चार सय वर्ष पुरानो सिवालय ओझेलमा
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
ठाकुरबाबा (बर्दिया), १५ वैशाख: यहाँको बढैयाताल गाउँपालिका–७, बोकटिया गाउँमा अवस्थित चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा परेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको मन्दिर संरक्षण र प्रचारप्रसारका लागि पहल नहुँदा ओझेलमा परेको हो ।
मन्दिरभित्रका भित्तामा पालि भाषामा लेखिएका अक्षर छन् । पुरातत्व विभागका अनुसार मन्दिर र परिसरमा रहेको साँढेको प्रतिमा करिब चार सय वर्ष पुरानो छ । यति पुरानो मन्दिर भए पनि संरक्षण गर्न नसक्दा यहाँका पुरातात्विक महत्वका सामग्री हराउँदै छन् । करिब २०–२२ वर्षअघि मन्दिरभित्र रहेको शिव, पार्वती र गणेश भगवान्को मूर्ति हराइसकेको छ । साँढेको मूर्ति भने बाँकी नै छ ।
समाजसेवी तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कबिराम थारूको पहलमा विसं २०७९ मा मन्दिर त पुनःनिर्माण गरिएको छ तर त्यसको प्रचार नहुँदा पर्यटकीय गतिविधिमा धेरै सुधार हुनसकेको...










