Tuesday, May 5News That Matters

स्थानीय तह विशेष

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले विरगंज, पर्सामा अवस्थित Mangalam Diagnostic Center को प्याथोलोजी टेस्ट सेवामा १०%, सिमरा बारामा अवस्थित Hotel Quick – 20 & River Side Pvt. Ltd. का सेवाहरुमा अधिकतम १०%, हेटौडा मकवानपुरमा अवस्थित Regal Hetauda Resort Pvt. Ltd का सेवाहरुमा अधिकतम १५%, धनगढी कैलालीमा अवस्थित Nisa...
डा. तोशिमा कार्कीको पाथिभरा मुकुमलुङ विकास विवाद समाधानको लागि आग्रह

डा. तोशिमा कार्कीको पाथिभरा मुकुमलुङ विकास विवाद समाधानको लागि आग्रह

Breaking News, अर्थ, खेलकुद, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौ, डा. तोशिमा कार्कीले प्रतिनिधि सभा बैठकमा देशको आर्थिक उन्नति को लागी आफ्नो ठाउमा विकास हुन जरुरी रहेको कुरा बताउनु भयो । उहाले भन्नुभयो आफ्नो ठाउमा विकास हुनुहुदैन कसले भन्ला र नाफा मुलक व्यवसाय नगरी देशको आर्थिक उन्नति हुन्न भन्ने कुरामाअसहमत को होला र तर कुनै पनि ठाउमा गरिने विकास त्यहाँको नागरिकलाई छुनु पर्दछ । विकास र व्यापार आनियाँत्रित भएमा त्यसले समाजको मनोभावलाई बिथोल्छ र आर्थिक बिपत पनि निम्त्याउनु सक्छ। अन्तराष्ट्रिय सन्दी र आयलो १६९ देखि हाम्रा थुप्रै कानुनी प्रावधानहरुले विकाश र व्यापारलाई निर्धेषित गरि स्थानीयको सहभागितालाई अधिकारको रुपमा सुनिश्चित गरेको छ । कसको विकास कसरी विकास र कसको लागि विकास भन्ने नीतिहरु छन्। आर्थिक र व्यावसायिक विकास संगै त्येस ठाउँ को धार्मिक संस्कृतिक र सामजिक अस्तित्वो र महत्वोको संरक्षणलाई पनि उतिकई प्राथमिकतामा राखिनु पर्दछ तर दुखको कुर...
नक्कली माया जालमा पारि विवाह समेत गर्ने

नक्कली माया जालमा पारि विवाह समेत गर्ने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्नेगरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दोमात्रामा छन् । त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । कुसुम गैरे नाम गरेकी २१ वर्षीय ती युवतीले केही वर्षदेखि पुरुषहरूलाई नक्कली विवाह र प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै गरेको तथ्यहरु फेला परेका छन् । उनले विभिन्न जिल्लाका युवाहरूलाई समेत ठगेको रहस्य खुलेको छ । रूपन्देहीका २५ वर्षीय रवी बस्नेत,नवलपरासीका २३ वर्र्षीय, विवेक मगर कपिलवस्तु २२ वर्षीय राज थापा मगर, ईश्वरी भनिने युवकको रकम ठगेको खुलेको प्रहरीले जनाएको छ । ती युवतीले एकै पटक ५ पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको पिडितहरूले बताएका छन ...
पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर

अर्थ, खेलकुद, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ ।तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेकाकारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्नसकेनन ।यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक छ । 'लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संसोधनको बहस चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन ...
खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

Breaking News, खेलकुद, प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौ, २२ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन् । पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन् । ‘खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथासिघ्र स्थापना गर्नुपर्छ । सरकारले अध्ययन कार्यदल त गठन गरेको छ। त्यसले मात्र पुग्दैन,’ उनले भने । आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको धारणा छ ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनले बताए । नेपालमा पर्याप्त पूर्वाधार र बजेट अभावमा पनि एनपीएल जस्तो लिग सफलताप...
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’

भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
भक्तपुर, ८ फागुनः स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको सो अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको छ । मेसिन अस्पतालमा आएसँगै प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले उक्त मेसिन जडान कार्यको अवलोकन गर्नुभयो । मन्त्री थापाले अस्पताल आइसकेको सिटी स्क्यान मेसिन जडान कार्य चाँडोभन्दा चाँडोे सम्पन्न गरेर सेवा सञ्चालन गर्न आज अस्पताललाई निर्देशन दिनुभयो । उहाँले सेवा विस्तारका लागिसमेत आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता जनाउँदै कुनै पनि सेवामा सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिनुभयो । मन्त्री थापा र प्रदेशसभ...
‘माओवादी संविधान संशोधनको पक्षमा छ’

‘माओवादी संविधान संशोधनको पक्षमा छ’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
धरान (सुनसरी), ८ फागुनः नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धरान उपमहानगर समितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा छ ।” उहाँले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताउनुभयो । उहाँले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताउनुभयो । लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घी...
प्राप्त ज्ञानलाई इमानदार भएर देश हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

प्राप्त ज्ञानलाई इमानदार भएर देश हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
पोखरा, ८ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गर्नुभयो । “इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईंहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,” कुलपति ओलीले भन्नुभयो, “तपाईंहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समा...
‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक

‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ८ फागुनः आपत्कालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षतमा आज बैठक सम्पन्न भएको केन्द्रले जनाएको छ । यसैबीच, आज नै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्वास्थ्य आपत्का तथा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा भए /गरेका कार्यहरुको समीक्षा गरी नेपालका लागि कार्यान्वयन गर्न योग्य र प्रभावकारी सुझावहरु पेस गर्न प्राविधिक समितिको बैठक प्राडा प्रदीप वैद्यको अध्यक्षतामा बसेको केन्द्रले जनाएको छ ।...
निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता

निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
गोरखा, ८ फागुनः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि समय दिने प्रतिबद्धता जनाउनुभएको छ । गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आज गोरखा नगरपालिका– १४ गोप्लिङस्थित सहिद परिवारसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा चाहे जति समय दिन नसकेकाले अब बाँकी समय निर्वाचन क्षेत्रको विकास निर्माणलाई दिने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष दाहालले सहिदहरुको बलिदानका कारण नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताउनुभयो । परिवर्तनका लागि ज्यानको बलिदान दिने सहिदहरु देशको साझा सम्पत्ति भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले १० वर्षे सशस्त्र सङ्घर्षका क्रममा ए...