दुनै–लासिक्याप खण्ड निर्माणमा ढिलाइ
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काँक्रेविहार (सुर्खेत), २३ पुसः दुनै–लासिक्याप खण्डमा ठेक्काको म्याद सकिन लाग्दा १५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरमा निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको हो ।
दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुग्ने आयोजना प्रमुख सुनील रञ्जितकारले बताउनुभयो ।
पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढाले जाजरकोटको तल्लुबगरबाट डोल्पाको सदरमुकाम दुनैसम्म कच्ची सडकमा यातायात सञ्चालनमा आए पनि तल्लुबाट त्रिपुरोकाटसम्म कालोपत्र गर्न स्रोत सुनिश्चित नहुँदा थप समस्या भएको बताउँदै स्रोत सुनिश्चितका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
भेरी करिडोर सडक आयोजनाले सडक निर्माणलाई तीव्रता दिन अनुगमन गरिरहेको भन्दै निर्माण कम्पनीले म्याद सकिनलाग्दा पनि कामलाई गति दिन नसकेको आयोजना ...









