सुन्तला बेचेर कमायो चार करोड ।।
बागलुङ : सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका- ८ सिगानाका किसानले बर्सेनी सुन्तला उत्पादन बढाइरहेका छन्।
गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाएका अनन्त खड्काले यो पटक भने सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरे। यो वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड भित्रिएको छ।
खड्काले यो वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुशी व्यक्त गरे। आफूजस्ता १०० भन्दा बढी किसानले एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताउनुभयो। अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन्।
सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ। सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौँ र चितवनमा छ। कोदो बारी र धान खेत मासेर यहाँका किसा...







