Thursday, April 30News That Matters

Author: review khabar

पाँच करोड राजस्व सङ्कलन

पाँच करोड राजस्व सङ्कलन

Breaking News
रासस शनिबार, २४ जेठ २०८२ सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।सशस्त्र प्रहरी बलले चालु आवको पहिलो १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले राससलाई जानकारी दिए । चालु आवको साउनमा रु ४७ लाख ३४ हजार ४६९, भदौमा रु ६१ लाख पाँच हजार ५०२, असोजमा रु ३२ लाख ९ हजार ५३६, कात्तिकमा रु ३६ लाख ३७ हजार २०७, मङ्सिरमा रु ५२ लाख ९१ हजार ५६४, पुसमा रु ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ । त्यसैगरी, फागुनमा रु ४२ लाख ९५ हजार ६७२, चैतमा रु ३४ लाख ५५ हजार ५०५, वैशाखमा रु ४७ लाख एक हजार ३८७ र जेठमा रु ३५ लाख ६५ हजार ५५० गरी जम्मा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन भएको छ ।...
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने

क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने

Breaking News
शनिबार, २४ जेठ २०८२ काठमाडौँ । जुन १५ देखि १७ सम्म क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा आयोजना हुने जी –७ ( सात राष्ट्रहरुको समूह) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भएका छन्।काठमाडौँ । जुन १५ देखि १७ सम्म क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा आयोजना हुने जी –७ ( सात राष्ट्रहरुको समूह) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भएका छन्। यसअघि भारतीय प्रधानमन्त्रीलाई सम्मेलनमा आमन्त्रण नगरिएको विषयले चर्चा पाएको थियो । कांग्रेस नेता जयराम रमेशले जुन ३ मा सामाजिक सञ्जाल ‘एक्स’ एक पोस्ट गर्दै भारतीय प्रधानमन्त्रीलाई नबोलाइएकोमा यो ठुलो कूटनीतिक गल्ती भएको बताएका थिए ।...
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण

समाचार
रासस शनिबार, २४ जेठ २०८२ गुल्मी। बडिगाड गाउँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यति बेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँपालिकामा जन्मिएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् छ ।अर्यालले चार रोपनी जग्गामा ३ सय पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दै आएका छन् । उनको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार दुई सय ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट गत वर्ष २० क्विन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताए । यस पटक ३० क्विन्टल उत्पादन हुने उनको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उनले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थालेका छन् । अर्यालले बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा उत्पादन गरेका छन् । उ...
भारतबाट फर्केका पाँच जनामा कोरोनाको संक्रमण

भारतबाट फर्केका पाँच जनामा कोरोनाको संक्रमण

Breaking News
जेष्ठ २३, २०८२ रासस कञ्चनपुर — गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको शुक्रबार ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन् ।   सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शङ्कास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए । संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उनको भनाइ ...
राज्यका हरेक निकाय बलियो हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

राज्यका हरेक निकाय बलियो हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

Breaking News
विराटनगर, २३ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका हरेक निकाय बलियो हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) कोशी प्रदेश कार्यालय विराटनगरको निरीक्षण एवं अवलोकनपछि उहाँले भौतिक संरचनामा निकै सुधार भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले रासस एक जवाफदेही सञ्चार माध्यम भएकाले यसले प्रवाह गर्ने सेवा छिटोछरितो हुनुपर्ने र रासस बलियो भएमा अन्य सञ्चार माध्यम पनि बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समाचारका मुहानको रुपमा रहेको राससले अझ मेहनत गर्नुपर्छ ।” समावेशी चरित्र बोकेको राससले आफूलाई अझ प्रभावकारी बनाउनुपर्ने निर्देशन दिँदै विश्वसनीय स्रोतको उपयोगले समाचारको महत्व बढ्ने बताउनुभयो । राससका महाप्रबन्धक सिद्धराज राईले राससको भौतिक सम्पत्तिलाई व्यावसायिकीकरण गर्न सकेमा आत्मनिर्भर बन्ने र सरकारलाई आर्थिक भार कम हुने बताउनुभयो ।...
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

Breaking News
धरान (सुनसरी), २३ जेठ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताउनुभएको छ । धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस अग्रमोर्चामा उभिएको धारणा राख्नुभयो । राजनीति उक्सावट लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्य, बहस सहमतिदेखि नीति नै कांग्रेसको राजनीति आधार हो । राजनीतिमा भावना हुन्छ तर भावनालाई हामीले बेचेर राष्ट्र बन्दैन । परिवर्तनको प्रक्रिया शान्त...
मधेश प्रदेश भन्दा ‘जानकी’ उपयुक्त हुन्थ्यो : देउवा

मधेश प्रदेश भन्दा ‘जानकी’ उपयुक्त हुन्थ्यो : देउवा

Breaking News
मधेश प्रदेश भन्दा ‘जानकी’ उपयुक्त हुन्थ्यो : देउवा २३ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नामा ‘जानकी प्रदेश’ नामकरण गर्दा उपयुक्त हुने बताएका छन् । जनकपुरधाममा नवनिर्मित मैथिली विकास कोषको भवन उदघाटन गर्दै उनले मिथिलाको प्राचिन राजधानी र जानकीको जन्मथलो भएकाले यसको नाम जानकी प्रदेश हुँदा उपयुक्त हुने उनको भनाइ छ । ‘राजा जनकको प्राचिन राजधानी, जानकीको जन्मथलो र भगवान रामको ससुराली भएकाले यो धार्मिक र बहुसाँस्कृतिक हो । नेपाल भारतको सम्बन्धलाई यसले प्रगाढ बनाएको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘मैले त भनेको थिएँ यो प्रदेशको नाम मधेश भन्दा जानकी प्रदेश राख्दा उपयुक्त हुन्छ भनेर ।’ उनले मैथिली विकास कोषले निर्माण गरेको भवन र उसको कार्यक्रम नयाँ पुस्ताका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्...
किभमा रुसको ड्रोन र मिसाइल आक्रमण, ३ को मृत्यु

किभमा रुसको ड्रोन र मिसाइल आक्रमण, ३ को मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय
किभमा रुसको ड्रोन र मिसाइल आक्रमण, ३ को मृत्यु जेष्ठ २३, २०८२ काठमाडौँ — युक्रेनको राजधानी किभमा रुसले शुक्रबार बिहान ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण गरेको छ ।आक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । विभिन्न सञ्चारमाध्यमका अनुसार राजधानी किभसँगै देशको उत्तर–पश्चिममा पर्ने लुस्क सहर र टर्नोपिल क्षेत्रलाई पनि लक्षित गरेर हवाई आक्रमण गरिएको थियो । रुसको रक्षा मन्त्रालयले आक्रमणको जिम्मेवारी लिँदै किभको आतंककारी गतिविधिको बदलामा आक्रमण गरिएको जवाफ दिएको छ । मन्त्रालयका अनुसार आक्रमणमा सैन्य ठाउँलाई लक्षित गरिएको हो । रुसी सशस्त्र बलले बिहीबार राति हावा, समुद्र र जमिनबाट प्रहार गरिने लामो दुरीका हतियार तथा ड्रोन प्रयोग गरेर ठूलो मात्रामा हमला गरेको रक्षा मन्त्रालयले जनाएको हो । युक्रेनले रुसी ‘एयरबेस’हरूमा हालै गरेका आक्रमणको जव...
विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

Breaking News
काठमाडौँ, २३ जेठ वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्ने ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गेङ्गबु बस्ने ३४ वर्षीय मोहन पोखरेल पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विदेशमा आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितहरूले दिएका उजुरीका आधारमा निजहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेकामध्ये बरुवालले युके पठाउने भन्दै सात जनाबाट रु ३२ लाख ३५ हजार र पोखरेलले एक जनालाई पोल्याण...
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न

नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न

Breaking News
काठमाडौँ, २३ जेठः राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए । आजको बैठकमा समिति सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको र अर्को बैठकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष र पूर्वअध्यक्ष तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित सङ्गठनका पदाधिकारीसँग छलफल गरिने बताउनुभयो । बैठकमा गृहमन्त्री रमेश लेखकले समितिमा छलफलमा रहेको उक्त विधेयकलाई चाँडो टुङ्ग्याएर सदनमा पठाउन आग्रह गर्नुभयो । “यो अत्यन्त संवेदनशील विषय हो, विधेयकलाई चाँडो पारित गरेर जाऔँ, नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गनृ लागौँ”, उहाँले भन्नुभयो । ...