प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
ललितपर, १७ वैशाखः ललितपुर महानगरपालिका-२५ नक्खु खेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
नख्खु खोलास्थित पुरुषोत्तम तुलाधारको जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका इञ्चार्जको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा ठूलो मात्रामा अवैध घरेलु मदिरा फेला पारेको थियो ।
मङ्गलबार गरिएको खानतलासीका क्रममा करिब एक सय लिटर अवैध घरेलु मदिरा र एक हजार २७० भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको प्रहरी प्रभागका इन्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्माले आज जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी टोलीले नियन्त्रणमा लिएको अवैध मदिरा र कच्चा पदार्थ जेसिबीको सहायताले खाल्टो खनेर पुरिएको छ ।
अखाद्य पदार्थब...










