भिजिट भिसा प्रकरणले संसद्मा गतिरोध कायमै : बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
भिजिट भिसा प्रकरणले संसद्मा गतिरोध कायमै : बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ
दलहरूबीच सहमति नजुट्दा मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । यसअघि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । राष्ट्रिय सभा बैठक भने चलिरहेको छ ।
भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूले अडान राखेपछि संसद्मा गतिरोध देखिएको हो । मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बसेको विपक्षी दलको बैठकले छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि सभामुखले विपक्षी र सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
संसद्को अवरोध हटाउन सत्तारूढ ...









