Sunday, May 3News That Matters

Author: review khabar

वन मन्त्रालयका ६ महिना : कानुनी र नीतिगत सुधारमा जोड

Breaking News, Breaking News 1, Breaking News 2, राजनीति, समाचार
काठमाडौँ, ३ माघ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तथा जनतामा छाएको निराशा चिर्ने र जनजीविकाका सवालमा प्रभावकारी काम गर्ने साझा उद्देश्यका साथ बनेको सरकारले निर्धारित लक्ष्यप्राप्तिमा अघि बढेको दाबी गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत असार ३१ गते मन्त्रालयको जिम्मेवारी सम्हालेको दिन प्रतिबद्धता गरेका विषय कार्यान्वयन गर्न मन्त्रालयका सबै संयन्त्र परिचालन गरी अघि बढेको बताउनुभएको छ । रासससँग कुरा गर्दै उहाँले यस अवधिमा वन मन्त्रालयलाई विकास विरोधी भनेर लाग्ने गरेको भ्रम चिर्न आफू र आफ्नो मन्त्रालय सफल भएको दाबी गर्नुभयो । “वर्तमान सरकारको लक्ष्यअनुसार समृद्धि हासिल गर्न राष्ट्रिय प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजना बिना क...

छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल

Breaking News, Breaking News 1, Breaking News 2, राजनीति, समाचार
काठमाडौँ, ३ माघ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । विचार मिल्ने पार्टीसँग एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समुहसँग सहकार्य गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा थुप्रै विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको बताउनुभयो । राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले राजनीतिमा विश्वास गर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गए...

‘करदाताले न्याय पाउन सकेका छैनन्’

Breaking News, Breaking News 1, Breaking News 2, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ३ माघ : कर विज्ञ शेषमणि दाहालले करदाताले न्याय पाउन नसकेको धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको अर्थसमितिमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग भएको छलफलमा उहाँले सामान्य करदाताले करसँग सम्बन्धित मुद्दामा न्याय पाउनु भनेको दुलर्भ अवस्था रहेको बताउनुभयो । विज्ञ दाहालले भन्नुभयो, “न्याय खोज्ने प्रक्रिया एकदमै झन्झटिलो र महँगो छ । न्यायिक प्रक्रिया सहज नभएसम्म न्यायोचित रुपमा कर सङ्कलन हुँदैन । लक्ष्य तोकेर कर उठाउनु न्यायोचित होइन । कर कसरी उठ्यो भन्नेमा सोच्नुपर्छ । नीतिमा सबै व्यवस्था भए पनि कार्यान्वयनको पक्ष कमजोर छ । कार्यन्वयन नभए के गर्ने भन्नेबारे कोही जवाफदेही छैन ।” कर कसरी उठाउने भन्नेमा मात्र कानुन बनेको तर सही कर उठाउने भन्ने प्रस्तावना विधेयकमा उल्लेख हुनुपर्ने उहाँले बताउनुभयो । “प्रस्तावना ...

आगलागी पीडितलाई राहत वितरण

Breaking News, Breaking News 1, Breaking News 2
खाँदबारी (सङ्खुवासभा), ३ माघ : सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसे बजारका आगलागी पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मोहणमणि घिमिरेको टोलीले आज बाह्रविसे पुगेर पीडितलाई नगद रु १५ हजार वितरण गरेको हो । नेपाल रेडक्रस सोसाइटीले त्रिपाल, कम्बल, भाँडावर्तन लगायतका सामग्री वितरण गरिएको हो । आगलागी पीडितमध्ये चार परिवारलाई जनही रु १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएका एक परिवारलाई रु २० हजार वितरण गरिएको सहायक प्रजिअ घिमिरेले बताउनुभयो । पीडितलाई जिल्लाको अलैँची व्यवसायी सङ्घले रु ५५ हजार र वितरक सङ्घले रु ६० हजार पाँच सय सहयोग गरेको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीम लिम्बूले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले बुधबार साँझ दुई सेट ओड्ने ओछ्याउने, भान्सामा प्रयोग हुने सामग्री र खाद्यान्न वितरण गरिसकेको छ...

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सुझाव

Breaking News, Breaking News 1, Breaking News 2, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ३ माघः उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यातायात व्यवसायीहरूले सुझाव दिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबीच आज यहाँ भएको छलफलका वक्ता यातायात व्यवसायीहरूले ऐन कानुन नै व्यवस्थित गरेर भए पनि ट्राफिक व्यवस्थापन मजबुद बनाउन सुझाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको र सवारी साधानसमेत अस्वाभाविक रूपमा बढिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उपत्यकामा मात्रै झण्डै २१ लाख मोटरसाइकल रहेको र दुर्घटनामा बढी मोटरसाइकल देखिएको बताउँदै यसको नियमन जरूरी रहेको बताउनुभयो । उपाध्यक्ष सिटौलाले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्न नसक्दा निजी सवारीसाधन अस्वाभाविक ...
पर्यटकको आगमन बढ्दा पूर्वाधारमा ध्यान दिन सञ्चारमन्त्री गुरुङको आग्रह

पर्यटकको आगमन बढ्दा पूर्वाधारमा ध्यान दिन सञ्चारमन्त्री गुरुङको आग्रह

Breaking News, Breaking News 1, Breaking News 2, पर्यटक, समाचार
अन्नपूर्ण (कास्की), ३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकको आगमन बढ्दै जाँदा पर्यटकीय पूर्वाधारमा ध्यान दिन आग्रह गर्नुभएको छ । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसस्थित सिक्लेस युवा क्लबको आयोजनामा भएको क्लबको ३०औँ वार्षिकोत्सव तथा माघेसङ्क्रान्ति मेलाको उद्घाटन समारोहमा मन्त्री गुरुङले गण्डकी प्रदेशले प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्राकृतिक स्रोतसाधन र सौन्दर्यतका हिसाबले गण्डकी प्रदेश आफँैमा सम्पन्न रहेको उल्लेख गर्दै उहाँले लक्ष्य लिएर काम गरे मुलुकको विकासमा गण्डकी प्रदेशले धेरै ठूलो योगदान दिन सक्ने बताउनुभयो । नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक गण्डकी प्रदेशको भ्रमण आउने गरेका जिकिर गर्दैै मन्त्री गुरुङले गाउँमा हुने मेला महोत्सवले त्यस ठाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले गाउँगाउँमा व्य...

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

Breaking News, Breaking News 1, Breaking News 2, राजनीति
लेखनाथ (कास्की), ३ माघ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति खड्काले वर्तमान सरकार गठनका बेला गरिएको सातबुँदे सम्झौतामा संविधान संशोधनको विषय पनि उल्लेख भएकाले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो । “संविधान निर्माण गरेको नौ वर्ष पूरा भएको छ, संविधान बनाउने बेलामा पनि आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने विषय उल्लेख भएको हुँदा त्यसै अनुसार संशोधन गर्ने दिशामा कांग्रेस अग्रसर छ”, उपसभापति खड्काले भन्नुभयो, “मिश्रित निर्वाचन प्रणालीमा कुनैपनि दलको बहुमत नआउने र संसद्को अङ्कगणितका क...

‘बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने’

Breaking News, Breaking News 1, Breaking News 2, राजनीति, समाचार
मोरङ, ३ माघ ः कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आयोजना बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने बताउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित कोसी प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८१ मस्यौदा छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरुले नागरिकको जीवनस्तर वृद्धि गर्न बैंकमार्फत ल्याउनुभएका योजना सम्बोधन हुने बताउनुभयो । मुख्यमन्त्री कार्कीले स्थानीय र जिल्लास्तरमा छलफल गरी आगामी चैत मसान्तसम्ममा बैंकमा योजनामा समावेश भएका योजना कार्यान्वयन हुने जानकारी दिनुभयो । उहाँले न्यूनतम रु ५० लाखदेखि रु दुई करोडसम्मका योजना बैंकमा समावेश हुनुका साथै प्राथमिकताका आधारमा क्रमशः कार्यान्वन हुँदै जाने बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेशको राजस्व गत वर्षभन्दा २५...
राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन

राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन

Breaking News, Breaking News 1, Breaking News 2, समाचार
काठमाडौँ, ३ माघः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न देशमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री डा राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई आज मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै उक्त निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले भन्नुभयो, “आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकाङ्क्षा र आर्थिक वृद्धिका लागि सहयोग पु¥याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस् ।” आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिनसक्छ र नेपालको आर्थिक विकासका प्रयासलाई कसरी थप प्रभावकारी बनाउन सक...

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो । डकिङ प्रक्रिया हालका हप्ताहरूमा कम्तिमा दुई पटक ढिलाइ भएको र अन्ततः बिहीबारको लागि निर्धारित गरिएको थियो । अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्टमार्फत देशका वैज्ञानिकहरूलाई उपलब्धि हासिल गरेकोमा बधाई दिँदै भन्नुभयो,“आगामी वर्षहरूमा भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्त्वपूर्ण कदम हो ।” रुस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भ...