Tuesday, April 21News That Matters

अर्थ

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

अर्थ
शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने गभर्नर डा.विश्वनाथ पौडेलले उद्घोष गरेका छन् । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने गभर्नर डा.पौडेलले घोषणा गरेका छन् । मौद्रिक नीतिले बैंकदर ६ प्रतिशतले, निक्षेप सङ्कलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरिएको छ ।  गभर्नर डा.पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन्। राष्ट्र बैङ्कले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए।  ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

अर्थ, फिचर
असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । राष्ट्र बैंकका अनलाइन प्लाटफर्म मार्फत जारी मौद्रिक नीतिको घोषणा सकेपछि पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ । अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याएका हुन् । वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।...
बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री

बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री

अर्थ, समाचार
काठमाडौँ, १० असार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताउनुभएको छ । “हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यसकारण बजेटमा सबै सांसद सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ,” प्रधानम...
दश महिनामा प्रदेश सरकारले गरे रु एक खर्ब खर्च

दश महिनामा प्रदेश सरकारले गरे रु एक खर्ब खर्च

अर्थ
काठमाडौँ, २८ जेठ चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु ६० अर्ब उपलब्ध गराएको थियो । सशर्त अनुदान रु २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान रु ६ अर्ब २० करोड उपलब्ध गराएको थियो । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु एक खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु ३८ अर्ब ६२ करोड रहेको थियो । केन्द्रीय बैंकका अनुसार, गत वैशाख मसान्तमा यस बैंकमा र...
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थ
काठमाडौँ, २८ जेठः नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, च...
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म

४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म

Breaking News, अर्थ
आइतबार, २५ जेठ २०८२ काठमाडाैँ । सरकारले ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सो बराबरको छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ । यसरी छुट पाउने कम्पनीहरुमा सबैभन्दा नेपाल विद्युत् प्राधिकरण सबैभन्दा अगाडि छ । प्राधिकरणले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको छ । त्यस्तै, नेपाली सेनाले ७४ करोड ६८ लाख, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएका छन् । त्यस्तै, चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुरकम्पनीले २० करोड, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख रुपैयाँ रराजश्व छुट पाएका छन् । त्यस्तै, छुट पाउने सूचीमा रुपन्देहीको केएसएम बसिर मोहम्मद एण्ड सन्स, सिमिजु कोअपरेसन, कोकन रेल्वे कर्पोरेसन लगायत समेत छन् ।...
आज सुनको मूल्यमा प्रति तोलामा ३०० रुपैयाँको वृद्धि

आज सुनको मूल्यमा प्रति तोलामा ३०० रुपैयाँको वृद्धि

Breaking News, अर्थ
काठमाडौं, नेपाल आज सुनको बजार मूल्य प्रति तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ। नेपालका विभिन्न सुनको पसलहरूमा सुनको मूल्यमा उतार-चढाव देखिएको छ, जसले ग्राहकहरूलाई प्रभावित गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिका कारण नेपालमा पनि मूल्य वृद्धि देखिएको हो। आज सुनको मूल्य प्रति तोलामा ८९,००० रुपैयाँ पुगेको छ भने अघिल्लो दिनको मूल्य ८८,७०० रुपैयाँ थियो। सुनको मूल्यमा यस किसिमको उतार-चढावले सामान्य उपभोक्ता र गहनाप्रेमीहरूमा प्रभाव पारेको छ। सुन किन्ने तथा बेच्ने दुवै पक्षले बजारको अस्थिरताले सतर्क रहनुपर्ने बताएका छन्। बजार विश्लेषण:विश्लेषकहरूले भनेका छन् कि विश्वव्यापी आर्थिक अनिश्चितता, डलरको मूल्य, अमेरिकी फेडरल रिजर्भको नीतिहरू र भू-राजनीतिक तनावले सुनको मूल्यमा वृद्धि ल्याएको हो। यद्यपि केही विश्लेषकहरूले सुनको मूल्य अझै अस्थिर रह...
लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल

लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल

अर्थ
काठमाडौँ, १७ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहीत सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । तर प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ ? भन्नेबारे प्रश्न उब्जिएका छन् । यसै सन्दर्भमा योजना छनौट, विनियोजन, कार्यान्वयन र नतिजा प्राप्तिलगायतका बजेट चक्रमा सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग राससका समाचारदाता हेमन्त जोशीले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश ः आगामी आर्थिक वर्षको बजेटले समातेको लय, यसको केन्द्र तथा प्राथमिकतामा र भएका सुधारका पक्ष के हुन् ? स्रोत र खर्च व्यवस्थापनका दृष्टिले यथार्थपरक र अनुशासित बजेट आ...
सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वितरणलाई  सरल ढंगले प्रस्तुत

सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वितरणलाई सरल ढंगले प्रस्तुत

Breaking News, अर्थ
नेपालको बजेट विवरण – आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) क्षेत्र (Sector) विनियोजन रकम (रु. अर्बमा) मुख्य उद्देश्य/काम पुनरावर्ती खर्च १,१८० अर्ब तलब, भत्ता, अनुदान, सामाजिक सुरक्षा पूँजीगत खर्च ४०७.६९ अर्ब पूर्वाधार विकास, आयोजनाहरू वित्तीय व्यवस्थापन ३७५.२४ अर्ब ऋण भुक्तानी, लगानी 📌 मुख्य क्षेत्रगत विनियोजन क्षेत्र विनियोजन रकम विवरण कृषि तथा पशुपालन ५७.२९ अर्ब कृषि दशक घोषणा, आधुनिकीकरण परियोजना ऊर्जा (जलविद्युत्, विद्युत) - ९०० मेगावाट थप, ६ आयोजना निर्माण सूचना प्रविधि (आईटी) - ३० अर्ब निर्यात लक्ष्य, ५ लाख रोजगारी स्वास्थ्य ९५.८१ अर्ब स्वास्थ्य सेवा सुधार शिक्षा - तुलनात्मक वृद्धि उल्लेख छैन खेलकुद ६.८ अर्ब नयाँ रंगशाला, क्रिकेट मैदान सुधार सामाजिक सुरक्षा - वृद्धभ...
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट

Breaking News, अर्थ
काठमाडौँ, १३ जेठ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जयपूर्ण ढङ्गले कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो । मुलुकको अर्थतन्त्रमा कोभिड–१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्बाट परेको असर न्यूनीकरण गर्दै सोह्रौँ आवधिक योजनाले लक्षित गरेअनुरूपको उच्च, दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न अबलम्बन गर्नुपर्ने रणनीतिबारे छलफल भएको हो । छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालिन खर्च संरचनालगायत वि...