Wednesday, April 22News That Matters

Author: review khabar

काठमाडौं उपत्यकामा लागु औषधको बिगबिगी छः आइजिपी थापा

काठमाडौं उपत्यकामा लागु औषधको बिगबिगी छः आइजिपी थापा

Breaking News
काठमाडौं, असार १२ प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उपत्यकामा लागुऔषधको बिगबिगी भएको बताएका हुन्। त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए। ‘काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ। अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेका छौं,’ उनले भने, ‘हामीले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा हामीले लागुऔषध विरूद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर जाँदैछौँ। सबैको ऐक्यवद्धता भए लागुऔषध दुर्व्यसन...
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

Breaking News, अन्तर्राष्ट्रिय
रासस काठमाडौं, असार १२ प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै  छन्। उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन्। प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ। प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग ...
इटालीमा गर्मीको लहर, प्रमुख शहरहरूमा उच्च स्वास्थ्य शतर्कता जारी

इटालीमा गर्मीको लहर, प्रमुख शहरहरूमा उच्च स्वास्थ्य शतर्कता जारी

Breaking News, अन्तर्राष्ट्रिय
असार १२, २०८२ इटाली — इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ । इटालीका अधिकारीहरूका अनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ । जनतालाई रोकथाम निर्देशिकाहरू पालना गर्न र अस्पताल वा राष्ट्रिय हेल्पलाइनमा कुनै पनि आपतकालीन अवस्थाको रिपोर्ट गर्न आग्रह गरेको छ । मंगलबार मध्य इटालीको फ्लोरेन्स र उत्तरपश्चिममा टुरिन जस्ता लोकप्रिय पर्यटकीय स्थलहरूसहित सात शहरहरूलाई ओरेन्ज शतर्कता अन्तर्गत राखिएको छ । आगामी दिनहरूमा अवस्था बिग्रने अनुमान गरिएको छ । पछिल्लो बुलेटिनअनुसार बुधबार १३ शहरहरू ओरेन्ज शतर्कता अन्तर्गत रहनेछन् । क्षेत्रीय अधिकारीहरूले बासिन्दा र पर्यटकहरूलाई विशेष चेतावनी पनि जारी गरेका छन् । मध्य इटालीको टस्कनीमा, तापक्रम ३७ देख...
युद्धमा भएको क्षतिबाट उस्किनका लागि इरानलाई तेल बेच्नु जरुरी छ, हामी रोक्दैनौं : ट्रम्प

युद्धमा भएको क्षतिबाट उस्किनका लागि इरानलाई तेल बेच्नु जरुरी छ, हामी रोक्दैनौं : ट्रम्प

Breaking News, अन्तर्राष्ट्रिय
असार १२, २०८२ काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नेदरल्यान्ड्समा नाटोको सम्मेलनका क्रममा इरानले युद्धमा बहादुरी देखाएको बताएका छन् । साथै इरानको तेल कारोबारलाई आफूले अब नरोक्ने बताएका छन् । उनले भने, ‘इरानले युद्धमा धेरै क्षति व्यहोर्नुपर्‍यो । त्यसबाट उस्किनका लागि इरानलाई तेल बेच्नु आवश्यक छ । यदि चीन इरानबाट तेल खरिद गर्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन ।’ उनले इरान र अमेरिकाबीच आगामी साता कुराकानी हुने पनि बताएका छन् । त्यसअघि मंगलबार नाटोको सम्मेलनका लागि जानेक्रममा उनले चीन अब इरानबाट तेल खरिद गर्नसक्ने बताएका छन् । साथै चीन अमेरिकाबाट पनि तेल खरिद गर्ने अपेक्षा व्यक्त गरेका छन् । यद्दपि व्हाइट हाउसका अधिकारीले इरानमाथि लागेका प्रतिबन्ध तत्काल नहटाइने स्पष्ट पारेका छन् । इरान–इजरायलबीच चलेको १२ दिनको युद्धपछि मंगलबार ट...
एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

Breaking News, अन्तर्राष्ट्रिय
असार १२, २०८२ रासस काठमाडौँ — पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले  बुधबार बताएका छन् । सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जनाएका छन् । अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरु खुला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ । अनुमानित दुई–तीन हजार व्यक्ति र करीब ३०० परिवारहरू निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताएका छन् । करिब ७० लाख अफगान शरणार्थीहर...
बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री

बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री

अर्थ, समाचार
काठमाडौँ, १० असार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताउनुभएको छ । “हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ,” प्रधानम...
रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

प्रदेश, फिचर
चन्द्रपुर (रौतहट), १० असार जिल्लाका १० वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर, गौर, राजदेवी, इशनाथ, गढीमाई, माधवनारायण, बौधीमाई, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका हुन् । जिल्लाको चन्द्रपुर नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब २१ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ । सोमबार चन्द्रनिगाहपुर बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आवका लागि रु एक अर्ब २१ करोड ५९ लाख ५१ हजार छ सय ४० बजेट प्रस्ताव गरेको हो । अधिवेशनमा नगर उपप्रमुख जयमाला चौधरीले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा नगरले विगत वर्षका अधुरा आयोजना सम्पन्न गर्नेमा जोड दिनुभयो । करिब रु छ करोडमा निर्माण भइरहेको शीतभण्डार आगामी वर्षभित्र सम्पन्न गर्नेगरी योजना ल्याइएको उहाँले जानकारी दिनुभयो । नगरलाई पूर्ण बालश्रममुक्त अभियान र बालविवाह...
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

Breaking News
काठमाडौँ, १० असार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गर्नुभएको छ । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ । उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता छ । मन्त्री खड्काले जुन २६ मा हुने ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’सम्बन्धी कार्यक्रमको उद्घाटनसत्रमा मन्तव्य राख्ने र सोही दिनका व...
७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अदालतमा सिफारिस

७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अदालतमा सिफारिस

Breaking News, अन्तर्राष्ट्रिय
असार १०, २०८२ अमेरिका — सन् २०२५ को सुरुवाती चार महिनामा ७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अध्यागमन अदालतमा सिफारिस गरिएको छ । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा बसोबास गर्दै आएको भन्दै उनीहरूलाई निष्कासन गर्ने प्रक्रिया टुंग्याउन अदालतमा सिफारिस गरेको हो । एक्जुकेटिभ अफिस फर इमिग्रेसन रिभ्यु (ईओआईआर) को तथ्यांकअनुसार अदालतमा सिफारिस हुनेमध्ये गत जनवरीमा २ सय ३५, फेब्रुअरीमा २ सय ३९, मार्चमा १ सय ९४ र अप्रिलमा १ सय जना छन् । मे यताको तथ्यांक सार्वजनिक भइसकेको छैन । यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) ले शरणार्थी वा बसोबासका लागि अघि बढाएको प्रक्रिया अस्वीकृत गरेमा, टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) समाप्त भएमा वा अध्यागमन स्टाटस नभएको खण्डमा निष्कासनका लागि अदालतमा सिफारिस गरिने प्रावधान ...
इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह

Breaking News, अन्तर्राष्ट्रिय, फिचर
 ९ असार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गर्नुभएको छ । तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। रुबियोले फक्स न्यूजसँग भन्नुभएको छ, “म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । खासगरी, इराक कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ होर्मुजको प्रयोग हुनेगर्छ र यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ ।” विश्लेषकहरूले इरानले वासिङ्टनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेट बन्द गर्न सक्ने बताएका छन्। विदेशमन्त्री रुबियोले भन्नुभयो, “यदि इरानले हर्मज मार्ग रोक्ने बाटो अपनायो भने यो अर्को भयानक गल्ती ...