नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
नेपालगञ्ज, १८ चैत : बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले इद उल फित्रमा विश्वका लागि शान्तिको प्रार्थना गरिएको उल्लेख गर्दै यस अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयम्को अभ्यासमा जोड दिइने बताउनुभयो । उहाँले पुण्य प्राप्त हुने धार्...










