आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
धरान (सुनसरी), १० माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यकताअनुसार अस्पताल र फार्मेसीबाट औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित फार्मेसी भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले भन्नुभयो, “आम्दानी हुनेगरी फार्मेसीलाई व्यवस्थित गर्दै लैजानु पर्छ ।” फार्मेसीबाट अस्पतालको आम्दानी बढाउन सकिने उल्लेख गर्दै मन्त्री पौडेलले सरकारले लगानी गरेको सामुदायिक स्वास्थ्य संस्थाले नसक्नेलाई निःशुल्क र सक्नेलाई सर्वसुलभ ढङ्गबाट उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा धेरै विकास भए पनि त्यो पूर्ण नभएकाले प्रभावकारी सेवा उपलब्ध गराउने गरी अगाडी बढ्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । स्वास्थ्यकर्मीसँग हुने क्षमता, योग्यता र सीप अरु व्यक्तिसँग नहुने भएकाले समाजलाई धेरै य...










