निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुनेथियो : विशेष सल्लाहकारको रिपोर्ट
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिनुहुने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक स्मिथको प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार बिहान प्रकाशित गरेको छ ।
“संविधानले एक राष्ट्रपतिविरुद्ध निरन्तर अभियोजन र मुद्दा चलाउन निषेध गर्छ भन्ने अमेरिकी न्याय विभागको दृष्टिकोण पूर्ण छ र यो आरोपित अपराधको गम्भीरता, सरकारी प्रमाणको बलियोपन वा अभियोजनको गुण–दोषमा आधारित छैन, जसलाई कार्यालयले पूर्ण समर्थन गर्छ”, प्रतिवेदनमा भनिएको छ, “वास्तवमा श्री ट्रम्पको निर्वाचन र आसन्न राष्ट्रपति पदको पुनर्बहाली नभएको भए (विशेष सल्लाहकारको) कार्यालयले स्वीकार्य प्रमाणहरू परीक्षणमा दोषी ठहर गर्न र कायम राख्न पर्याप्त थियो भनी मूल्याङ्कन गरेको थियो ।”
जनवरी २० मा ह्वाइट हाउस फर्कनु...

