Saturday, May 2News That Matters

Author: review khabar

कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

Breaking News
धनकुटा, १७ जेठ आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ । बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिनुभयो । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिनुभयो । सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ । चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ ।...
माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

Breaking News
भद्रपुर (झापा) १७, जेठ झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । “माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो”, अध्यक्ष चाम्लागाईले भन्नुभयो, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।” यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ । ---...
बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

समाचार
खोटाङ, १७ जेठ : खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने विश्वास गरिएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी सरकारले यही जेठ–१५ गते प्रस्तुत गरेको बजेटमा समावेश गरेको हो । एमाले नेता विशाल भट्टराईले भन्नुभयो, “दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा मुआब्जाका लागि पटक–पटक छलफल भए पनि बजेट अभावका कारण निर्धारण हुन सकेको थिएन । यो पटक सरकारले बजेटमा आयोजनालाई समावेश गरेको छ । अब मुआब्जा निर्धारण गरेर जग्गाधनीलाई वितरण गर्नेगरी काम अघि बढ्छ । यो जिल्लावासीको लागि खुस...
सन्दर्भ विश्व धूम्र्रपानरहित दिवस : धूम्र्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

सन्दर्भ विश्व धूम्र्रपानरहित दिवस : धूम्र्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

समाचार
काठमाडौँ, १७ जेठः विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् । विश्वका विभिन्न देशमध्ये नेपाल धूम्र्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ । अरु त अरु २५ प्रतिशत शहरी क्षेत्रका गर्भवतीले पनि धूम्र्रपान गरेको पाइन्छ । ७७ प्रतिशत भन्दा बढी महिला, ८९ प्रतिशत भन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सेवन गर्ने गरेको अनुमान छ मेरो दुई हजार १३९ विभिन्न कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरमा आएकाको मुख परीक्षण ...
लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल

लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल

अर्थ
काठमाडौँ, १७ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहीत सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । तर प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ ? भन्नेबारे प्रश्न उब्जिएका छन् । यसै सन्दर्भमा योजना छनौट, विनियोजन, कार्यान्वयन र नतिजा प्राप्तिलगायतका बजेट चक्रमा सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग राससका समाचारदाता हेमन्त जोशीले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश ः आगामी आर्थिक वर्षको बजेटले समातेको लय, यसको केन्द्र तथा प्राथमिकतामा र भएका सुधारका पक्ष के हुन् ? स्रोत र खर्च व्यवस्थापनका दृष्टिले यथार्थपरक र अनुशासित बजेट आ...
सेनेटरी प्याड बनाउन छात्रालाई तालिम

सेनेटरी प्याड बनाउन छात्रालाई तालिम

फिचर
सिरहा, १७ जेठः महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड किन्न बन्दनाकुमारी महतोलाई बुवाआमासँग आवश्यक पैसा मागिरहनुपर्ने बाध्यता टरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बन्दनाले तीनदिने तालिम पछि घरैमा आफँै प्याड बनाउन सक्ने हुनुभएको छ । स–साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उहाँले खुसी लागेको बताउनुभयो । “अब सेनेटरी प्याड किन्न घरमा पैसा मागिरहनु परेन । पहिला मम्मीसँग माग्थे, अब त्यो परेन । स–साना कपडाको टुक्राबाट राम्रोसँग प्याड बनाउन सिकेकी छु”, खुसी व्यक्त गर्दै बन्दनाले भन्नुभयो, “पकेटमा रुमाल राखे जसरी लिएर हिड्न सक्छौँ । जतिबेला जरुरी पर्छ त्यसैबेला प्रयोग गर्न सकिन्छ ।” घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुने तरिकाबारे पनि सिकेको उहाँल...
रियादस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस २०८२ भव्यताका साथ सम्पन्न

रियादस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस २०८२ भव्यताका साथ सम्पन्न

अन्तर्राष्ट्रिय
बिपुल ढुङ्गाना रियाद, साउदी अरेबिया —   रियादस्थित नेपाली राजदूतावासले गणतन्त्र दिवस २०८२ को अवसरमा एक विशेष समारोह आयोजना गर्दै राष्ट्रिय गौरव र लोकतान्त्रिक मूल्यमान्यतालाई उल्लासपूर्वक मनाएको छ। समारोहको सुरुवात नेपाली राष्ट्रिय गानबाट गरियो भने ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि महामहिम नेपाली राजदूत डा. नरेश विक्रम ढकालले पानसमा दियो बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा गैर आवासीय नेपाली संघ, साउदी अरेबियामा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरू, जातीय, सामाजिक, भौगोलिक तथा परोपकारी संस्थाका प्रतिनिधिहरू, नेपाली पत्रकार, राजदूतावासका कर्मचारीहरू, र साउदीमा कार्यरत विभिन्न पेसाका झन्डै १३५ जना नेपालीहरूको उपस्थिति रहेको थियो। राजदूत ढकालको सम्बोधन र गणतन्त्रको महत्त्वमाथि प्रकाश समारोहलाई सम्बोधन गर्दै महामहिम राजदूत ड...
भारत-नेपाल सीमाबाट दुई चिनियाँ नागरिक पक्राउ, भारतविरोधी गतिविधिमा संलग्न हुने आशंका

भारत-नेपाल सीमाबाट दुई चिनियाँ नागरिक पक्राउ, भारतविरोधी गतिविधिमा संलग्न हुने आशंका

Breaking News, अन्तर्राष्ट्रिय
२०८२ जेठ १६ भारत-नेपाल सीमास्थित सुनौली नाकाबाट दुई चिनियाँ नागरिकलाई भारत प्रवेश गर्ने क्रममा भारतीय सुरक्षा निकायले पक्राउ गरेको छ। उनीहरू अवैध रूपमा भारत छिर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्। मोबाइलबाट आपत्तिजनक सामग्री फेला पक्राउ परेका व्यक्तिहरूको मोबाइल जाँच गर्दा भारतविरोधी सामग्री र खालिस्तान समर्थक डिजिटल दस्तावेजहरू फेला परेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूको भारत प्रवेशको उद्देश्य शंकास्पद देखिएको छ। भारतीय सुरक्षा निकायले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। सीमामा सुरक्षा कडा यो घटनापछि भारत-नेपाल सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। स्थानीय प्रहरी, SSB (Seema Suraksha Bal), र खुफिया निकायहरूले सयुक्त रूपमा थप निगरानी बढाएका छन्। नेपाल सरकारलाई पनि घटनाको जानकारी दिइएको छ, र दुई देशबीच समन्वय भइरहेको भारतीय अधिकारीहरूले जन...
शक्तिको आडमा अफताबले के सम्म गर्न भ्याएका थिए ?

शक्तिको आडमा अफताबले के सम्म गर्न भ्याएका थिए ?

समाचार
पटकपटक मन्त्री र सांसद भइसकेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम २०६४ को संविधानसभा निर्वाचनमा पनि उम्मेदवार थिए। उनले चुनाव जित्ने अनौठो जुक्ति रचे। चुनावको दिन मतदान केन्द्रहरूका छेउछाउमा ब'म वि'ष्फोट गराएर आ'तंक सिर्जना गर्ने। अनि त्यही बीचमा मतदान केन्द्र कब्जा गरेर आफ्ना पक्षमा चाहिए जति मत खसाउने। त्यसका लागि उनले ब'म बनाउन जान्नेलाई भेला पारे। आफन्तको गोठमा ब'म बनाउन लगाए। यसका लागि केही मान्छे भारततिरबाट पनि झिकाएका थिए। ब'म बनाउने काम चलिरहेको थियो। भोलिपल्ट अर्थात् चैत २८ गते मतदान हुँदै थियो। मतदानको अघिल्लो साँझ २०६४ चैत २७ गते ६ः३० बजेतिर नसोचेको घटना हुन्छ। बम बनाइरहेकै ठाउँमा दुर्घटनावश वि'ष्फोट हुन्छ। विष्फोटमा ५ जना घाइते हुन्छन्। घाइतेहरू पीडाले छट्पटाउँछन्। कोही चहराइरहेको घाउका कारण ऐयाआत्था भन्दै अस्पताल लैजान गुहार मागिरहेका थिए। कोही पानीपानी भन्दै थिए। ...
आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

Breaking News
काठमाडौँ- सरकारले २०८२ जेठ १८ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइने गृह मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ। नेपाल राजपत्र (मिति २०८१/११/१५) मा प्रकाशित सूचनाअनुसार, उक्त जात्राको दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको हो।...