Thursday, April 30News That Matters

Author: review khabar

माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने

माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने

Breaking News
काठमाडौँ — संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् ।   संसद् भवन नयाँबानेश्वरमा आज बसेको विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिए । श्रम ऐन, २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन आयोग बनाउन प्रतिपक्षी दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी) को बैठकले यस्तो निष्कर्ष निकालेको उनले सुनाए । बैठकमा उक्त प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता ...
नेपालमाथि भ्रष्टाचार मुद्दा, दाहाल भन्छन् : ओलीको प्रतिशोधको गन्ध आयो, अख्तियारमाथि पनि प्रश्न

नेपालमाथि भ्रष्टाचार मुद्दा, दाहाल भन्छन् : ओलीको प्रतिशोधको गन्ध आयो, अख्तियारमाथि पनि प्रश्न

Breaking News
जेष्ठ २३, २०८२ काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले मुद्दा चलाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् ।   शुक्रबार संसद्‍ भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले मुद्दा दर्ता भए पनि अदालतले सफाइ दिनेमा स्वयं नेपाल र आफू पनि विश्वस्त रहेको बताएका हुन् ।   पहिले मन्त्रिपरिषद्का निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर पन्छिएको अख्तियारको पछिल्लो कदमले प्रश्न पनि उब्जिएको दाहालले बताएका छन् । 'स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नु भएको छ, उहाँले अदालतप्रति पनि भरोसा देखाउनु भएको छ । अदालतले न्याय गर्छ भन्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ । छिट्टै सफाइ पाएर फर्किन्छु भन्ने उहाँले विश्वास व्यक्त...
एक-दुई दिनमै भिजिट भिसा प्रकरणको सकारात्मक ल्यान्डिङ हुन्छ : अध्यक्ष दाहाल

एक-दुई दिनमै भिजिट भिसा प्रकरणको सकारात्मक ल्यान्डिङ हुन्छ : अध्यक्ष दाहाल

Breaking News
जेष्ठ २३, २०८२ काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणको एक-दुई दिनमै 'सकारात्मक ल्यान्डिङ' हुने बताएका छन् । शुक्रबार संसद्‍ भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले यस प्रकरणमा सरकारबाट भरपर्दो छानबिनको प्रतिबद्धता आए सदन चल्न सक्नेमा विपक्षी दलहरू सहमत भएको बताएका हुन् ।     'भरपर्दो छानबिन गर्ने गरी सरकारको प्रतिबद्धता आउन पर्‍यो भन्ने विपक्षी दलहरूको बैठकमा कुराकानी भयो,' अध्यक्ष दाहालले भने, 'एक दुई दिनभित्र यो विषयको सकारात्मक ल्यान्डिङ हुन्छ ।'त्यस्तै यस घटनामा विपक्षी दलहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने पनि उनले बताए । छानिबन समिति कस्तो बनाउने भन्ने विषयमा भने एकमत नरहेको उनको भनाइ छ । 'सत्ता पक्ष छानबिन समिति बनाउनेमा सकारात्मक नै देखिन्छ । संसदीय समिति बनाउने कि पू...
माओवादी मधेस संसदीय दलका नेता साहद्वारा पदबाट राजीनामा

माओवादी मधेस संसदीय दलका नेता साहद्वारा पदबाट राजीनामा

Breaking News
धनुषा मङ्गलबार, २० जेठ २०८२। नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबारको भेटपछि संसदीय दलको नेताबाट राजीनामा दिएको माओवादी प्रदेशसभा सदस्य युवराज भट्टराईले बताए । अनैतिक गतिविधि गरेको आरोप लागेपछि उनले राजीनामा दिएको एक सांसदले बताए ।...
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने

गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने

Breaking News
मङ्गलबार, २० जेठ २०८२काठमाडौँ । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा  उक्त रिटमाथि पेसी तोकिएको थियो । उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औँ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको हो । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि जेठ १४ गते सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।...
प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर बन्नुपर्छ: विश्वप्रकाश

प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर बन्नुपर्छ: विश्वप्रकाश

Breaking News
काठमाडौँ ।मङ्गलबार, २० जेठ २०८२ मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरूले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने बताएका हुन् । भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सवैमाथि छानबिन हुनुपर्ने उनले बताए । शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वाभाविक रूपमा पद त्याग गर्नुपर्ने भए पनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख गरे । त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी नै अप्ठेरोमा परेको बताए । मंगलबार दलहरूबिचको छलफलमा प्रतिपक्षी दलले राजीनामा भन्दा पनि छानबिन समिति गठन गर्नुपर्नेमा ज...
राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी

राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी

Breaking News
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परे लगत्तै निमित्त प्रमुखको जिम्मेवारी महानगर प्रहरी उपरीक्षक (एसपी) विष्णु प्रसाद जोशीले पाएका छन् । मङ्गलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् । महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित जोशी काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत रहेका थिए । उनले आफूलाई निमित्तको जिम्मेवारी दिएको जानकारी आएको बताए ।...
‘राइड सेयरिङलाई व्यवस्थित बनाऔं, कुन चढ्ने व्यक्तिगत अधिकार हो’

‘राइड सेयरिङलाई व्यवस्थित बनाऔं, कुन चढ्ने व्यक्तिगत अधिकार हो’

समाचार
२० जेठ, काठमाडौं । सांसदहरूले राइड सेयरिङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले राइड सेयरिङलाई व्यवस्थित बनाएर अघि बढ्न सरकारलाई दबाब दिएका हुन् । उनीहरूले निश्चित कानुन बनाएर व्यवस्थित गर्ने कुरामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक काम गर्न सुझाव दिए । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिन्डिकेट अन्त्य गर्ने भनेर लागिरहँदा पुनः स...
सरकारले संविधान संशोधनको मुख्य वाचा बिर्सियो : गगन थापा

सरकारले संविधान संशोधनको मुख्य वाचा बिर्सियो : गगन थापा

Breaking News
२० जेठ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गर्ने वाचा कांग्रेस-एमाले गठबन्धन सरकारले भुलेको बताएका छन् । कांग्रेस र एमाले सरकार चलाउन मस्त हुँदा संविधान संशोधनको मुख्य वाचा नै बिर्सिएको उनको भनाइ छ । बाँके क्षेत्र नम्बर–२ को सम्मेलनलाई मंगलबार सम्बोधन गर्ने क्रममा थापाले संविधान संशोधनका लागि तत्काल कार्य प्रारम्भ गर्नुपर्ने उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा रहेका कमजोरी सुधार्ने कांग्रेसले जिम्मा लिएर नागरिकलाई भन्न सक्नुपर्ने उनले बताए । ‘कांग्रेसले नागरिकलाई भन्नुपर्दछ, बाटो खराब होइन । हामीले रोजेको नयाँ बाटो हो । बाटोमा चलिरहेका गाडीहरूमा समस्या छ,’ थापाले भने, ‘गाडीलाई चालकले ठीक तरिकाले चलाइरहेको छैन भने चालकलाई बदलिदिनु पर्दछ ।’ गाडीको चालक परिवर्तन गर्न नखोजेर बाटै नयाँ खोज्नुतिर लाग्न नहुने उनले बताए । यही व्य...
पाकिस्तानमा १७ वर्षीया टिकटकरको हत्या

पाकिस्तानमा १७ वर्षीया टिकटकरको हत्या

Breaking News
      पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफको हत्या भएको छ । सोमबार इस्लामाबादस्थित घरमै गोली हानेर उनको हत्या गरिएको हो । बीबीसीका अनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले गोली हानी सनाको हत्या गरेका हुन् । सनाकी आमाले प्रहरी स्टेसनमा दिएको उजुरीअनुसार उनको छातीमा दुईवटा गोली लागेको थियो । पाकिस्तानमा टिकटकरको हत्या भएको यो पहिलो घटना होइन । यसअघि पाकिस्तानको पञ्जाबमा टिकटकर इकरा आजमको आफन्तले नै हत्या गरेको समाचार सार्वजनिक भएको थियो । सनाको स्थायी घर खैबर पख्तूनख्वा प्रान्तको चित्राल जिल्ला हो तर उनी केही समयदेखि परिवारसँग इस्लामाबादमै बस्दै आएकी थिइन् । टिकटकमा उनलाई ८१ हजारले पछ्याउँछन् । सोमबार मात्र उनले आफ्नो जन्मदिनको भिडियो इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।...