पाल्पामा मगर दिवसको उल्लास
तानसेन (पाल्पा), १५ फागुन : जिल्लामा ४३औँ मगर एकता दिवस गाउँ, टोल, समुदायसम्म खुसियालीका साथ मनाइएको छ ।
मगर समुदायले विभिन्न परिकार खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाएका हुन् । मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बङ्गुर र कुखुराका मासुका परिकार खाएर रमाइलो गरेका छन् ।
तानसेनस्थित कैलाशनगरमा भेटिनुुभएकी खगिश्वर मगरले आफ्नो जातिय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताउनुभयो । “यो हामी मगर जातिलाई चिनाउने पोशाक र चिनारी हो, बिर्सनु भएन । अनि पो संस्कृति बाँचिरहन्छ”, उहाँले भन्नुभयो ।
माथागढीकी अनिशा आले सराइमा भएको सांस्कृतिक महोत्सवमा चिटिक्क मगरी परिहनमा देखिनुभयो । उहाँले आफ्नो संस्कृति बचाइ राख्न उत्सवको अवसरमा पोसाक लगाएको बताउनुभयो । कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवसलाई रौनकता थपे । “मगर एकता द...










