विद्यालयमा बन्द हडताल गर्ने व्यक्ति र संस्था दुवैलाई कानुनी कारवाही गर्नुपर्छ- अभियन्ता रक्की प्रसाद साह
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ ।
कुनै पनि व्यक्ति वा संस्थालाई आफ्नो व्यक्तिगत वा संस्थागत स्वार्थका लागि बालबालिकाको पढ्न पाउनु पर्ने अधिकारबाट वन्चित गराउन छुट कसैलाई छैन । यदि कसैले विद्यालयमा बन्द हडताल गर्दै छ भने त्यो गैर कानुनी कार्य हो । त्यस्ता गर्ने व्यक्ति र संस्था दुवै विरुद्ध उजुरी दिई कानुनी दायरामा ल्याउनुपर्छ ।
जनकपुरधाममा केहि दिनदेखि कक्षा ११ र १२ मा नीजी विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुको लागि व्यवस्था गरिएको छात्रावृति सम्बन्धि विवाद रहेको हुनाले नीजी विद्यालयहरुको छाता संगठन PABSON, NPABSON र HISSAN ले संयुक्त रुपमा विज्ञपति सार्वजनिक गरि २०८१/०८/०३ गतेदेखि उक्त संगठनहरुमा आबद्ध रहेको विद्यालयहरु अनिश्चितकालको लागि बन्द हडताल गर्ने निर्णय गरेको देखिन्छ र सोहि अनुसार विद्यालयहरु बन्द हुँदा जनकपुरधामका विभिन्न विद्यालय पढ्ने बालबालिकाहरु पढाईबाट केहि दिनदेखि वन्चित भएको छ । यस बन्दले ग...



