Monday, April 27News That Matters

अन्तर्राष्ट्रिय

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
रामपुर (पाल्पा), १९ चैत : आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उहाँले सुनाउनुभयो । हिजोआज भने रानालाई आलु शीतभण्डारमा राख्न भैरहवा पुर्याउनुपरेको छैन । रामपुर नगरपालिका–२ भलायटारका उहाँले गाउँमै शीतभण्डार केन्द्र प्रयोगमा आएपछि धेरै सजिलो भएको बताउनुभयो । यहाँ निर्माण भएको रामपुरशित भण्डारमा रानाले माथिल्लो कृषक तरकारी समूहबाट ५० बोरा आलु ल्याएर राख्नुभएको छ । सोमबारदेखि रामपुर नगरपालिकाले सूचना जारी गरेर शीतभण्डारमा किसानलाई आलु भण्डारण गर्न आह्वान गरी सुरु गरिएको हो । गत वर्ष पनि रानाले समूहमार्फत ५० बोरा आलु राख्नुभएको थियो । “अघिल्लो वर्ष रामपुर शीतभण्ड...
पाटेबाघलाई निकुञ्जमा छाडियो

पाटेबाघलाई निकुञ्जमा छाडियो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
कञ्चनपुर, १९ चैत : बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताउनुभयो ।...
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
त्रिवेणी (नवलपरासी), १९ चैत : नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताउनुभयो । ढलानको काम यसै सातादेखि थालिने छ । “पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा भइरहेको छ”, सूचना अधिकारी खनालले भन्नुभयो । विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस...
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
म्याग्दी, १९ चैतः अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताउनुभयो । “अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उहाँले भन्नुभयो, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ ।” उहाँका अनुसार समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन् । पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन...
किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
झापा, १९ चैतः महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ । “यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ”, पु...
“महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२”  को डिजिटल संस्करण सार्वजानिक

“महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण बैंकको केन्द«ीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत वा तल उल्लेखित लिंक मार्फत हेर्न÷डाउनला्ड गर्न सकिनेछ । https://www.mahalaxmibank.com/.../table%2...
डिजिटल प्रविधिले चुनावी सन्देश सम्प्रेषण गर्ने

डिजिटल प्रविधिले चुनावी सन्देश सम्प्रेषण गर्ने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
नेपालभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनले विद्यार्थी संगठनहरूलाई तताइरहेको छ। त्रिभुवन विश्वविद्यालयका आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचनका गतिविधिहरू उत्कर्षमा पुगेका छन्। कतै सहमति त कतै बागी उम्मेदवारीका कारण विद्यार्थी राजनीति झन् चर्किंदै गएको छ। निर्वाचन प्रचारका शैलीहरू समयानुकूल बदलिंदै गएका छन्। विगतमा पोस्टर, पम्प्लेट, भित्तेलेखन, माइकिङजस्ता परम्परागत प्रचार विधिहरू प्रचलनमा थिए भने अहिले डिजिटल माध्यमले प्राथमिकता पाउँदै आएको छ। स्थानीय तहको निर्वाचन होस् या राष्ट्रपति तथा संसदीय निर्वाचन, प्रविधिको प्रभाव उल्लेखनीय रूपमा बढेको छ। यही कारण, मतदातासम्म छिटो, भरपर्दो, र प्रभावकारी रूपमा पुग्न उम्मेदवारहरू प्रविधिको प्रयोगमा विशेष जोड दिइरहेका छन्। पछिल्ला केही वर्षयता, उम्मेदवारहरूले डिजिटल प्रचारका नयाँ उपायहरू अवलम्बन गर्दै ...
रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक

रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, समाचार
गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारी रुद्रसेनसँगै स्वरमा छन् भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियो ओम प्रसाईले छायांकन गरेका छन् । सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् भने नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेनले भने, "होली पर्वलाई झन् रमाइलो बनाउन ‘होली सररर’ ल्याएको छु । आशा छ, दर्शकलाई मनपर्नेछ ।" गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ । गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुहोला । https://youtu.be/BLb29WdRlb4?si=pg5lP-oKgMqW2k2c...
Infinix ले उन्नत VoWiFi समावेशसँग कनेक्टिभिटीलाई नयाँ उचाइमा पुर्‍यायो

Infinix ले उन्नत VoWiFi समावेशसँग कनेक्टिभिटीलाई नयाँ उचाइमा पुर्‍यायो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं, नेपाल – नेपाली स्मार्टफोन उद्योगको अग्रणी ब्रान्ड Infinix ले आफ्ना पछिल्ला स्मार्टफोनहरूमा Voice over Wi-Fi (VoWiFi) को समावेश गरेको छ। यस प्रविधिले नेपाली प्रयोगकर्ताहरूलाई सहज र भरपर्दो सञ्चार सुनिश्चित गर्ने Infinix को प्रतिबद्धतालाई झल्काउँछ। VoWiFi, जसलाई प्रायः Wi-Fi Calling भनेर चिनिन्छ, प्रयोगकर्ताहरूलाई Wi-Fi नेटवर्कमार्फत कल गर्न र प्राप्त गर्न सक्षम बनाउँछ। यसले मोबाइल नेटवर्क कम कभरेज भएका ठाउँहरूमा पनि निर्बाध कनेक्टिभिटी प्रदान गर्छ। विशेषगरी, दुर्गम क्षेत्रहरू वा कमजोर मोबाइल सिग्नल भएका स्थानहरूमा बस्ने प्रयोगकर्ताहरूका लागि यो प्रविधि निकै लाभदायी हुन्छ। Infinix VoWiFi का मुख्य फाइदाहरू: अविच्छिन्न कनेक्टिभिटी – प्रयोगकर्ताहरूले मोबाइल नेटवर्क र Wi-Fi नेटवर्कबीच सहज रूपमा स्विच गर्न सक्छन्, जसले गर्दा कलहरू स्पष्ट र स्थिर रहन्छन्। उच्च गुणस्तरीय अडियो: VoWiFi...
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
गण्डकी, १८ चैत : सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु भएको छ । चीनको ल्हासाबाट एक सय सातजना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी हिमालय एयरलायन्स बनेको छ । पहिलो नियमित अन्तरराष्ट्रिय उडानमार्फत पोखरा अन्तरराष्ट्रिय विमानस्थल आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गर्नुभयो । हिमालय एयरलायन्सले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान थालेको हो । यस अघि पोखरा विमानस्थलबाट सिचुवान एयरलायन्सले पहिलो व्यवसायिक चाटर्ड उडान ...