देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १० वैशाख: शिक्षक आन्दोलन तीन साता पुग्न लाग्दैगर्दा शिक्षामन्त्री विद्या भट्टराईले एकाएक राजीनामा दिनुभएको छ ।
सेवासुविधा वृद्धि र वृत्तिविकाससँग सम्बन्धित विविध माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको यस आन्दोलनमा सहभागी शिक्षकहरुले २१ दिनदेखि विद्यालय तहको अध्ययनअध्यापन ठप्प पारेका छन् । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने कक्षा १२ को बोर्ड परीक्षा समेत हुन नदिने वा परीक्षाका कार्यक्रममा सहभागी नहुने चेतावनीले सबैलाई झस्क्याएको छ । स्कुल खुल्ने प्रतीक्षामा रहेका लाखौँ बालबालिका र उनीहरुका अभिभावक अहिले बिलखबन्दमा परेका छन् । नयाँ शैक्षिक सत्रमा भर्ना हुन नपाएका धेरै विद्यार्थी निजी आवासीय विद्यालय (बोर्डिङ)तर्फ आकर्षित हुन थालेका खबरहरु आइरहेका छन् ।
देशभरका विद्यालय ठप्प पारेर आफ्नो माग पूरा गराउन सरकारमाथि चर्को दबाब दिइरहेका शिक्षकहरुको ...










