Monday, March 9News That Matters

Month: February 2026

पाकिस्तान र अफगानिस्तान बीच सिमा क्षेत्रमा आक्रमण, दुबै पक्षको क्षति ।।।।

पाकिस्तान र अफगानिस्तान बीच सिमा क्षेत्रमा आक्रमण, दुबै पक्षको क्षति ।।।।

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, सुरक्षा र कुटनिती
काठमाडौ । पाकिस्तान र अफगानिस्तानबिच सीमा क्षेत्रमा पुन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्कालाई भारी क्षति पुर्‍याएको दाबी गरेका छन्, यद्यपि यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन । पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मोशरफ जैदीका अनुसार, पाकिस्तानी सेनाले हालसम्म २७ अफगान तालिबान सैन्य चौकीहरू ध्वस्त पारेको छ भने ९ वटा कब्जामा लिएको छ। उनले १३३ तालिबान लडाकु मारिएको र २०० भन्दा बढी घाइते भएको दाबी गरेका छन्। साथै, ८० भन्दा बढी ट्यांक, तोपखाना र सशस्त्र सवारी साधनहरू नष्ट गरिएको बताइएको छ। अर्कोतर्फ, अफगानिस्तानको रक्षा मन्त्रालयले बिहीबार राति १९ पाकिस्तानी सैन्य चौकी र दुई वटा आधार शिविर (बेस) कब्जा गरेको दाबी गरेको छ। उनीहरूले ५५ जना पाकिस्तानी सैनिक मारिएको बताएका छन्। समाचार संस्था एएफपीका अनुसार, शुक्रबार बिहानै अफगानिस्तानको राजधानी काबुलमा ठूला विस्फोटहरू सुनिएका छन...
बिबिसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाइ आयोगको पत्र ।।

बिबिसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाइ आयोगको पत्र ।।

Breaking News, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं । निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको हो । आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिए । ‘हो, यसबारेमा प्रेस काउन्सिललाई पत्र गएको छ’, उनले भने, ‘उक्त सामग्री हटाउने गरी कारबाही अघि बढाउन भनेका छौँ। चुनावको मुखमा सार्वजनिक गरिएको उक्त भिडियो सामग्रीले समस्या ल्याउने निष्कर्षसहित आयोगले यो निर्णय गरेको हो । गत भदौ २३ र २४ को जेन-जी आन्दाेलन राज्यको असफलता भएको निष्कर्ष निकालेको बीबीसीको यो भिडियोपछि एउटा पक्ष उत्साहिछ । अर्को पक्षले भने चुनावको मुखमा जनमत प्रभावित पार्न नियोजित रुपमा ल्...
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु ।।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु ।।

Breaking News, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं । बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । घटनामा एक जना घाइते भएका छन् । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिँदा धुलिखेल नगरपालिका– ८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधानको मृत्यु भएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् । टिपरले बनेपाबाट साँगातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । प्रहरीले स्कुटर चालकको शव अस्पताल पठाएको छ। ट्रक चालक भने फरार छन् । दुर्घटनापछि अरनिको राजमार्ग अन्तर्गत बनेपा क्षेत्रको यातायात ठप्प भएको छ।...
वैदेशिक रोजगार पठाउछु भनी ठगी गर्ने तिन जना पक्राउ ।।

वैदेशिक रोजगार पठाउछु भनी ठगी गर्ने तिन जना पक्राउ ।।

Breaking News, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनले भने, ‘पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्नै पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजग...
१२ बर्षपछि विश्वकपमा नेपालको पहिलो जित ।।

१२ बर्षपछि विश्वकपमा नेपालको पहिलो जित ।।

Breaking News, खेलकुद
काठमाडौं । टि-२० विश्वकपमा सान्त्वना जितका साथ नेपालले आइसिसी टि ट्वान्टी विश्वकपको यसपटकको यात्राको अन्त्य गरेको छ। समूह चरणको अन्तिम खेलमा  नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो। नेपालले सन् २०१४ पछि विश्वकपको कुनै पनि खेल जितेको पहिलो पटक हो‌ । विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको हो। दीपेन्द्र सिंह ऐरी र गुलशन झाले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि १ सय ७१ लक्ष्य नेपालले ४ बल बाँकी रहँदा पूरा गर्यो । दीपेन्द्र ५० र गुलशन २४ रनमा नटआउट रहे ।‌ नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा एक रन लिँदै अर्धशतक पूरा गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए।  गुलशनले १७ बलमा १ चौका र २ छक्का प्रह...
सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३औं स्थापना दिवस तथा शिवरात्री ।।

सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३औं स्थापना दिवस तथा शिवरात्री ।।

Breaking News, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।...
दिपेन्द्र सिंह ऐरीको अर्धशतक संगै नेपालको तेस्रो हार,वेस्ट एन्डिज सुपर एटमा ।।

दिपेन्द्र सिंह ऐरीको अर्धशतक संगै नेपालको तेस्रो हार,वेस्ट एन्डिज सुपर एटमा ।।

Breaking News, खेलकुद, समाचार
काठमाडौं । नेपाल लगातार तेस्रो हारसँगै भारत र श्रीलंकामा जारी आइसिसी टि ट्वान्टी विश्वकपबाट बाहिरिएको छ। नेपाल आज वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ। जारी विश्वकपमा सुपर एट बाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। यसअघि समुह बी बाट ओमान सुपर एट दौडबाट बाहिरिसकेको छ। नेपाललाई हराएपछि वेष्ट इण्डिज एक खेल अगावै सुपर एटमा पुगेको छ। जारी विश्वकपमा सुपर एटमा वेष्ट इण्डिज पहिलो टोली बनेको छ। समूह सी रहेको वेष्ट इण्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर एटमा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्। १ सय १ सय ३४ रनको लक्ष्य वेष्ट इण्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। वेष्ट इण्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशश भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित र...
काठमाडौँ क्षेत्र नं. २ मा राप्रपाको अभियान तीव्र, सङ्ग्रामपुर–कागेश्वरीमा विकास र पानी मुख्य एजेन्डा ।।

काठमाडौँ क्षेत्र नं. २ मा राप्रपाको अभियान तीव्र, सङ्ग्रामपुर–कागेश्वरीमा विकास र पानी मुख्य एजेन्डा ।।

Breaking News, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियान तीव्र बनाएको छ। अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएकी कुन्ती देवी पोख्रेल यसपटक बहुमतसहित विजयी हुने दाबी गर्दै घरदैलो तथा जनभेटघाटमा सक्रिय रूपमा जुटेकी छन्। पोख्रेलले चुनावमा पराजित भएपछि पनि क्षेत्र छोडेनन्। महिला शिक्षा, घरेलु सीपमूलक तालिम तथा महिला जागरण अभियानलाई निरन्तरता दिँदै उनी जनतामाझ सक्रिय रहँदै आएकी बताइन्छ। “चुनाव जितेपछि क्षेत्र फर्केर नआउने” भन्ने भाष्यलाई चिर्दै आफू निरन्तर जनतासँगै रहेको उनको दाबी छ। यसैबीच, काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत पर्ने कागेश्वरी मनोहरा नगरपालिका र सङ्ग्रामपुर क्षेत्रमा खानेपानी, फोहोर व्यवस्थापन र पूर्वाधार विकासका समस्या चुनावी बहसको केन्द्रमा परेका छन्। स्थानीयवासीका अनुसार पानीको समस्या विकराल बन्दै गएको छ भने कतिपय स्थानमा गहिर...
वरिष्ठ कलाकार सुनिल थापाको निधन ।।

वरिष्ठ कलाकार सुनिल थापाको निधन ।।

Breaking News, समाचार
२४ माघ काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। शंकमुल निवासमा स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको थिए। चलचित्र पत्रकार सामिप्यराज तिमल्सेनाका अनुसार उनको निधन भएको पुष्ठि गरे। थापाका छोराहरू भारतमा रहेकाले उहाँहरूको प्रतिक्षा भइरहेको उनले बताए। नेपाली तथा भारतीय सिने क्षेत्रमा आफ्नो जीवन्त अभिनयको छाप छोडेका उनले दर्जनौँ नेपाली चलचित्रका काम गरेका छन्।  मसालबाट अभिनय सुरू गरेका थापाले बलिउडमा मेरी कोम जस्ता फिल्ममा अभिनय गरेका छन्।...
निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन गरिदै ।।।

निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन गरिदै ।।।

Breaking News, राजनीति, समाचार, सुरक्षा र कुटनिती
२० माघ काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन सुदूरपश्चिम प्रदेशका मतदान केन्द्रमा कर्मचारीको व्यवस्थापन गर्ने काम भइरहेको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार मतदान केन्द्रमा निर्वाचन गराउन सङ्घ, प्रदेश र पालिका तहका कर्मचारी, सरकारी स्वामित्वका कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारी खटाउने गरी जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको छ। कार्यालय प्रमुख प्रेमराज भट्टले प्रत्येक मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक सहायक निर्वाचन अधिकृत, एक सहायक कर्मचारी र स्वयमसेवक गरी सात जनासम्म खटाउने गरी व्यवस्थापन भइरहेको र अपुग भएमा शिक्षकलाई पनि खटाउने तयारी रहेको बताए। प्रदेशका १६ निर्वाचन क्षेत्रका दुई हजार १९९ मतदान केन्द्रमा निर्वाचन गराउन कूल १५ हजार ३९३ जनशक्ति आवश्यक पर्ने कार्यालय प्रमुख भट्टले जानकारी दिए। जिल्लागत रुपमा पाँच निर्वाचन क्...