Tuesday, April 28News That Matters

Author: review khabar

विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

फिचर
गण्डकी, २९ जेठ नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । परियोजनाको सम्झौता पाँच वर्ष रहेकामा हाल एक वर्ष थप भएको उहाँको भनाइ छ । तीन सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ पुगेको छ भने अन्य दुई सडकको प्रगति न्यून देखिएको छ । पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ५५ प्रतिशत र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको ४० प्रतिशत पुगेको इन्जिनियर गौतमले बताउनुभयो । विसं २०७...

मान्छेले अन्तरिक्षमा सम्भावना खोजिरहेका छन्, हामी देशभित्रै किन नखोज्ने: अर्थमन्त्री

Breaking News
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताएका छन्। बिहीबार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताएका हुन्। ‘मान्छेले अन्तरक्षिमा सम्भावना खोजिरहेका छन्। हामीले देशभित्रैको सम्भावनालाई खोजि किन नगर्ने ? त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ,' उनले भने। उनले त्यही आवश्यकतामा केन्द्रित रहेर बजेट ल्याइएको बताए। 'त्यही भएर अहिले सरकारले यो विषय महत्वका साथ अघि सारेको छ। हामी हाम्रो जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छौं ? कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको छ। नयाँ प्रकारको इन...
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छग : मौसम विज्ञान विभा

एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छग : मौसम विज्ञान विभा

Breaking News
बिहीबार, २९ जेठ २०८२ काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मितिभन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन् । केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् । उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् । कँडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् । उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्न...
लोसपाका महासचिवले स्थापना गरे ‘सहिद सन्तति वृत्ति कोष’

लोसपाका महासचिवले स्थापना गरे ‘सहिद सन्तति वृत्ति कोष’

Breaking News
 बिहीबार, २९ जेठ २०८२ काठमाडौँ । ‘सुदृढ तथा शिक्षित समाज निर्माणमा हातेमालो गरौँ’ भन्ने मूल नारासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव मनिष मिश्रले ‘सहिद सन्तति वृत्ति कोष’ स्थापना गरेका छन् । लोसपाका प्रवक्ता समेत रहेका महासचिव मिश्रले आफ्नो जन्मदिनको उपलक्ष्यमा बुधवार सो कोष घोषणा गरेका हुन् । उनले सो कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेका छन् । मधेस आन्दोलनका सहिदहरूका सन्तानहरूको शैक्षिक अवसरमा सहयोग पुर्याउने उद्देश्यले सो कोषको घोषणा गरेको बताउँदै उनले सो कोषका लागि आफूले ५१ हजार रुपैयाँ प्रारम्भिक योगदानसहित अभियानको सुरुवात गरेको बताए । सो कोष मधेस आन्दोलनमा सहादत प्राप्त वीर परिवारका बालबालिकाहरूको शैक्षिक उत्थान र सामाजिक समावेशीकरणमा केन्द्रित हुनेछ । कोष कानुनी परामर्शमा आधारित विशेष कार्यदलद्वारा पारदर्शी रूपमा सञ्च...
संसदीय समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता

संसदीय समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता

सुरक्षा र कुटनिती
जेष्ठ २९, २०८२ काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । नेपाल प्रहरी र बेलायती प्रहरीबीचको सम्बन्ध बढाउनेसम्बन्धी विषयमा राजदूत फेनले चासो राखेका थिए । नेपाल र बेलायतबीच आपसी सहयोग र सम्बन्धका विषयमा पनि छलफल भएको छ । समितिमा छलफल भई निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकामा समितिलाई उनले बधाई दिए । समितिमा आएको सुरक्षा निकायसम्बन्धी विधेयकका बारेमा पनि राजदूत फेनले चासो राखे ।...
सहकारी प्रकरण : देवकुमार नेपालीको घरजग्गा लिलाम नगर्न अदालतको आदेश

सहकारी प्रकरण : देवकुमार नेपालीको घरजग्गा लिलाम नगर्न अदालतको आदेश

Breaking News
जेष्ठ २९, २०८२ बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको घरजग्गा तत्काल लिलामी नगर्न उच्च अदालत पोखरा, बागलुङ इजलासले बैंकलाई आदेश दिएको छ ।   राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाउँमा अदालतले बुधबार घरजग्गा तत्काल लिलाम नगर्न आदेश जारी गरेको हो । आदेशमा निजको घरजग्गाहरु लिलाम गर्ने कार्य नगर्नू/नगराउनू भन्ने उल्लेख छ । उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य भइ काम गर्ने न्यायाधीश नातीबाबु लामिछानेको एकल इजलासले उच्च अदालत नियमावली, (२) ७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी भएको हो । केही समयअघि नेपालीको बागलुङ बजारमा रहेको घरजग्गा बैंकको लिलामी प्रक्रियामा सहभागी भएर बागलुङ नगरपालिका ११ का रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका थिए । उक्त खरिद विरुद्ध अदालतमा निषेधाज्ञा र उत्प्रेषण युक्त परम...
साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री राणा जेष्ठ

साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री राणा जेष्ठ

Breaking News
जेष्ठ २९, २०८२   काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल-भारतबीचमा विभिन्न क्षेत्रमा हुन सक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन्। नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राणाले  नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीब्रता दिई कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन्। नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको प्रसंग उल्लेख गर्दै उनले भनिन्, 'म एउटा यस्तो भविष्यको प्रतिक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा प...
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

Breaking News
लुम्बिनी, २९ जेठः राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताउनुभयो । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् । चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै रु तीन करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अम...
सुनको मूल्य निरन्तर उकालोतिर

सुनको मूल्य निरन्तर उकालोतिर

समाचार
काठमाडौँ, २९ जेठः गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ । गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...
मस्कले ‘फिर्ता लिए’ ट्रम्पविरोधी अभिव्यक्ति

मस्कले ‘फिर्ता लिए’ ट्रम्पविरोधी अभिव्यक्ति

अन्तर्राष्ट्रिय
जेष्ठ २८, २०८२ काठमाडौँ — राष्ट्रपति ट्रम्प र एलोन मस्कले गत साता सामाजिक सञ्जालमा एकअर्काको कडा आलोचना गरे । ट्रम्पले आफ्ना पूर्व सल्लाहकारसँगको सम्बन्ध सुधार गर्न कुनै चासो नभएको पनि बताए ।   इलन मस्कले बुधबार बिहान आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा आफ्ना केही पोस्ट र टिप्पणीहरूमा ‘पश्चाताप’ गरेका छन् । मस्कले राष्ट्रपति ट्रम्पका विरोधमा श्रृंखलाबद्ध रूपमा एक्समा लेखेपछि ट्रम्पले पनि त्यसको कडा जवाफ दिएका थिए । मस्कले बुधबार आफ्नो प्लेटफर्ममा ट्रम्पका बारेमा उनका केही पोस्टहरू ‘धेरै टाढा पुगेको’ उल्लेख गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति मस्क, एक समय राष्ट्रपतिका निकटतम सल्लाहकारहरूमध्ये एक थिए, जसले सरकारी खर्चका साथै संघीय कर्मचारी घटाउने प्रयास ‘डज’को सुपरिवेक्षण गरिरहेका थिए । तर, टेस्ल...