Wednesday, April 22News That Matters

Author: review khabar

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

अन्तर्राष्ट्रिय
असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छिन् ।   सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी थिइन् । राजदूत बासले इजरायलका रहेका सबै नेपाली सुरक्षित रहेको बताएका थिए । आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो । पछिल्ला केही दिन इरा...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

Breaking News
२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ ।’
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

समाचार
काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बताएका छन् । पूर्वाधार विकास समिति र नेपाल पूर्वधार पत्रकार समाजको सहकार्यमा संघीय संसद् सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको 'नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी’ विषयक अन्तरक्रियमा उनले यस्तो बताएका हुन् ।   'संसदिय समितिहरु अनुगमन गर्न जाँदा केही न केही प्रभाव परेको छ,' सभापति सिंहले भने, 'दायाँबायाँ बाटो नभएको ठाउँमा पुल बनिरहेको छ । त्यसैले बजेट ल्याउँदा यो पार्टी र त्यो पार्टी भन्दा आवश्यकताका आधारमा योजना र कार्यक्रम छनोट गर्नुपर्छ ।' सिंहले आगामी आर्थिक वर्षको बजेट युवा शक्तिलई देशमा रोक्ने खालको नआएको समेत बताए । 'के कसरी युवालाई नेपालमै रोक्ने भन्ने खालका बजेट आएन, बरु तयारी वस्तु आयात गर्दा कम भन्सार तिर्नुपर्न र कच्चा पदार्थ ...
पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन

Breaking News
अर्घाखाँची — कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्री (पौड्याल) को निधन भएको छ । सोमबार बिहान ४ बजेतिर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।   शास्त्रीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनका दुई छोरा विदेशमा रहेका कारण उनीहरू आएपछि मात्रै दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् । वि.सं. १९९३ सालमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–८, निमडाँडामा जन्मिएका शास्त्री २०४८ र २०५१ सालको आमनिर्वाचनमा कांग्रेसबाट अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए । उनी उद्योग तथा श्रममन्त्री भएका थिए । शास्त्रीले २०१० सालतिर बनारसमा पढ्दादेखि नै कांग्रेस राजनीतिमा सक्रियता जनाएका थिए । भूमिगत अवस्थामा रहेर उनले राजनीतिक कमान्ड सम्हालेका थिए । शास्त्रीले गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्र...
प्रमुख प्रतिपक्ष बोल्दा रास्वपा सांसद वेलमा मौन

प्रमुख प्रतिपक्ष बोल्दा रास्वपा सांसद वेलमा मौन

Breaking News
असार २, २०८२ काठमाडौँ — प्रमुख प्रतिपक्ष दल माओवादीबाट शक्ति बस्नेतले बोल्ने क्रममा रास्वपा सांसदहरू सदनमा नाराबाजी रोकेर मौन बसेका छन् । सत्ता पक्षका सांसद बोल्दा वेलमा नाराबाजी गरेका उनीहरू प्रमुख प्रतिपक्षीका सांसद बोल्दा भने मौन बसेका हुन् । सत्ता पक्षसँग संसद् सञ्चालन र भिजिट भिसा प्रकरणको छानबिनमा सहमति भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले रास्वपा र आफूहरूबीच आरोपप्रत्यारोप नहुने बताएका थिए । सोमबार पनि विपक्षी दलहरू रास्वपा र राप्रपाको विरोध जारी रहे पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिए । उनले संसद् बैठक जबर्जस्ती सञ्चालन नगर्न सभामुखलाई आग्रह गरे । यसपछि बोलेक...
राप्रपा अध्यक्ष लिङ्देनको आरोप : सभामुखले भद्रगोल तरिकाले संसद् बैठक चलाउनुभयो

राप्रपा अध्यक्ष लिङ्देनको आरोप : सभामुखले भद्रगोल तरिकाले संसद् बैठक चलाउनुभयो

Breaking News
असार २, २०८२ काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरले संसदीय परम्पराविपरीत प्रतिनिधिसभा बैठक अगाडि बढाएको आरोप लगाएका छन् । सोमबार संसद् बहिष्कारपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले संसदीय मर्यादा र परम्पराविपरीत बैठक अगाडि बढाएको बताएका हुन् ।   भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने राप्रपा र रास्वपाको माग यथावत छ । यद्यपि यही माग राख्दै आएको प्रमुख प्रतिपक्षी माओवादीले भने सत्ता पक्षसँग सहमति गरी बैठकमा सहभागी भएको छ । राप्रपाले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । 'बजेटसम्बन्धी छलफलमा सहभागी हुने वातावरण नै सभामुखले बनाउनु भएको छैन । कुनै पनि सांसदले उठेर आफ्नो असहमति जनाइरहेका बेला संसद् अवरुद्ध मानिन्छ । अहिले दुइटा महत्त्वपूर्ण पार्टीहरूले भिजिट भिसा प्रकर...
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

Breaking News
सोमबार, ०२ असार २०८२ काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ । जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए । उनलाई सकुशल उद्धार गरिएको काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए...
विमान दुर्घटनाले स्तब्ध र दुःखी छु- मोदी

विमान दुर्घटनाले स्तब्ध र दुःखी छु- मोदी

अन्तर्राष्ट्रिय
बिहीबार, जेठ २९, २०८२ काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले स्तब्ध र दुःखी भएको बताएका छन् । मोदीले सामाजिक सञ्जालमा लेख्दै यो दुर्घटना हृदयविदारक रहेको र यसलाई शब्दमा वर्णन गर्न नसकिने बताएका छन् । उनले भनेका छन्- 'यो हृदयविदारक छ, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन । यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ । म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु ।' एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । लन्डन जादै गरेको सो विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात ...
स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

समाचार
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, २९ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उहाँको भनाइ थियो । उहाँले स्वास्थ्य, शिक्षा र अन्य विषयमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनःविचार गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुुजी पन्तले शैक्षिक सुधार र रुपान्तरणका लागि प्रधानमन्त्...
दाहाल-नेपाल भेटपछि विपक्षी दलको बैठक

दाहाल-नेपाल भेटपछि विपक्षी दलको बैठक

Breaking News 1
जेष्ठ २९, २०८२ काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीका नेता पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । दुवै विपक्षी नेताबीच संसद्‍मा जारी अवरोधका विषयमा छलफल भएको थियो ।   छलफल सकिएपछि अहिले संसद् भवनमा विपक्षी दलको बैठक बसिरहेको छ । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग राख्दै आएका छन् । बजेट प्रस्तुतबाहेक जेठ १३ देखि प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ ।...