Monday, April 27News That Matters

अन्तर्राष्ट्रिय

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १६ चैत: राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा आज टुँडिखेलमा आयोजित समारोहको अवलोकन गर्नुभएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गर्नुभयो । समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्...
स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा अध्यक्ष दाहालको जोड

स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा अध्यक्ष दाहालको जोड

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो”, अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।” राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई ...
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, विचार, समाचार, स्थानीय तह विशेष
भैरहवा (रूपन्देही), १६ चैतः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए ।...
घलेगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह हुँदै

घलेगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह हुँदै

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
सुन्दरबजार (लमजुङ), १६ चैतः नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह’ आयोजना हुने भएको छ । बेँसीसहरमा आज पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिइएको हो । विसं २०५७ मा औपचारिक रूपमा ग्रामीण पर्यटनको सुरुआत गरेको घलेगाउँले २५ वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख २३, २४ र २५ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ । सो समारोहले घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा गरिएको छ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकुद तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिनेछन् । पर्यटन बोर्ड, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवाला निकायको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पर्...
बोर्डद्वारा मातृभाषी चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

बोर्डद्वारा मातृभाषी चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
काठमाडौँ, १५ चैतः नेपाली चलचित्र उद्योगलाई थप समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न जातीय सङ्घसंस्थासँग सहकार्य गरेको छ । बोर्डले मातृभाषी चलचित्र प्रवर्द्धनका लागि विभिन्न १५ वटा सङ्घसंस्थासँग रु ३४ लाख ५० हजार बराबरको सम्झौता गरेको हो । सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्डका पदाधिकारी, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक सुनील मानन्धर, आदिवासी जनजाति चलचित्र महासङ्घका प्रतिनिधिहरू र विभिन्न जातीय सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति थियो । यस कार्यक्रमअन्तर्गत १५ सङ्घसंस्थासँग सहकार्य गर्ने सहमतिसहित रु ३४ लाख ५० हजार बजेट स्वीकृत गरी सम्झौता गरिएको बोर्डले जनाएको छ । आदिवासी जनजाति चलचित्र महासङ्घ, थारु चलचित्र तथा सांस्कृतिक सङ्घ, तामाङ...
औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष
मुस्ताङ, १५ चैतः चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न धार्मिक श्रद्धालु भक्तजनको घुइँचो लागेको हो । जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका जनाएको छ । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिकाको प्रहरी चौकी घाँसा चेकपोष्टमा बिहीबार साँझ ५ः०० देखि आज साँझ ५ः०० बजेसम्म नौ हजार पाँच सय ९२ जना तीर्थालु यहाँ भित्रिएका छन् । ...
अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, १५ चैतः वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि चार समुहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् । अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले रु एक करोड ४७ लाख नौ हजार चार सय २० शुल्क सङ्कलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाल...
विज्ञापन बजार सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति ल्याउँछौँ : मन्त्री गुरुङ

विज्ञापन बजार सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति ल्याउँछौँ : मन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, १५ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ आज राष्ट्रिय विज्ञापन सङ्घको दोस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताउनुभयो । सूचना प्रविधिको विकास बढ्दो भए पनि ऐन र कानुन पुरानै प्रवृत्तिमा रहेकाले कार्यान्व्यनमा समस्या आएको उहाँले औँल्याउनुभयो । तसर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । “ऐन र कानुन पुराना भए, समयसापेक्ष बनाउन संशोधन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “केही आवश्यकताका आधारमा नयाँ ऐन ल्...
सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार
काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ । समाजवादी मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिद र बेपत्ता योद्धा तथा लाखाँै नागरिकको सपना हो, यसलाई कमजोर पार्न दिइने छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “सामन्ती व्यवस्थाका अवशेषविरूद्ध आन्दोलनको नेतृत्व गर्ने मोर्चाको सङ्कल्प छ ।” गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनपअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिनुभयो । संविधानसभाबाट...
शीर्ष १० मा पुग्नेलाई रु तीन लाख पुरस्कार

शीर्ष १० मा पुग्नेलाई रु तीन लाख पुरस्कार

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १५ चैतः नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’ र गायक प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को शीर्ष १० मा पुग्ने हरेक प्रतिस्पर्धीले जनही रु तीन लाख पुरस्कार पाउनेभएका छन् । नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ सुरू गरिएको दुई प्रतियोगिताका आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले अन्तिम प्रतिस्पर्धा हुने दुवै कार्यक्रमका प्रतियोगिलाई सम्मानस्वरूप उक्त पुरस्कार दिइने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “आफ्नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्तामा पु¥याउने अभियानले नेपालीको सांस्कृतिक राष्ट्रवाद अझ मजवुत बनाएको छ । नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन गायन र नृत्यका कार्यक्रम गरिरहेका छौँ ।” उहाँले नेपाली संस्कृत...