Tuesday, April 21News That Matters

Month: January 2026

बाहिरियो वर्षा गराउने प्रणाली ।।

बाहिरियो वर्षा गराउने प्रणाली ।।

Breaking News, पर्यटक, समाचार
१४ माघ काठमाडौं । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए । उक्त प्रणालीले आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन । उक्त प्रणलीले काठमाडौँमा २।२, ललितपुर ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलि...
प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो, ओलीको स्पष्टीकरण ।।

प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो, ओलीको स्पष्टीकरण ।।

Breaking News, राजनीति, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनाबारे स्पष्टीकरण दिएका छन्। उनले केही दिनयता तत्कालीन प्रधानमन्त्री हुँदाको समयमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्दै गलत प्रचार भइरहेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा निराधार भनेका हुन् । संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको बताउँदै ओलीले आफूले त्यस्तो आदेश न दिएको, न दिने सोच नै गर्न नसक्ने बताएका छन्। जेन-जी आन्दोलनका क्रममा भएको उक्त घटनापछि तत्कालै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै २३ भदौमा ज्यान गुमाएका १९ जना बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। भदौ २३ गते घुसपैठको सम्भावना देखिएकाले सुरूमा माइतीघर मण्डल प्रदर्शन रोक्ने निर्णय गरिएको पनि बताएका छन्। तर शान्तिपूर्ण सभाको अनुमति मा...
अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा ।।

अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नूरी अल–मलिकीले प्रधानमन्त्री पद सम्हालेमा देशलाई सबै सहयोग अन्त्य गर्ने चेतावनी दिएपछि इराकका मुख्य प्रधानमन्त्री पदका उम्मेदवार मलिकीले बुधबार वाशिङ्गटनको ‘हस्तक्षेप’ को निन्दा गरेका छन्। हामी इराकको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ,” मलिकीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । “हामी यसलाई इराकको ‘लोकतान्त्रिक प्रणाली’ को उल्लङ्घन मान्छौँ । यो प्रणालीसन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछि लागु भएको थियो । राष्ट्रपति ट्रम्पले मङ्गलबार मलिकीलाई शीर्ष पदका लागि चयन गरिएमा इराकले ‘धेरै खराब छनौट’ गर्ने बताएका थिए । उनले भने, “मलिकीको ‘मनपरी नीति र विचारधाराको कारण यदि उहाँ निर्वाचित भए संयुक्त राज्य अमेरिकाले इराकलाई सहयोग गर्नेछैन ।” ‘इराकी कोअर्डिनेशन फ्रेमवर्क’ ले मलिकीलाई इराकको नयाँ प्रधानमन्त्री...
हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार ।।

हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार ।।

Breaking News, पर्यटक, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । भारी हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएका छन। हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको हो । गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो । रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ परियारले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिबीको सहयताले केही ठाउँको हिउँ हटाएर यात्रुको उद्धार गरिएको उनको भनाइ छ । पातीहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा तत्काल गाडी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रजिअ परियारले बताए । बागलुङ प्रशासन र काठमाडौँ प्रशासनसँग समन...
आईसीसी महिला टि-२० विश्वकपमा नेदरल्यान्ड र बंगलादेश  छनोट ।।

आईसीसी महिला टि-२० विश्वकपमा नेदरल्यान्ड र बंगलादेश छनोट ।।

Breaking News, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
१४ माघ काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ का लागि बंगलादेश र नेदरल्यान्ड्स छनोट भएका छन् । काठमाडौंमा भइरहेको ग्लोबल छनोटअन्तर्गत बुधबार सुपर सिक्सको खेलमा दुवै टोलीले जित निकाल्दै इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् । मुलपानी क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गर्‍यो । बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । समूह चरणबाटै ४ अंक लिएर आएको बंगलादेशले आजको जितपछि थप २ अंक जोडेर ६ अंक पुर्‍याएको छ । आज दिउँसो त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि डिएल पद्धतिअनुसार २१ रनको जित हासिल गर्‍यो । अमेरिकाले दिएको १३० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेट गुमाएर ९० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोक...
रसुवाको उत्तरी भेगमा हिमपात ।।

रसुवाको उत्तरी भेगमा हिमपात ।।

Breaking News, पर्यटक, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । रसुवा जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ । लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज बिहानदेखि हिमपात हुन थालेको हो । लाङ्टाङ क्षेत्रमा करिब एक इञ्च हिउँ जमेको छ भने घोडातबेलासम्म हिमपात आइसकेको स्थानीयले बताएका छन् । राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ । लाङ्टाङका आधिकांश स्थानीय काठमाडौँ गएकाले अहिलेको हिमपातले लाङटाङ बस्तीमा असर नगरेको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङले जानकारी दिए । यसैबीच, हिमपात र चिसोको असरले स्वास्थ्य समस्या बढ्नसक्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष सतर्कता अपनाउन रसुवा जिल्ला अस्पतालले आग्रह गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अमितकुमार शाहले न्यानो लुगा लगाइदिने, तातो तथा...
आईसीसी टि-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा दिपेन्द्र सिंह ऐरी ।।

आईसीसी टि-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा दिपेन्द्र सिंह ऐरी ।।

Breaking News, खेलकुद, मनोरञ्जन, समाचार
१४ माघ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन् । नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्रको वरियता पनि परिवर्तन भएको हो । दीपेन्द्रको रेटिङ अंक पनि यथावत् छ । उनको २०२ अंक रेटिङ छ । यसअघि लगातार चार सातासम्म दीपेन्द्र आठौं स्थानमा नै रहेका थिए । अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् । दोस्रोमा पाकिस्तानका सायम अयुब छन् । तेस्रोमा भारतका हार्दिक पान्ड्या उक्लिएका छन् । चौथोमा वेस्ट इन्डिजका रस्टन चेज छन् । पाँचौंमा पाकिस्तानका मोहम्मद नवाज छन् ।...
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन ।।

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ। उनी ६६ वर्षका थिए। बुधबार बिहान ८:४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए। अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको थियो। नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो। अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्‍यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए।...
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस ।।

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस ।।

Breaking News, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।...
युक्रेनको यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण, ४ जनाको मृत्यु ।।

युक्रेनको यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण, ४ जनाको मृत्यु ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । रुसले युक्रेनको एउटा यात्रुवाहक रेलमाथि ड्रोन आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । २०० भन्दा धेरै यात्रु सवार यस रेलमाथि भएको आक्रमणलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘खुला आतङ्कवाद’ भन्दै कडा निन्दा गरेका छन् । उत्तर–पूर्वी खार्किभ क्षेत्रमा मंगलबार भएको उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । रेलको एक डब्बामा ड्रोन ठोक्किँदा १८ जना रहेको डब्बा प्रत्यक्ष प्रभावित भएको बताइएको छ । आक्रमणपछि चार जना अझै बेपत्ता रहेको भनिएको छ । ‘सर्वसाधारण यात्रु बोकेको रेलमाथि ड्रोन आक्रमण कुनै पनि देशमा आतङ्कवादकै रूपमा लिइन्छ ।’ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जेलेन्स्कस्ले भनेका छन् । युक्रेनको आपतकालीन सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा एक डब्बा पूर्ण रूपमा क्षतिग्रस्त भई आगो बलिरहेको देखिन्छ । खार्किभ क्षेत्रीय अभियोजक...