चलचित्र जाँच कार्यविधिप्रति असन्तुष्टि
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ प्रति फिल्मकर्मीले असन्तुष्टि जनाएका छन्।
उक्त कार्यविधिको सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने फिल्मलाई समेत जाँच गर्नुपर्ने नियमप्रति उनीहरूले आपत्ति जनाएका हुन्। बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’ लाई सच्याउनुपर्ने उनीहरूको धारणा छ।
याे विषयमा फिल्म निर्देशक केपी पाठकले नयाँ कार्यविधिले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई असर पुर्याउने बताए। उनले भने, ‘महोत्सवमा सहभागी हुने चलचित्र विश्वभर जाँच पास हुँदैनन्, त्यो त सार्वजनिक प्रदर्शनका लागि लिइने इजाजत हो। यो प्रावधानले नेपालमा हुने अन्तर्राष्ट्रिय चलचित्र ...









