिँदै नेकपाका कार्यकर्ता

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
गण्डकी, १५ फागुनः उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् । देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफै कृषिकर्ममा जोडिएर आफ्ना नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरिरहनुभएको छ । उत्पादनसँग जोडिने पार्टी नीतिलाई लागू गरेका कास्कीका नेकपा नेता–कार्यकर्ता पनि व्यावसायिक कृषि खेती गरेर उदाहरणीय बनेका छन् । गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका ...
नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
बेलायत, १५ फागुन : बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ दूतावासमा आयोजना गरेको एक विशेष समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका सेना प्रमुख रोलीले, नेपाली र बेलायती सेनाबीचको दिगो सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्दै नेपाली सेनाले देखाएको अटल समर्पण, निष्ठा र व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपाली सेनाको २६२औँ स्थापना दिवसमा यो रात यहाँहरुको साथमा कार्यक्रममा सहभागी हुन पाउनु मेरा लागि खुसीको पल हो, संयुक्त राष्ट्रसङ्घमा उत्कृष्ट सहभागितासहित नेपाली सेनाले पु¥याएको योगदान साँच्चै गर्विलो छ ।” जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार...
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
धरान (सुनसरी), १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनुभएको छ । जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने छ । यसका लागि हामो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” ...
सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड

सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
गोरखा, १५ फागुनः जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ । आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताउनुभयो । “सिर्दिबास र फिलिम जोड्ने पुल मुनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरु एकाएक टिप्न गए”, उहाँले भन्नुभयो, “बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ । बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो रु तीन हजारमा कारोबार भयो ।” उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको गाउँलेको भनाइ छ । उहाँका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन् । सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको बताउनुभयो । “यसरी मान्छेहरु गएका छन्...
‘बेबी कर्न’ को जातिय परीक्षण सुरु

‘बेबी कर्न’ को जातिय परीक्षण सुरु

Breaking News, अर्थ, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
चितवन, १५ फागुन : तरकारी खाने मकै (बेबी कर्न) को जातिय परीक्षण सुरु गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो । कालिका नगरपालिका–१ मा करिब तीन कठ्ठा जग्गालाई १४ वटा प्लटमा विभाजन गरी सात प्रजातिका बेबी कर्नको जातिय परीक्षण सुरु गरिएको कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार सिपी ८०८, जेकेएमएच ५०२, रामपुर हाइब्रिड १०, १२ र १६, एमएम ११०७ र राजकुमार जातका मकैको जातिय परीक्षण सुरु गरिएको हो । अन्य मकैको खेती गर्दै आएका किसानलाई लक्षित गर्दै यो परीक्षण सुरु गरिएको हो । स्थानीय विवस भट्टको जग्गामा यी जातका बेबी कर्नको परीक्षण सुरु गरिएको हो । जहाँ जातिय परीक्षण, झारपात व्यवस्थापन र मलखाद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप...