Thursday, April 30News That Matters

Author: review khabar

प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली पक्राउ

प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली पक्राउ

अन्तर्राष्ट्रिय
जेष्ठ २५, २०८२ तस्बिर : तेलंगाना टुडे काठमाडौँ — प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली पक्राउ परेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या आरोपमा ३० वर्षीय विजय टोपा पक्राउ परेका हुन् । तेलंगाना टुडेका अनुसार बोहरा र टोपा 'लिभ-इन रिलेसनसिप' मा थिए । तेलंगाना टुडेका अनुसार टोपाले हत्या गरेर बोहराको शव ट्रली ब्याग(सुटकेस)मा फ्याँकेका थिए । सोही ट्रली ब्यागका आधारमा प्रहरी टोपासम्म पुगेको हो । प्रहरीका अनुसार दुवै जनाको भेट फेसबुकमार्फत भएको थियो । बोहरा विवाहित हुन् । उनका दुई सन्तानसमेत रहेको तेलंगाना टुडेले जनाएको छ । उनी यसै वर्षको अप्रिलदेखि टोपासँग हैदराबादमा बस्न आएकी थिइन् । बोहरा गर्भवती भएपछि हैदराबादकै एउटा भाडाको घरमा बस्ने उनीहरूबीच झगडा भएको थियो । टोपाले गर्भपतन गराउन दबाब दिँदै आएको र नियमितजसो झगडा हुने पनि समाचारमा ...
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

Breaking News
रासस काठमाडौं, जेठ ८ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ। जनकपुरका २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अंगको पुनःनिर्माण गरिएको हो। अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो। त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो। अस्पतालका प्रवक्ता तथा सहायक प्राध्यापक डा. गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए। 'लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध...
चौथो दिनमा फेला पर्‍यो सशस्त्रका गोताखोर साउदको शव

चौथो दिनमा फेला पर्‍यो सशस्त्रका गोताखोर साउदको शव

Breaking News
काठमाडौं, जेठ २५ सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ। आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्‍बर ढोका नजिकैबाट गोताखोर साउदको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो। साउद बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो। उनको खोजीमा आइतबार बिहान देखि ३ जना डिएसपीको कमाण्डमा ११ जना गोताखोरसहित ६५ जना परिचालन भएको थियो। साउदसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो। डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो। बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्...
‘बजेट पारिदिने’ भन्ने संवाद बाहिरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने- कारबाही गर्छौं

‘बजेट पारिदिने’ भन्ने संवाद बाहिरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने- कारबाही गर्छौं

प्रदेश
दाङ,  जेठ २५ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणका क्रममा गतल मनसाय र उद्देश्यले संवाद गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। कैलालीमा पछिल्ला केही दिनदेखि निश्चित प्रतिशत रकम वा कमिसन दिएमा भनेजति बजेट पारिदिने भन्ने खाले अडिओ बाहिरिएको छ। त्यस विषयमा बोल्दै आइतबार मुख्यमन्त्री शाहले गलत काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारले शून्य सहनशीलताको नीति लिएको बताए। गलत मनसाय राखेर संवाद सार्वजनिक गर्नेलाई मुख्‍यमन्त्री शाहले सचेत गराएको उनका प्रेस संयोजक डम्मरबहादुर बमले जानकारी दिए। ‘आज मुख्यमन्त्रीज्यूले यदी कसैले त्यस्तो गलत संवादको मनसाय बनाएको छ भने त्यो मनसाय र दृष्टिकोण त्याग्न अनुरोध गर्नु भएको हो,’ उनले भने, ‘बजेट निर्माणका क्रममा बाहिर आएका केही कुराहरू बजा...
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म

४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म

Breaking News, अर्थ
आइतबार, २५ जेठ २०८२ काठमाडाैँ । सरकारले ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सो बराबरको छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ । यसरी छुट पाउने कम्पनीहरुमा सबैभन्दा नेपाल विद्युत् प्राधिकरण सबैभन्दा अगाडि छ । प्राधिकरणले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको छ । त्यस्तै, नेपाली सेनाले ७४ करोड ६८ लाख, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएका छन् । त्यस्तै, चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुरकम्पनीले २० करोड, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख रुपैयाँ रराजश्व छुट पाएका छन् । त्यस्तै, छुट पाउने सूचीमा रुपन्देहीको केएसएम बसिर मोहम्मद एण्ड सन्स, सिमिजु कोअपरेसन, कोकन रेल्वे कर्पोरेसन लगायत समेत छन् ।...
तीन दलका प्रमुख सचेतकसँग सभामुखले गरे छलफल

तीन दलका प्रमुख सचेतकसँग सभामुखले गरे छलफल

Breaking News
जेष्ठ २५, २०८२ काठमाडौँ — सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् । सभामुखले सिंहदरबारमा आइतबार बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।   सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक-पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे । प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए । सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमु...
नागढुंगा-नौबिसे सडक फेरि ५ दिन बन्द हुने

नागढुंगा-नौबिसे सडक फेरि ५ दिन बन्द हुने

Breaking News
जेष्ठ २५, २०८२ काठमाडौँ — नागढुंगा-नौबिसे सडकको पिप्लामोड खण्ड सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० देखि आज (आइतबार) सम्म दैनिक साढे चार घण्टा बन्द हुँदै आएको थियो । दैनिक बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरेर सडक निर्माण तथा सुधारको काम भइरहेको थियो ।   उक्त काम नसकिएपछि थप पाँच दिन त्यही समय राखेर सवारी आवागमन बन्द गरी काम गर्न लागिएको नागढुंगा-मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । अब भने थपेको समयभित्र काम सकिने उनको भनाइ छ । ‘अब नागढुंगा चेकपोस्टबाट १ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ,’ उनले भने, ‘झ्याप्ले खोलामा १ सय मिटरमा कालोपत्र गरिँदैन, नागढुंगा–सिस्नेखोला सुरुङबाट काठमाडौंतर्फ आउने सडक २.२ किमि कालोपत्र गरिसकिएको छ ।’ उक्त अवधिभर सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । आयोजनाले...
भारतमा फैलिँदै कोरोना, नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

भारतमा फैलिँदै कोरोना, नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking News
जेष्ठ २५, २०८२ काठमाडौँ — भारतमा कोरोनाको संक्रमण दर तीव्र रुपमा बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर दुई सातादेखि पूर्वतयारी गरिरहेको बताए ।   उनले भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताए । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिस देशभित्र वा देश बाहिर जहाँ भए पनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलता देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको प्रवक्ता बुढाथोकीले बताए । 'भारतमा भएको संक्रमण १०/१५ दिनमा नेपालमा आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतया...
अमेरिकाबाट ‘डिपोर्ट’मा परेका नेपाली चार्टर फ्लाइटमार्फत आज आइपुग्दै

अमेरिकाबाट ‘डिपोर्ट’मा परेका नेपाली चार्टर फ्लाइटमार्फत आज आइपुग्दै

Breaking News
जेष्ठ २५, २०८२ काठमाडौँ — अमेरिकाबाट डिपोर्टमा परेका करिब ४० नेपाली आज दिउँसो नेपाल आइपुग्ने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार डिपोर्टमा परेका अन्य देशका नागरिकलाई छाडेर जहाज नेपाल आइपुग्न लागेको हो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका प्रवक्ता अन्जन न्यौपानेले नेपाली रहेको चार्टर विमान दिउँसो ४ बजेर १५ मिनेट हाराहारीमा नेपाल आइपुग्ने तालिका रहेको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको दोस्रो कार्यकाल सम्हालेयता १४० जना नेपाली यसअघि नै अमेरिकाबाट डिपोर्टमा परिसकेका छन् । फागुन तेस्रो साता पनि अमेरिकाले चार्टर विमानमार्फत ८ नेपाली फर्काएको थियो । फर्किएकामध्ये केहीले मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको साेधपुछमा आफूहरु १२ वटा देशका सीमा अवैध रुपमा पार गरेर अमेरिका पुगेको बताएका थिए । ट्रम्पको दोस्रो कार...
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ विरुद्ध साढे ३३ करोडको भ्रष्टाचार मुद्दा

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ विरुद्ध साढे ३३ करोडको भ्रष्टाचार मुद्दा

फिचर
जेष्ठ २५, २०८२ काठमाडौँ — नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी र पौडेलसहित १८ विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ । त्यस्तै बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।...