Tuesday, May 5News That Matters

स्थानीय तह विशेष

‘अहिलेको व्यवस्थाबाट पछाडि फर्कने अवस्था छैन’

‘अहिलेको व्यवस्थाबाट पछाडि फर्कने अवस्था छैन’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
टक्सार (भोजपुर), २९ चैत : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट मुलुक पुनः पछाडि फर्कने अवस्था नरहेको बताउनुभएको छ । आज कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दैै उहाँले पुरानो व्यवस्थामा पुनः फर्कन खोज्नुलाई भूतप्रेतको सङ्ज्ञा दिनुभयो । अब फेरि नेपालमा संवैधानिक राजा बनाउन नसकिने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहरलाई सफा गर्न जरुरी रहेको उहाँको भनाइ छ । अहिलेको व्यवस्थामा बढ्दै गएको असन्तुष्टिलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०४६ पछि लाभमा रहेका व्यक्तिको छानबिन गर्न शक्तिशाली आयोगको जरुरी रहेको बताउँदै महामन्त्री थापाले छानबिनमा कांग्रेसका नेता अथवा जोसुकै परे पनि त्यसको भारी कांग्रेसले नबोक्ने बताउनुभयो । पार्टीको महाधिवेशन तोकिएको समयभित्रै हुनुपर्ने बताउँदै उह...
नेपाली नयाँ वर्षमा जम्वो इलेक्टृीकल स्कुटरमा आकर्षक छुट सहितको उपहार

नेपाली नयाँ वर्षमा जम्वो इलेक्टृीकल स्कुटरमा आकर्षक छुट सहितको उपहार

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाण्डौ,नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेहिकल को धमाका अन्र्तगत रु ५०,००० सम्मको आकर्ष नगद छुट सहित विभिन्न उपाहारको योजना ल्याएको छ । इलेक्«टीकल स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कंपनीलेदुर्घटना विमा, आइ.एस.आइ मापदण्डकोइस्चरिय हले मेटकोसमेत व्यवस्था गरेकोछ । स्कुटर खरिद लाई सहज र आकर्षक बनाउन स्पोट फाइनान्स को पनि व्यबस्था रहके ोछ । काठमाण्डौ, भक्तपुर र ललितपुर लाई मध्यनजर गर्दै लोकन्थली मा जम्वो इको भेहिकल को मल्टी ब्राण्ड सोरुम रहेको छ । कंपनीले लेवनिङ्ग, एम.डि.के.ए., ग्यारो, पियोर इ.भि. जस्ता विभिन्न ब्राँण्डका इलेक्ट्रीक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ । साथै बाइक – स्कुटरको लाइसेन्स नभएर सवारी चलाउन बाट बन्चित ग्राहक वर्गलाई लक्षित गरी विभिन्न मोडेलका इलेक्ट्रीक साइकलहरु पनि सहज दाममा विक्री वितरण गर्दै आएको छ । जम्बो इको भेहिकलको...
सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने

सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ चैतः जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । चिडियाखानाद्वारा आज यहाँ आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ ।” चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ । चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविना...
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शानः राष्ट्रपति

नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शानः राष्ट्रपति

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताउनुभएको छ । उहाँले अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको श्री नयाँ भैरवी दल गुल्म सातौँ डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई आज काभ्रेको पाँचखालमा सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । उहाँले नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पार्नुभएको छ । “आन्तरिक रूपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकाय प्रतिबद्ध छ भन्नेमा म ढुक्क छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । नेपाली सेन...
काठमाडौँ उपत्यकामा वर्षा हुने, तुवाँलो पनि क्रमिक रुपमा हट्ने

काठमाडौँ उपत्यकामा वर्षा हुने, तुवाँलो पनि क्रमिक रुपमा हट्ने

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २८ चैतः हाल काठमाडौँ उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले राससलाई बताउनुभयो । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उहाँले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ । महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्...
ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रस्तुत

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ चैतः बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गर्नुभएको ब्रसेल्सस्थित नेपालको राजदूतावासले जनाएको छ । त्यस अवसरमा नेपाल–बेल्जियम सम्बन्धका विविध पक्षका साथै दुई देशबीचको व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे विचारविमर्श भएको थियो । सन् १९९८ मा आफू युवराजधिराज रहँदा गरेको नेपाल भ्रमणको स्मरण गर्दै मौसूफले राजदूत लम्स...
बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक अवरुद्ध

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
मध्यविन्दु (नवलपरासी), २८ चैतः पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।...
कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
मान्म (कालीकोट), २८ चैतः वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताउनुभयो । “अहिले पहिरो पन्छाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आज नै सडक सञ्चालनमा आउँछ ।”...
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा थप सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा जर्मनीले नेपाललाई गर्दै आएको सहयोगलाई कसरी थप प्रभावकारी बनाएर अगाडि बढ्ने भन्नेबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री खड्काले जर्मन सरकारले नेपालको जलविद्युत क्षेत्र वैकल्पिक तथा नविरणीय ऊर्जामा यसअघि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्तिका लागि नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न जर्मन सरकारलाई आग्रह गर्नुभयो । भेटमा कार्यवाहक राज...
महिला जनप्रतिनिधिलाई बाधैबाधा

महिला जनप्रतिनिधिलाई बाधैबाधा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
बुटवल, २८ चैत: जनप्रतिनिधिले के–के समस्या भोग्नुपर्छ ? यसको जवाफ फरक फरक हुन सक्छ । जनप्रतिनिधि महिलाहरूको भने आफूहरू महिला भएकै कारण बाधैबाधाको सामना गर्नुपरेको गुनासो छ । सङ्घ, प्रदेश र स्थानीय तीन तहकै जनप्रतिनिधि महिलाहरू यसै भन्छन् । संविधानले जुनसुकै लैङ्गिक पहिचान भएपनि जनप्रतिनिधिलाई समान हैसियत दिएको छ । त्यसो भए, पुरुषसरह समान हैसियतमा राज्य सञ्चालन प्रक्रियामा भाग लिँदा जनप्रतिनिधि महिलाले लैङ्गिकताकै कारण किन समस्या भोग्छन् ? कार्यसम्पादनमा कस्ता कस्ता समस्या देखिन्छन् ? ती समस्याको समाधान कसरी गर्न सकिन्छ ? यही उपाय खोज्न जनप्रतिनिधि महिलाको लुम्बिनी प्रदेशस्तरीय भेला नै आयोजना भयो । रुपन्देहीको सिद्धार्थनगरमा चैत १६ मा आयोजित भेलामा लुम्बिनीबाट तीन तहमै प्रतिनिधित्व गर्ने जनप्रतिनिधि महिला सहभागी भए । उनीहरूले मन खोलेर बह पोखे । बह सुन्ने र समाधानका उपाय बताउने प...