Tuesday, April 21News That Matters

अर्थ

विदेश व्यापारमा १८.३७% वृद्धि, व्यापार घाटा १२ खर्ब नाघ्यो

विदेश व्यापारमा १८.३७% वृद्धि, व्यापार घाटा १२ खर्ब नाघ्यो

Breaking News, अर्थ
२०८२ जेठ ८, काठमाडौं नेपालको विदेशी व्यापार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा १८.३७ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, सोही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ, जुन दीर्घकालीन आर्थिक असन्तुलनको संकेत हो। 📊 १० महिनाको व्यापार तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा: 🇳🇵 कुल विदेश व्यापार: १,६९२ अर्ब रुपैयाँ 📥 आयात: १,४७४ अर्ब रुपैयाँ 📤 निर्यात: २१७ अर्ब रुपैयाँ ❌ व्यापार घाटा: १२ खर्ब ५६ अर्ब रुपैयाँ गत वर्षको सोही अवधिको तुलनामा आयातमा करिब १९.२% र निर्यातमा १५.१% वृद्धि देखिएको हो। घाटा बढ्नुका कारणहरू निर्माण सामग्री, इन्धन र मेसिनको आयात उच्च:आधारभूत भौतिक संरचना निर्माणसँग सम्बन्धित सामग्री र इन्धन आयात उच्च दरमा भइरहेको छ। निर्यात वस्तुहरूको विविधता न्यून:नेपाल...
नेपाल टेलिकमको नाफामा ४९% गिरावट, कम्पनीको आम्दानी घट्दो क्रममा

नेपाल टेलिकमको नाफामा ४९% गिरावट, कम्पनीको आम्दानी घट्दो क्रममा

Breaking News, अर्थ
काठमाडौं, २०८२ जेठ ८✍ अमन झा नेपाल टेलिकम (NTC) ले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफामा करिब ४९ प्रतिशतको गिरावट आएको जानकारी दिएको छ। कम्पनीले २०७९/८० को तेस्रो त्रैमाससम्म ५.५२ अर्ब रुपैयाँ खुद नाफा कमाएको थियो, जुन घटेर २०७८/८२ को सोही अवधिमा २.८४ अर्ब रुपैयाँमा झरेको छ। यसले कम्पनीको नाफामा ४८.६७% को गिरावट देखाएको छ। नाफा घट्नाका प्रमुख कारणहरू विश्लेषकहरूका अनुसार टेलिकमको नाफा घट्नुका पछाडि निम्न कारणहरू प्रमुख छन्: ग्राहक संख्या स्थिर, सेवा विस्तार कमजोर:मोबाइल र इन्टरनेट सेवामा तीव्र प्रतिस्पर्धा भएसँगै टेलिकमको ग्राहक वृद्धि दर स्थिर देखिएको छ। निजी क्षेत्रका सेवा प्रदायकहरू (जस्तै Ncell, DishHome) सँगको प्रतिस्पर्धाले टेलिकमको बजार हिस्सा घटाइरहेको छ। सेवा गुणस्तरप्रति असन...
राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

Breaking News, अर्थ
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हाे । साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।...
स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्‍याएका छन् । निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन, लगानी वृद्धि गर्न र आर्थिक विकासलाई गति दिनका लागि यस्ता सुधार अति आवश्यक भएको जनाएका हुन् । सिएनआईले गत शुक्रबार र एफएनसिसिआईले आज बिहान पूर्वबजेट छलफल कार्यक्रम आयोजना गर्दै सरकारलाई सुझाव दिएका हुन् । नीतिगत अस्थिरता, जटिल कानुनी प्रक्रिया, कम पुँजीगत खर्च, न्यून विदेशी लगानीलगायत चुनौती रहेकाले समाधानका विकल्प दिनुपर्ने निजी क्षेत्रको भनाइ छ । यसको समाधानका लागि ‘लगानी दशक’ घोषणा गर्नेदेखि कानुन संशोधन...
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, समाचार
धरान (सुनसरी), २८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । आज यहाँ किरात र लिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उहाँले दाबी गर्नुभयो । “समावेशिता, प्रतिनिधित्व र समानताको सवालमा हाम्रो पार्टीले विगतदेखि हालसम्म खेलेको भूमिका सबैलाई जानकारी नै छ । अब त्यसमा जहाँ कमजोरीह...
सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, २८ वैशाखः नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् । त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उप...
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण पाठ

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण पाठ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ । यही वैशाख २२ देखि २८ गतेसम्म प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि भएका छलफलमा १५६ सांसदले भाग लिनुभएको थियो । प्रधानमन्त्री ओलीले संसद भवन नयाँबानेश्वरमा दिनुभएको जवाफको पूर्ण पाठ यसप्रकार छ: सम्माननीय सभामुख महोदय, सम्मानीय राष्ट्रपतिज्यूूबाट विसं २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारकोतर्फबाट म सम्माननीयज्यूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । सरकारको प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट टिप्पणी र संशोधन प्रस्तावमार्फत प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दछु । अहिलेको सरकार, यो समीकरण ...
सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडाैंँ, २८ वैशाखः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ । आज यहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच भएको छलफल मुलुकभित्रै सवारीसाधन अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानालगायत कर्मचारीको उपस्थिति थियो । सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमपतिपत्र छाप्ने विषय अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्ति...
देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने

देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने

Breaking News, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २८ वैशाख : राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षा विधेयक, निजामति सेवा विधेयक, प्रहरी ऐन जस्ता महत्वपूर्ण कानुन यसै अधिवेशनबाट पारित गर्ने विषय नीति तथा कार्यक्रममा समावेश हुनु सकारात्मक पक्ष भएको बताउँदै सांसद सिटौलाले शान्तिप्रक्रिया सम्बन्धी बाँकी काम चाँडै निष्कर्षमा पुर्‍ याउन सत्ता र प्रतिपक्ष मिल्नुपर्छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की (अछामी) ले मजदुर, किसान, दलित, महिला तथा पिछडिएका क्षेत्रका...
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २८ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरु कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्वपूर्ण विधेयकहरु शीघ्र पारित गर्न सदनलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक छिटो पारितका लागि आग्रह गर्नुभएको हो । यसैगरी, विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि प्राथमिकतामा राख्न प्रधानमन्त्रीको आग्रह छ ।...