Sunday, May 3News That Matters

Author: review khabar

तालिका बनाएर नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, राजनीति, समाचार
काठमाडौँ, ३ माघः नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हप्तामा दुई निश्चित दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने र सुझाव लिनका लागि निर्देशन दिएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले मन्त्रीहरुलाई बाँकी पाँच दिन सम्पूर्ण रुपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुनसमेत निर्देश गरेको हो । पार्टीका प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्न र उपयुक्त सुझाव कार्यान्वयन गर्न पनि बैठकले निर्देश गरेको छ । पार्टी सभापति एवं संसदीय दलका शेरबहादुर देउवाको अध्यक्षतामा बूढानीलकण्ठस्थित उहाँको निवासमा बसेको बैठकले सांसदहरुको सल्लाह, सुझाव र जनताका अपेक्षालाई ध...

‘चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास जारी’

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, समाचार, स्वास्थ्य
गण्डकी, ३ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्ने प्रयासमा सरकार लागिपरेको बताउनुुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई यहाँ आज सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहनुभएका मन्त्री पौडेलले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै सरकारले आफ्ना गतिविधिलाई अघि बढाएको बताउनुुभयो । थोरै लगानीमा धेरै प्रतिफल उपलब्ध गराउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यस क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउनेतर्फ सरकार लागिपरेको उहाँले बताउनुुभयो । स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री पौडेलले सुरक्षित बिमा कोषका लागि नागरिकको योगदान सुनिश्चित गर्नुपर्नेमा जोड दिनुुभयो । औषधीको मूल्य समायोजन गर्न ऐन निर्माण गरी लागू गर्न लागिएको उहाँले बताउनुभयो । पक्...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षाको माग

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, समाचार
काठमाडौँ, ३ माघः वायुसेवा सञ्चालक सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउनसक्ने जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमाथिको प्रतिबन्ध कायमै रहेको भन्दै यही माघ ९ गतेसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु जिल्लाभित्र सम्पूर्ण हवाई सेवाहरु पूर्ण रुपमा स्थगन गर्नुपर्ने अवस्था आउने बताउनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न सङ्घ प्रतिबद्ध रहेको सङ्घले जनाएको छ । हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धले वायुसेवा सञ्चालन कम्पनीहरुलाई ठूलो आर्थिक नोक्सानी हुने भन्दै सङ्घले यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ । हिमाल अवलोकन तथा पर्वतारोह...

जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, राजनीति, समाचार
काठमाडौँ, ३ माघः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बैठकमा उहाँले ऊर्जा र सिँचाइ क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले जनताको समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको हो । “विद्युत्, सिँचाइ, जल मौसमलगायत क्षेत्रमा यस मन्त्रालय प्रत्यक्ष रुपमा जनतासँग जोडिएको छ, जनताले यस मन्त्रालयको कामबाट अनुभूति हुनेगरी तपाईँहरुले काम गर्नुहोस्”, उहाँले भन्नुभयो । मन्त्री खड्काले मुलुकको विकासमा ऊर्जा र सिँचाइ क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले राखेको लक्ष्य प्राप्त हुनेगरी इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको र काम गर्ने वातावरण अनुकूल भएकाले निर्धक्क भएर...

मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण

Breaking News, Breaking News 1, Breaking News 2, खेलकुद
सुदूरपश्चिम, ३ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को ट्रफी आज अनावरण गर्नुभएको छ । मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताको आयोजनाले खेलप्रेमीमा हौसला बढ्ने भई समग्र क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार छ ।” धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । ट्रफी अनावरणकै क्रममा धनगढी क्रिकेट एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो । धनगढीको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएक...

‘विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिन जरुरी’

Breaking News, Breaking News 1, Breaking News 2, शिक्षा, समाचार
बेलबारी (मोरङ), ३ माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रयोगात्मक पठनपाठन र सिकाइले विद्यार्थीलाई अब्बल बनाउने भएकाले विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित बेलबारी नगरपालिकाको आयोजनामा भएको प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले बेलबारीको खेलमैदान, विकास निर्माणलगायत विभिन्न क्षेत्रको विकासमा प्रदेश सरकार लागिपर्ने बताउनुभयो । तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा बेलबारी नगरपालिकाका २८ विद्यालय सहभागी छन् । सो अवसरमा मुख्यमन्त्री कार्कीले विभिन्न विद्यालयले राखेको प्रदर्शनी कक्षको अवलोकन गर्नुभएको थियो । प्रदर्शनीमा चित्रकला कार्यशाला तथा प्रतियोगिता, भाषा साहित्य प्रदर्शनी, राष्ट्रिय लोक नृत्य प्रतियोगिता, सामाजिक, इतिहास तथा भूगोलसम्बन्धी प्रदर...
पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ

पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ

Breaking News, Breaking News 1, Breaking News 2, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ३ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले मुलुकमा सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । पिएसबीको पूर्वप्रारम्भ (प्रि-लन्चिङ) कार्यक्रमको आज यहाँ आयोजित समापन समारोहमा मन्त्री गुरुङले यस सेवाले सुशासन प्रवर्द्धनमा पहरेदारको भूमिका निर्वाह गर्दै देश र जनताका पक्षमा काम गरेर औचित्य पुष्टि गर्न निर्देशन र सुझाव दिनुभएको हो । “मुलुकमा सुशासन कायम गर्न यसको भूमिका महत्वपूर्ण हुनुपर्छ । राज्यमा भएका समस्या र सरकारका कमजोरी देखाइदिनुपर्छ”, उहाँले भन्नुभयो, “जनताका पक्षमा काम गर्नसक्यो भने यसको औचित्य पुष्टि हुन्छ ।” मन्त्री गुरङले पिएसबी कार्यान्वयनसँगै जनशक्ति एवं संस्थागत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको समेत बताउनुभयो । “जनशक्ति व्...

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

Breaking News, Breaking News 1, Breaking News 2, राजनीति, समाचार, स्वास्थ्य
गण्डकी, ३ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ जना विद्यार्थीलाई दीक्षित गर्नुभएको छ । प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ‘डाक्टर अफ मेडिसिन÷मास्टर अफ सर्जरी’ (एमडी÷एमएस) प्रथम र दोस्रो ब्याचका ३८ विद्यार्थीलाई दीक्षित गर्नुभएको हो । उहाँले अर्थोपेडिक्समा एमएस उपाधिप्राप्त अरविन्दकुमार शाह र जनरल सर्जनरीतर्फ आशीष सापकोटालाई उपकुलपति पदक प्रदान गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओली, प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आजै प्रतिष्ठानको नवनिर्मित प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको थियो । उहाँले रु १७ करोडको लागतमा बनेको उक्त भवनको निरीक्षणसम...

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

Breaking News, Breaking News 1, Breaking News 2, खेलकुद, राजनीति, समाचार
काठमाडौँ, ३ माघः कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो । कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरेको छ । साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल सङ्घले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ...
भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक

भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक

Breaking News, Breaking News 1, Breaking News 2, राजनीति, समाचार, स्वास्थ्य
काठमाडौँ, ३ माघः खानेपानीमन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा आज यहाँ डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डिन)ले आयोजना गरेको ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यक्रममा उहाँले भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा रहेकाले सबै संरचना भूकम्प प्रतिरोधी बनाउनै पर्छ भन्नुभयो । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ नाराका साथ भूकम्प दिवस मनाइएको उल्लेख गदै उहाँले भूकम्पजस्ता प्राकृतिक प्रकोपबारे सचेत गराउँदै पूर्वतयारीलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । उहाँले भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्ले खोपानीलगायतका पूर्वाधार, जनस्वास्थ्य र अर्थतन्त्रमा ठूलो असर गर्नेे उल्लेख गर्दै विपद्पछिको पुनःनिर्माणमा इञ्जिनियरहरुको भूमिका महत्वपूर्ण र...