परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुन्छः सञ्चारमन्त्री गुरुङ
Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
दोलखा, ३ फागुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुने बताउनुभएको छ ।
आज जिरी भ्रमण वर्ष–२०२५ को उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरूमा देखिएको विकृति अन्त्यका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्दै यसले क्रियाशील पत्रकारहरूलाई समस्या नहुने बताउनुभयो । उहाँले उक्त विधेयकबाट वास्तविक पत्रकारहरू डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकको विषयमा धेरै सुझावहरू आएकाले त्यसको आधारमा परिर्माजनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो । “विधेयकका बारेमा धेरै बहस र छलफल गरी सुझाव लिएका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले यो जस्ताको तस्तै पास हुँदैन, सुझावका आधारमा परिर्माजनसहित पास गर्छौैँ ।” ...










