Monday, May 4News That Matters

Author: review khabar

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

Breaking News
उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको सङ्ख्या नौ पुगेको जनाएको हो। यसअघि अधिकारीहरूले आठ जनाको ज्यान गएको बताएका थिए। सुमी जिल्लातर्फ गइरहेको बसलाई बिलोपिल्लिया नगर नजिकै लक्षित गरी आक्रमण गरिएको सैनिक प्रशासनले जनाएको छ। यो विस्फोट युक्रेन र रूसबीच इस्तानबुलमा करिब तीन वर्षपछि भएको प्रत्यक्ष वार्ताको केही घण्टापछि भएको हो। वार्तामा दुवै पक्ष कैदीहरूको साटासाटमा सहमत भए पनि युद्धविराम नभएको र सम्भावित युद्धविरामका विषयमा विचारहरू आदान–प्रदान मात्र गरिएको जनाइएको छ। वार्तापछि किएभले युक्रेनको ठूलो भूभाग ध्वस्त पारिएको र लाख...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

Breaking News
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रूपमा व्यक्त गर्नुभएको छ। अदालतले भेनेजुएली आप्रवासीहरूलाई शीघ्र निष्कासन गर्ने सरकारको प्रयासलाई रोकेको सन्दर्भमा उहाँले उक्त प्रतिक्रिया दिनुभएको हो। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो अभिव्यक्ति व्यक्त गर्नु भएको हो: “संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले जनताको मतद्वारा म प्राप्त गरिएका जिम्मेवारीहरू निर्वाह गर्न नदिएको अवस्था उत्पन्न भएको छ। यो दिन राष्ट्रका लागि चिन्ताजनक र खतरापूर्ण देखिन्छ।” राष्ट्रपति ट्रम्पले यस निर्णयले गम्भीर आपराधिक क्रियाकलापमा संलग्न, गिरोहसँग आवद्ध तथा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त आप्रवासीहरूलाई पनि निष्कासन नगरी लामो कानुनी प्रक्रियामा राख्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ। उहाँका अनुस...

जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु

Breaking News
जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। सो घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ। प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्याँस चुहावट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका छन्। प्रारम्भिक अनुमानअनुसार, चुहिएको ग्याँस विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ। हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ। सात लाख ७० हजार वर्ग मिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ।...

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक

Breaking News
इन्डोनेसियाको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले सन् २०२६ देखि इन्धनमा पाँच प्रतिशत बायोइथानोल (ई५) मिश्रणलाई अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ । मन्त्रालयअन्तर्गत नयाँ तथा नवीकरणीय ऊर्जा तथा ऊर्जा संरक्षण विभागकी सम्माननीय महा–निर्देशक एनीय लिस्टियानी डेवीज्यूले शुक्रबार उक्त जानकारी दिनुभएको हो । ‘बायोइथानोल’ एक प्रकारको जैविक इन्धन हो, जुन प्राकृतिक स्रोतहरूजस्तै ऊखु, मकै, गहुँ, कसावा, खन्ड आदि बालीबाट बनाइन्छ । यसलाई प्रायः इन्धनको रूपमा पेट्रोलसँग मिसाएर प्रयोग गरिन्छ, जसले सवारीसाधन चलाउन सहयोग पुर्यापउँछ । बायोइथानोलले वातावरणमा हुने दूषित ग्यासहरूको मात्रा घटाउने, स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने र आयातित इन्धनको भरपर्दोपन घटाउने काम गर्छ । यस इन्धनको प्रयोगले किसानलाई बजार उपलब्ध गराउँछ र देशको ऊर्जा आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास गरिएको छ । उहाँका अनुसार यो योजना क्रम...

लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर ः विश्व बैङ्क

Breaking News
लाओसमा बढ्दो मुद्रास्फीति (मूल्यवृद्धि) का कारण नागरिकहरूको जीवनस्तरमा गिरावट आएको र श्रम बजारमा ठूलो परिवर्तन देखिएको विश्व बैङ्कको सर्वेक्षणले देखाएको छ । नागरिकहरू स्व–रोजगारीतर्फ आकर्षित हुन थालेका छन् भने धेरै श्रमिकहरू जीविकोपार्जनका लागि विदेश पलायन भइरहेका छन् । सन् २०२५ को जनवरीदेखि फेब्रुअरीसम्म गरिएको विश्व बैङ्कको ताजा सर्वेक्षणअनुसार लाओसमा रोजगारी दर क्रमिक रूपमा बढिरहेको छ । जनवरी सन् २०२५ मा काम गर्ने व्यक्तिहरूको प्रतिशत ९७.१ पुगेको थियो जुन सन् २०२४ मा ९४.४ प्रतिशत र मे सन् २०२२ मा ८८.२ प्रतिशत थियो । प्रतिवेदन अनुसार लाओसको मुद्रास्फीति दर घट्दै गएको छ । सन् २०२५ को जनवरीमा मुद्रास्फीति १५.५ प्रतिशतमा झरेको थियो, जुन डिसेम्बर सन् २०२४ मा १६.९ प्रतिशत थियो । अप्रिलसम्म यो दर ११.१ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । तर, विगत केही वर्षको निरन्तर मूल्यवृद्धिका कारण ध...

गाजामा आक्रमण तीव्र, इजरायली सेनाद्वारा हवाई आक्रमण र स्थलीय फौज तैनाथ

Breaking News
इजरायली सेनाले शुक्रबार गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ। यस अन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको उद्देश्य गाजाका केही भागमा नियन्त्रण कायम गर्नु हो। इजरायली सुरक्षाबलले 'गिदेओनका रथ' नामक नयाँ अभियान सुरु गरिएको जनाएको छ, जसको उद्देश्य युद्धका प्रमुख लक्ष्य बन्धकको मुक्तिमा सहयोग पुर्‍याउनु र हमास नामक समूहको सञ्जाल हटाउनु रहेको छ। "हामी आफ्ना नागरिकको सुरक्षाका लागि काम गरिरहनेछौँ र युद्धका लक्ष्य प्राप्त नहुँदासम्म हाम्रो कारबाही जारी रहनेछ," सुरक्षाबलको भनाइ छ। यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केही दिनभित्र इजरायली सेनाहरू पूर्ण बलका साथ गाजामा प्रवेश गर्ने बताउनुभएका थिए। गाजाका स्वास्थ्य अधिकारीका अनुसार, शुक्रबार मात्र उत्तर गाजामा इजरायली बमबारीका कारण कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका ...

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

Breaking News
चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवद्र्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले शुक्रबार जानकारी दिएको छ । योजनाअनुसार तथ्याङ्क स्रोतको बजार अनुकूल व्यवस्थापनलाई प्रवद्र्धन गरिने ,एकीकृत राष्ट्रिय तथ्याङ्क बजार विकास गरिने, स्थान अनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवद्र्धन गरिने र डिजिटल चीन निर्माणको समग्र स्तरलाई उल्लेखनीय रूपमा उकासिनेछ । सन् २०२५ को अन्त्ये सम्म चीनले डिजिटल चीन निर्माणमा महत्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ । नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउने योजना छ । योजनाले तथ्याङ्कमा आधारित प्रमुख उद्योगहरूको मुल्यव...

Indonesia mandates 5 pct bioethanol in fuel blends starting 2026

Breaking News
The Indonesian Ministry of Energy and Mineral Resources has set a target for the mandatory use of 5 percent bioethanol (E5) in fuel blends, which will begin in 2026, a senior official said on Friday. Eniya Listiani Dewi, director general of new renewable energy and energy conservation at the ministry, emphasized that the mandate will be implemented gradually, starting with Java Island. According to her, the phased implementation of E5 is due to limited bioethanol supply. While Indonesia has 13 sugar and supporting industries, only three currently produce ethanol that meets fuel-grade specifications. "Only three industries can produce fuel-grade ethanol, with a total output of 60,000 kiloliters," Dewi said. To meet the 5 percent bioethanol mandate, Indonesia will require 1 m...

Russia’s GDP grows 1.4 pct in first quarter of 2025

Breaking News
Russia's gross domestic product (GDP) rose by 1.4 percent year on year in the first quarter of this year, according to preliminary data published by the Federal State Statistics Service (Rosstat). The preliminary data fell short of earlier predictions made by the Russian Economic Development Ministry and the Russian Central Bank, which estimated a rise of 1.7 percent and 2 percent year on year, respectively. For the whole-year GDP, the Russian Economic Development Ministry expects a growth of 2.5 percent while the Russian Central Bank forecast an increase of 1 percent to 2 percent.

1 dead, 2 hospitalized after gas leak at oil refinery in Japan’s Osaka

Breaking News
A gas leak occurred at a major oil processing facility located in the coastal area of Sakai City, Osaka on Saturday morning, leaving one dead and two others hospitalized, local media reported. The incident was reported around 10 a.m. local time, when emergency services received a call stating that a gas leak occurred in the piping system at the ENEOS Sakai Refinery and that workers had collapsed on-site, national broadcaster NHK reported. According to local authorities, three male workers were exposed to the leaked gas and were transported to the hospital. One of them was later confirmed dead. Initial reports suggest that the leaked substance may have been hydrogen sulfide, a toxic gas. ENEOS is currently investigating the cause of the leak. The refinery, covering approxima...