Saturday, May 2News That Matters

Author: review khabar

लोकतन्त्र कि राजतन्त्र: नेपालको वर्तमान सन्दर्भमा कुन प्रभावकारी?

लोकतन्त्र कि राजतन्त्र: नेपालको वर्तमान सन्दर्भमा कुन प्रभावकारी?

Breaking News
काठमाडौं — नेपालमा पछिल्ला केही वर्ष यता देखिएको राजनीतिक अस्थिरता, निरन्तरको सरकार परिवर्तन, भ्रष्टाचारका श्रृंखलाबद्ध घटनाहरू र जनतामा बढ्दो असन्तुष्टिले मुलुकको शासन प्रणालीबारे पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। प्रश्न उठ्न थालेको छ — “लोकतन्त्र उपयुक्त छ कि राजतन्त्र फर्किनु पर्ने हो?” यो बहस समाजमा तीव्र बन्दै गएको छ। वर्तमान राजनीतिक परिदृश्य लोकतन्त्रको स्थापनापछि मुलुकले २०६२/६३ को जनआन्दोलनमा प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने उद्देश्यसहित संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको मार्ग रोजेको थियो। तर त्यसपछि: १६ वर्षमा १० भन्दा बढी सरकार परिवर्तन महत्त्वपूर्ण निर्णयहरूमा ढिलाइ सार्वजनिक निकायमा व्यापक भ्रष्टाचार राजनीतिक नियुक्ति र भागबण्डा प्रणाली युवाहरूको निराशा र विदेश पलायन यी सबैले जनताको मनमा लोकतन्त्रको प्रभाव...
सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वितरणलाई  सरल ढंगले प्रस्तुत

सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वितरणलाई सरल ढंगले प्रस्तुत

Breaking News, अर्थ
नेपालको बजेट विवरण – आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) क्षेत्र (Sector) विनियोजन रकम (रु. अर्बमा) मुख्य उद्देश्य/काम पुनरावर्ती खर्च १,१८० अर्ब तलब, भत्ता, अनुदान, सामाजिक सुरक्षा पूँजीगत खर्च ४०७.६९ अर्ब पूर्वाधार विकास, आयोजनाहरू वित्तीय व्यवस्थापन ३७५.२४ अर्ब ऋण भुक्तानी, लगानी 📌 मुख्य क्षेत्रगत विनियोजन क्षेत्र विनियोजन रकम विवरण कृषि तथा पशुपालन ५७.२९ अर्ब कृषि दशक घोषणा, आधुनिकीकरण परियोजना ऊर्जा (जलविद्युत्, विद्युत) - ९०० मेगावाट थप, ६ आयोजना निर्माण सूचना प्रविधि (आईटी) - ३० अर्ब निर्यात लक्ष्य, ५ लाख रोजगारी स्वास्थ्य ९५.८१ अर्ब स्वास्थ्य सेवा सुधार शिक्षा - तुलनात्मक वृद्धि उल्लेख छैन खेलकुद ६.८ अर्ब नयाँ रंगशाला, क्रिकेट मैदान सुधार सामाजिक सुरक्षा - वृद्धभ...
फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात

फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात

खेलकुद
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज साँझको बहुप्रतिक्षित एलिमिनेटर खेलमा गुजरात टाइटन्स (GT) र मुम्बई इन्डियन्स (MI) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल आज साँझ ७:३० बजे मल्लनपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। यो एलिमिनेटर खेलको विजेता जुन १ मा हुने क्वालिफायर २ मा पंजाब किंग्ससँग भिड्नेछ, जहाँ विजेताले फाइनलमा रॉयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। तर मौसमले पनि आजको खेललाई चुनौती दिइरहेको छ। मौसम विभागका अनुसार मल्लनपुरमा साँझपख वर्षाको सम्भावना छ। यदि खेल वर्षाका कारण रद्द भयो भने, लिग चरणमा उच्च स्थानमा रहेको गुजरात टाइटन्स स्वत: क्वालिफायर २ मा स्थान बनाउनेछ। दुवै टोलीका लागि यो “कर या मरो” अवस्था हो। युवा प्रतिभा र अनुभवी खेलाडीले भरिपूर्ण यी दुई टोलीबीचको खेलले दर्शकहरूलाई उच्च रोमाञ्च दिने अपेक्षा गरिएक...
गृह र रक्षालाई १४ प्रतिशत बजेट

गृह र रक्षालाई १४ प्रतिशत बजेट

Breaking News
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि रक्षा र गृह मन्त्रालयमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम कुल बजेटको करिब १४ प्रतिशत हो ।   गृह मन्त्रालय तथा त्यसअन्तर्गतका सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसमेतका लागि २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै रक्षा मन्त्रालय, नेपाली सेना र त्यसअन्तर्गतका संयन्त्रका लागि ६२ अर्ब १ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ । रक्षा र गृहको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १५ अर्बले बढी हो । सरकारले गृह मन्त्रालय र त्यसअन्तर्गत सुरक्षा निकायका लागि आर्थिक वर्ष ०८१/८२ मा १ खर्ब ९८ अर्ब ४८ करोड ३२ लाख र ०८०/८१ का लागि २ खर्ब ६३ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसअघि ०७९/८० मा १ खर्ब ६५ अर्ब ७२ करोड ८६ लाख र ०७८/७९ मा १ खर्ब ८२ अर्ब ४८ करोड ५१ लाख छुट्याइएको थियो । त्यस्तै र...
संसद्‌को अवरोध खुलाउने विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक

संसद्‌को अवरोध खुलाउने विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक

Breaking News
काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।   भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्। सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी क्यालेन्डरका विषयमा समेत तयारी गर्ने गरी छलफल बोलाइएको हो। सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।...
साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन

साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन

Breaking News
काठमाडौँ — साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको शुक्रबार निधन भएको छ । ७४ वर्षीय उनको आज बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।   गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको अहिले गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदै छ । २००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे कुनैबेला गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहेका थिए । चालिसेले पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् । केही समयअघि मात्रै उनको 'युगसन्धि' नामक उपन्यास बजारमा आएको थियो । चालिसे आख्यानकार रमेश विकलका पुत्र हुन् ।...

सांसदसँग रासस संवाद- पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ: सांसद भण्डारी

राजनीति
काठमाडौं, १५ जेठः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत÷साधनको उपयोग गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने बाटो अंगिकार गर्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वमन्त्री भण्डारीले भन्नुभएको छ, “पर्यटन, जल, जमिन, भौगोलिक बनावट, जडीबुटी र कृषिलगायतका हिसाबले हिसावले धनी छ, तर यसको सदुपयोग हुन सकेको छैन ।” सांसदसँग रासस संवादका लागि नेता भण्डारीसँग संविधान कार्यान्वयन र संशोधन, सङ्घीयता कार्यान्वयनको अवस्था, देशको आर्थिक विकासमा राजनीतिक दलको भूमिका, तथा मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश) देशले गणतन्त्र प्राप्त गरेको आज १८ वर्ष भएको छ । तर, व्यवस्था फेरिएपनि जनताको अवस्था उस्तै छ । यो अवधिलाई फर्केर हेर्ने हो भने देशको आर्थिक अवस्थामा कुनै फरक आएको छैन । देशको बाह्य सम्वन्धमा तात्विक सुधार ...
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

Breaking News
काठमाडौँ, १६ जेठः नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ । उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालयमा आगामी आवका लागि रु १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ । यस पटकको बजेटमा सधैँ खटकिरहने तर पूरा हुन नसकेका धेरै विषय समेटिएको वन मन्त्रालयले जनाएको छ । खासगरी मुलुकभरका वनजङ्गलमा काठ सडेर कुहिने तर कानुनी उल्झनका कारण बर्सेनि अर्बाैका काठ आयात गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने विषय बजेटमा सम्बोधन गरिएको छ । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले रासससँग कुरा गर्दै आगामी बजेटमा वन क्षेत्रको भोगाधिकार दिँदा नापजाँच गरिएका रूखहरू कटान गर्नुअघि पुनः नापजाँच गर्नुपर्ने व्यवस्था हटाइने उल्लेख गरिएको बताउनुभयो । साथै सुकेका तथा ढलापडा रूखलाई सङ्कलन गरी प्रयोगमा ल्याउने विषय पनि बजेटमा सम्बोधन भएको उहाँले बताउनुभयो । मन्त्री शाहीले भन्नुभयो, “देशभित्रको काठ तथा काठजन्य...
पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

Breaking News
राँझा (बाँके), १६ जेठः हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ । कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रुपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेको हो । राप्ती सोनारी गाउँपालिकाको व्यावसायिक चहलपहल बढ्दै गएको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताउनुभयो । “हुलाकी सडक र पुल बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्, व्यावसायिक कारोबार पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “हुलाकी सडक बनेपछि मानिसको आवागमन र चहलपहल बढ्दै गएको छ, अहिले घरेलु तथा साना उद्योग तथा व्यवसाय पनि फस्टाउँदै गएको छ ।” सडक र पुल बनेपछि राप्तीपारी अवस्थित बिनौना, बैजापुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न...
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

समाचार
काठमाडौँ, १६ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ३७, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १२, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तनेबोडीको मूल्य प्रतिकिलो रु ७०, मकैबोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिए...