Wednesday, April 22News That Matters

Author: review khabar

प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची

Breaking News
काठमाडौँ, ९ असार प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जारी राखेका छन् । यी दुवै दलहरूले आजको बैठक बहिष्कार गरेका छन् । आजको बैठकमा आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाउनुभयो । रास्वपाले आज पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्‍याएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ । विनियोजन विधेयक, २०८२ अन्तर...
धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

समाचार
कञ्चनपुर, ९ असार शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा हुनुहुन्छ । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आउनु भएको छ । डेढ बिघा खेतमा उहाँले ‘चैते–५’ जातको धान रोप्नुभएको छ । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उहाँले बीउ, मल र सिँचाइमा ८५ प्रतिशत अनुदान पाउनुभएको छ । कृषि प्राविधिकको सल्लाहअनुसार खेती गरेकाले रोग–कीराको समस्या देखिएको छैन । “चैते धान पाक्नै लागेको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनमा चैते धान काटेर वर्षे धानको रोपाइँ गर्ने सुरसारमा छौँ, वर्खे धान जस्तो चैते धानमा रोग कीराको समस्या छैन, उत्पादन पनि सोचेभन्दा बढी नै हुनेमा विश्वस्त छौँ ।” लगातार वर्षा हुन थालेकाले खेतमा काटेको चैते धान थन्क्याउने र थ्रेसिङ गर्ने पिरलो भने उहाँलाई छ ।...
देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो – उपसभापति डा वाग्ले

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो – उपसभापति डा वाग्ले

राजनीति
काठमाडौँ, ९ असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुन्छ । लामो समय नेपाली कांग्रेसमा क्रियाशील उहाँ विसं २०७९ को उपनिर्वाचनसँगै रास्वपामा प्रवेश गर्नुभएको हो । अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) सांसद वाग्ले मुलुकको आर्थिक क्षेत्रको विज्ञका रूपमा परिचित हुनुहुन्छ । आफ्नो समूहमा एसएलसी परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याइ चर्चा पाउनुभएका उहाँले केही समय राष्ट्रिय योजना आयोगको उपाध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभयो । सांसद वाग्लेसँग राससका समाचारदाता सुशील दर्नालले संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, देशको आर्थिक विकासलगायत समसामयिक विषयमा गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश : देशको आर्थिक अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ? देशमा सुशासन नहुँदा अर्थतन्त्रले ठूलो आकार ग्रहण ...
धनगढीमा कोठाभित्र मृत भेटिइन् खानेपानीकी कर्मचारी, हत्याको आशंका

धनगढीमा कोठाभित्र मृत भेटिइन् खानेपानीकी कर्मचारी, हत्याको आशंका

Breaking News
दाङ, असार ९ कैलालीको धनगढीमा एक युवती मृत भेटिएकी छन्।सोमबार बिहान धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी मृत भेटिएकी हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी राजकुमार सिंहका अनुसार सोमबार बिहान डेराबाट दुर्गन्ध आएको भन्न सूचना पाएपछि प्रहरी उक्त घरमा पुगेको थियो। प्रहरीले उक्त कोठामा लगाएको ताला तोडेर ढोका खोलेर हेर्दा भित्र रेणुकाको शव भेटेको हो। ‘कोठा भित्र शब फेला परेको छ भने बाहिरबाट ताल्चा लागेको अवस्था थियो,’ उनले भने ‘ बिहान सात बजेतिर घरको कोठाबाट गन्ध आउन थाल्यो भन्ने खबर भएपछि प्रहरीले पुगेर ढोका फोडेर हेर्दा युवतीको शव फेला परेको हो,' डिएसपी सिंहले भने। मृत भेटिएकी चौधरी खानेपानीकी मिटर रिडिङ कर्मचारी हुन्। उनको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरवस्ती हो। जागिरकै लागि उनी बैयाबेहडीमा डेरा गरी बस्दै आएक...
इरानको मिसाइल उद्योगमा इजरायली आक्रमण, ट्रम्पले गरे इरानमा सत्ता परिवर्तनको पैरवी

इरानको मिसाइल उद्योगमा इजरायली आक्रमण, ट्रम्पले गरे इरानमा सत्ता परिवर्तनको पैरवी

अन्तर्राष्ट्रिय
असार ९, २०८२ काठमाडौँ — इजरायल–इरान संघर्ष १० औं दिन पनि जारी छ । इजरायली एयरफोर्सले आइतबार मध्यरात इरानको शाहरुदमा ब्यालेस्टिक मिसाइलको इन्झिन बनाउने उद्योगमा बमबारी गरेको छ । यो क्षेत्र इजरायलभन्दा करिब २ हजार किलोमिटर टाढा रहेको छ । यो आक्रमणमा इन्जिन बनाउने कैयौं मेसिन र अन्य सामग्रीहरु नष्ट भएका छन् । यसबाहेक इजरायलले तेहरान, केरमान्शाह र हमादानमा पनि एयर स्ट्राइक गरेको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको विषयमा कुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यदि इरानमा हालको सरकार इरानका लागि फेरि महान बन्न सक्दैन भने सत्ता परिवर्तन किन नहुनु? मेक इरान ग्रेट अगेन ।’ अमेरिकाले आइतबार ३ परमाणु केन्द्रमा आक्रमण गरेर युद्धमा सहभागिता जनाएको छ । यी केन्द्र फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । यो अप्रेशनमा ७ बी–२ स्टेल्थ बम्ब...
दमास्कसको चर्चमा आत्मघाती बम विस्फोट, प्रार्थना गरिरहेका १९ जनाको मृत्यु

दमास्कसको चर्चमा आत्मघाती बम विस्फोट, प्रार्थना गरिरहेका १९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
असार ९, २०८२ दमास्कस — सिरियाको राजधानी दमास्कसमा आइतबारको प्रार्थनाको समयमा एक आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ । सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन् । प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको मुख्यत: क्रिश्चियन छिमेक ड्वेइला जिल्लामा रहेको मार एलियास चर्चमा विष्फोट भएको हो ।धेरै वर्षहरूमा दमास्कसको चर्चलाई लक्षित गरी गरिएको यो विस्फोट पहिलो पटक हो । जसले राजधानीमा सञ्चालन हुने स्लीपर सेलहरूको बारेमा नयाँ चिन्ताहरू जगाएको छ ।...
इरान–इजरायलबीच तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक

इरान–इजरायलबीच तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक

अन्तर्राष्ट्रिय
इरान–इजरायलबीच तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक असार ९, २०८२ इस्तानबुल — इजरायल र इरानबीच बढ्दो तनावकाबीच इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ । रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो । आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको कडा निन्दा गरेका छन् । कार्यक्रममा, टर्कीएका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा इजरायल समस्या बनेको बताए । यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभइ स्पष्ट रूपम...
रास्वपाको प्रश्न : मानव तस्करीको अपराधमा दुई ठूला दलको सरकार किन मौन

रास्वपाको प्रश्न : मानव तस्करीको अपराधमा दुई ठूला दलको सरकार किन मौन

Breaking News, राजनीति
असार ९, २०८२ काठमाडौँ — रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग दोहोर्‍याएको छ । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको पनि बताएको छ ।   प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपा सांसद शिव नेपालीले भिजिट भिसामार्फत मानव तस्करी भएको बताए । पार्टीको तर्फबाट बोलेका उनले सरकार र मन्त्री फेरिए पनि मानव तस्कर भने संगठित रूपमा अपराध गरिरहेको बताए । 'जनताको मुद्दा उठाउनु अपराध हो ? सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन् तर मानव तस्कर सधै उन्मुक्त किन हुन्छन् ? मानव तस्करीको जघन्य संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ,' नेपालीले भने, 'भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेच्ने अपराधमात्रै हैन मानवताको घोर अपमान हो । यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा संचालित देखिन्छ ...
राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

Breaking News
काठमाडौँ, ८ असार प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिस्कारका बीच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रयलसहित विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध गर्नुभयो । सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरी आर्थिक विधेयक पारित गरेर आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने भएकाले बैठक सञ्चालनको वातावरण बनाइदिन आग्रह गर्नुभयो । तर उहाँहरुले सभामुखको आग्रह मान्नुभएन । बैठकमा रास्वपाका अशिम शाहले ‘भिजिट भिसा’ प्रकरणमा तत्काल निष्पक्ष छानबिन नभएसम्म आफूहरुको विरोध जारी रहने बताउनुभयो । सदन ए...
राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब झिक्दै

राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब झिक्दै

Breaking News
असार ८, २०८२ काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार ६० अर्ब रुपैयाँ झिक्न लागेको छ ।   अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो । लामो समयदेखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तीमा दुई पटक पैसा झिक्दै आएको छ । सोही क्रममा आज ६० अर्ब रुपैयाँ राष्ट्र बैंकले झिक्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष...